टानको अध्यक्षमा भुजेल निर्वाचित
काठमाडाैँ २७, साउन । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चलको अध्यक्षमा हरि भुजेल निर्वाचित भएका छन् ।
अध्यक्षमा निर्वाचित भुजेलले प्रतिस्पर्धी भोजकुमार श्रेष्ठलाई ११ मतान्तरले पछि पार्दै तीन वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् ।
११९ मत रहेको टानमा अध्यक्षमा निर्वाचित भुजेलले ६४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी श्रेष्ठले ५३ मत प्राप्त गरे । बाँकी २ मत भने बदर भएको निर्वाचन समितिले बताएको छ ।
समितिको प्रथम उपाध्यक्षमा सुशीलराज पौडेल बिजयी भए । उनी प्रतिस्पर्धी विश्वराज अधिकारीलाई ९ मतले पछि पार्दै बिजयी भएका हुन् ।
पौडेलले ६३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिष्पर्धी विश्वराज अधिकारीले ५४ मत प्राप्त गरे ।
द्वितीय उपाध्यक्षमा ५३ मत ल्याएर धर्मराज पन्थी बिजयी भए । उनका निकटम प्रतिस्पर्धी दिवस लामिछानेले ४४ र श्यामकृष्ण थापाले १७ मत प्राप्त गरे ।
समितिको सचिवमा जीवनराज सापकोटा ५२ मत ल्याएर बिजयी भए । उनका निकटतम प्रतिष्पर्धी रामचन्द्र अधिकारीले ४० र मिलन तिवारीले २३ मत प्राप्त गरे ।
सहसचिवमा उदय सुवेदी ६९ मत ल्याउँदै बिजयी भए । उनका निकटतम प्रतिष्पर्धी थानेश्वर बरालले ४४ मत प्राप्त गरे ।
कोषाध्यक्षमा सबैभन्दा फराकिलो मतान्तर ५५ मतले पछि पार्दै कृष्णप्रसाद आचार्य बिजयी भए । बिजयी आचार्यले ८१ मत प्राप्त गरे भने निकटतम प्रतिष्पर्धी किसमकुमार गुरुङले ३६ मत प्राप्त गरे ।
समितिको सदस्यमा प्रकाश बस्ताकोटी (८६), विश्वहांग राई (७२), राधिका पौडेल (७२), कालीबहादुर नेम्वाङ (७१), विकास गुरुङ (६९) र रेशम अधिकारी मत ल्याएर बिजयी भए ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड दैनिक चार घण्टा बन्द हुने !
काठमाडौं । धमाधम स्तरोन्नति भइरहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड बुधबारदेखि ९ दिनसम्म दैनिक चार घण्टा बन्द हुने भएको...
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
पोखरामा यस वर्षको तिहारमा ३ लाख फूलको माला खपत हुने अनुमान !
काठमाडाैं । यस वर्ष तिहार पर्वको अवसरमा पोखरामा करिब ३ लाख फुलका माला खपत हुने भएको छ । पर्यटनको राजधानी...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
रसुवामा फसेका १२ जनालाई स्याफ्रुवेशी ल्याइयाे, चारजना अझै बेपत्ता !
काठमाडाैं । अविरल वर्षाका कारण रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ ड्यामसाइड क्षेत्रमा फसेका व्यक्तिहरूमध्ये १२ जनालाई नेपाली सेनाको उद्धार टोलीले सकुशल...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...











