नयाँ रहस्य खुल्यो, अपहरणकारी डेराबाटै पक्राउ परेको घरबेटीको दाबी
काठमाडाैँ २२, साउन । काँडाधारीमा मारिएका बालक निशान खड्काका परिवारले क्षतिपूर्ति पाउने बाटो बन्द भएको छ । नयाँ फौजदारी कार्यविधि संहितामा अपहरणकारीहरुबाट पीडितलाई क्षतिपूर्ति भराउने व्यवस्था छ । तर, प्रहरीले अपहरणकारीलाई ‘इन्काउन्टर’ मा मारेको हुनाले निशानका आमाबुबाले क्षतिपूर्ति नपाउने भएका हुन् ।
नयाँ फौजदारी कार्यविधि भदौ १ गतेदेखि लागू हुँदैछ । शनिबार रातिको घटनामा प्रहरीले तहकीकात गर्दा ८/१० दिन लाग्ने भएकाले यो मुद्दा अदालतमा लगभग भदौ १ पछि पुग्न सक्थ्यो । त्यो अवस्थामा अपहरणकारी गोपाल तामाङ लगायतको जायजेथाबाट राज्यले निशानको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने हुन्थ्यो ।
तर, प्रहरीले अपहरणकारीलाई गोली हानेर मारिदिएपछि अब यो केसमा पीडितले क्षतिपूर्ति नपाउने स्थिति आएको छ । फौजदारी अपराधमा अपराधीसँगै उसको अपराध पनि मरेसरह मानिन्छ । त्यसैले यो केसमा प्रतिवादीको समाप्ति भएको छ ।
अपहरणकारीहरुबाट निशानको परिवारले कति क्षतिपूर्ति पाउने भन्ने कुरा अदालतले तय गर्नसक्थ्यो, जसको ‘च्याप्टर क्लोज’ भएको छ ।
कति सजायँ हुन्थ्यो ?
निशानलाई अपहरणपछि हत्या गर्ने व्यक्तिलाई प्रहरीले गोली प्रहार नगरी कानुनी कारवाही चलाएको भए उनीहरुमाथि ज्यानसम्बन्धी महलले गर्ने सजायँका अतिरिक्त थप १५ वर्ष कैद र डेढ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने नयाँ कानूनमा व्यवस्था छ । ज्यान मारेको हुनाले अपहरणकारीमाथि सर्वस्वसहित जन्म कैद हुने थियो ।
प्रहरीको गोली लागी मृत्यु भएका गोपाल तामाङलाई मुख्य अपराधी भनिए पनि अर्का अजय तामाङ पनि अपहरणकारी नै हुन् या मतियार मात्रै हुन् भन्ने खुल्नै नपाई प्रमाण नष्ट भएको छ । कानून अनुसार मतियारलाई आधामात्रै सजायँ हुन्छ । तर, अजय तामाङ पनि मुख्य अभियुक्तसँगै मारिएका छन् ।
अपहरणकारीहरुलाई प्रहरीले भक्तपुरस्थित निजहरुको डेराबाटै प्रहरीले पक्रेको स्थानीयबासीको भनाइ छ । घरबेटी श्याम लबटले पनि उनीहरुलाई डेराबाट पक्रेर प्रहरीले पिट्दै नियन्त्रणमा लिएको बताएका छन् । लबटले भनेका छन्- ‘पछि एकदम पिटे क्या उनीहरुले । अनि मैले लेडिजलाई सोधें- के हो म्याम ? हिजो बच्चा अपहरणको केश छ, त्यही भएर आएको भनिन् । धेरै पिट्यो क्या ।’
स्थानीयको दाबी विपरीत प्रहरीले भने घ्याम्पेडाँडा जाने बाटोमा अपहरणकारीसँग दोहोरो फायरिङ भएको र इन्काउन्टरमा परेर मरेको बताएको छ ।
प्रहरीले अपहरणकारीहरुलाई मारेका कारण अब कानूनअनुसार पीडितले क्षतिपूर्ति पाउने सम्भावना चाहिँ लगभग सधैंका लागि सकिएको छ ।
अपहरणकारीको नियन्त्रणमा रहेका बालकलाई प्रहरीले बचाउन सक्ने अवस्था थिएन । तर, यो अपराधमा प्रहरीले बालकलाई मात्र होइन, प्रमाणलाई समेत बचाउन सकेन । अपहरणकारीलाई घुँडामुनिसम्म गोली हानेर नियन्त्रणमा लिइएको भए प्रमाण जोगिन सक्थ्यो र यो घटनाका अन्य पाटाहरु पनि खुल्ने थिए ।
Comments
अरु समाचार
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...











