प्रधानमन्त्रीले गरे,आयुर्वेदिक चिकित्सालयको शिलान्यास
काठमाडाैं ६, भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कमल गाउँपालिका–७ मा निर्माण हुने आयुर्वेदिक चिकित्सालयको आज शिलान्यास गरेका छन् ।
शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयबाट निर्माण हुनेसो चिकित्सालय ५० श्ययाको हुनेछ ।
प्रदेशस्तरीय सो आयुर्वेदिक चिकित्सालयमा दैनिक आकस्मिकसहित बहिरङ्ग सेवा, शल्यचिकित्सा कक्ष, सघन कक्ष, औषधालय, प्रयोगशाला सेवाजस्ता पूर्वाधार निर्माण हुने जनाइएको छ ।
चिकित्सालय भवन निर्माणका लागि त्यहाँका नौ दाताले संयुक्त रुपमा दुई बिघा जमीन निःशुल्क दिएका हुन् । प्रारम्भिक चरणमा घेराबेराका काम सम्पन्न भइसकेका छन् । डिभिजन कार्यालयका अनुसार करीब २२ महीनामा त्यहाँ सुविधासम्पन्न चिकित्सालय भवन निर्माण हुनेछ । भवन निर्माण पूरा गर्न रु १७ करोड २० लाख लाग्ने चिकित्सालयका रेखदेख समितिका संयोजक मणिकुमार भण्डारीले बताए ।
निर्माणको जिम्मा पाएको दमकको रवीना खनाल जेभीका सञ्चालक प्रकाश केसीका अनुसार निर्धारित समयमा सम्झौतानुसार ७५ मिटर लम्बाइ र ४५ मिटर चौडाइको अढाइतले भवन निर्माण हुनेछ । प्रत्येक प्रदेशमा आयुर्वेद चिकित्सालय निर्माण गर्ने सरकारी योजनानुसार लखनपुरमा सुविधासम्पन्न चिकित्सालय बन्न लागेको र यसलाई आफूहरुले गाउँपालिकाको गौरवको योजनाका रुपमा लिएको गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताए
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











