समयमै पुल नबन्दा जिल्लावासी आक्रोशित
खोटाङ ३०, साउन । तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने साप्सु खोलामा निर्माणाधीन पुल दोस्रो पटक थपिएको म्याद गुज्रे पनि नबनेपछि जिल्लावासी आक्रोशित बनेका छन् ।
हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी र दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे जोड्ने ६५ मिटर लम्बाइ भएको पुलको अहिलेसम्म ७० प्रतिशत मात्र काम सम्पन्न भएको छ । निर्माण कम्पनी देवसायर एण्ड कान्छाराम जेभीले आर्थिक वर्ष ०७४÷७५ असार मसान्तभित्रमा पुल निर्माण सम्पन्न गर्ने बताउँदै आएको थियो ।
रु ६ करोडको लागतमा १८ महिनाभित्र सम्पन्न गर्नेगरी निर्माण थालिएको पुलको अझै ३० प्रतिशत काम बाँकी रहेको छ । फर्मा र रड अड्याएर ढलान गर्न ठड्याइएको फलामे टेको बगाएपछि निर्माण पछाडि धकेलिएको ठेकेदार कर्ण खत्रीले बताए । “वर्षाका कारण पुलको काम असार मसान्तभित्रमा पूरा गर्न सकिएन”, उनले भने, “अहिले ७० प्रतिशत काम सकिएको छ, कात्तिकसम्ममा पूरा गर्छौं ।”
समयमा पुल निर्माण नहुँदा वर्षायाममा दिक्तेलबाट फोक्सिङटार हुँदै गाईघाट जाने र आउने यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । दिक्तेलबाट उदयपुर पुग्नका लागि सबैभन्दा छोटो मार्गको रूपमा रहेको पुल सम्झौता अवधिमा निर्माण नहुँदा जिल्लामा हुने सार्वजनिक कार्यक्रममै ठेकेदारविरुद्ध चर्को आलोचना हुने गरेको छ ।
पुल निर्माणको काममा ठेकेदारको ढिलासुस्ती देखिएको स्थानीयवासीको गुनासो छ । पुल निर्माण नहुँदा हिउँदभर सञ्चालन हुने दिक्तेल–रसुवाघाट सडक वर्षा लागेसँगै बन्द हुने गरेको छ ।
Comments
अरु समाचार
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
कोशी प्रदेश : चार महिनामा लैङ्गिक हिंसाका २८६ मुद्दा दर्ता
झापा । कोशी प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक अवधिमा लैङ्गिक हिंसाका २८६ वटा मुद्दा दर्ता भएको प्रहरीले...
-
फक्ताङलुङमा घाँस काट्ने क्रममा लडेर एक जनाकाे मृत्यु !
काठमाडाैं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिमका एक व्यक्तिको घाँस काट्ने क्रममा आज लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय बलबहादुर...
-
पाख्रिबासमा माइक्रोबस दुर्घटना एकजनाकाे मृत्यु, १३ जना घाइते !
काठमाडौं । धनकुटामा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट संखुवासभाको सदरमुकाम खाँदवारी जाँदै गरेको बा...
-
‘सम्झना टोल विकास संस्था’ को साधारणसभा सम्पन्न, विकासप्रेमी केदार कार्की पुनः अध्यक्षमा चयन
विराटनगर । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं वार्षिक साधारणसभाले केदार कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको...












