चालु आर्थिक वर्षको २ महिनामा १ खर्ब २० अर्ब राजश्व संकलन
काठमाडौं २, असोज । चालु आर्थिक वर्षको २ महिनामा १ खर्ब २० अर्ब राजश्व संकलन भएको छ ।
अर्थमन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको २ महिना अर्थात साउन १ देखि भदौ मशान्तसम्मको अवधिमा १ सय २० अर्ब राजश्व संकलन भएको जानकारी गराएका हुन् ।
अघिल्लो वर्षको तुलनामा यसवर्ष ३७ प्रतिशतले बढी राजश्व संकलन भएको थियो ।
भदौ मशान्तसम्मको अवधिमा १ खर्ब ३ अर्ब बजेट खर्च भएको छ । अर्थमन्त्री खतिवडाका अनुसार चालु आर्थिक वर्षको २ महिनामा चालुतर्फ ९६ अर्ब रुपैयाँ बजेट खर्च भएको छ भने पूँजीगततर्फ भने ६ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ ।
अघिल्लो वर्ष चालु भन्दा पूँजीगत खर्च धेरै भएको उनले बताए । तर, अघिल्लो वर्षसँग यसवर्ष तुलना भने गर्न नहुने उनको तर्क छ । ‘अघिल्लो वर्ष प्रदेशमा भएको खर्चको तथ्यांक पनि केन्द्रमा नै थियो, यस वर्ष छैन’ उनले भने, ‘उताबाट तथ्यांक नआएसम्म भन्न सकिँदैन र तुलना गर्न पनि नमिल्ला ।’
कार्यक्रममा बोल्दै उनले सरकारले करछुटको व्यवस्थालाई निरुत्साहित गरिएको समेत प्रष्ट पारे ।
कर छुटलाई निरुत्साहित गर्ने योजना बजेटमा नै समावेश गरिएको भन्दै अर्थमन्त्री खतिवडाले सोही प्रभावकारी ढंगले कर संकलन गर्नका लागि ६ वटा आन्तरिक राजश्व कार्यालय र ११ वटा करदाता सेवा कार्यालय थप गर्न लागिएको समेत बताए । केही भन्सार कार्यालयहरुको अपग्रेडसमेत गरिने उनले बताए ।
४ वटा ऐन संसदमा, अन्य ऐन पनि ल्याइँदै
अर्थमन्त्रालयसँग सम्बन्धित ४ वटा विधयेक संसदमा छलफलको क्रममा छ भने थप अन्य ऐनको मस्यौदा बनाउने काम भइरहेको अर्थमन्त्री खतिवडाले बताए ।
लगानी बोर्डलाई सशक्त बनाउन तथा लगानीमा सहजता ल्याउन लगानी सम्बन्धी ऐन, नागरिक लगानी कोष सम्बन्धी ऐन, विदेशी विनिमय सम्बन्धी ऐन तथा सार्वजनिक संस्थानहरुको छाता ऐनको मस्यौदा तयार भइरहेको छ ।
लगानी प्रणालीमा सहयोग पुर्याउन ऐनको मस्यौदा तयार भइरहेको भन्दै एकद्वार प्रणालीबाट लगानी भित्राइने उनले बताए । अर्थमन्त्री खतिडाले निर्यात अनुदानसम्बन्धी विधेयक पनि चाडै संसदमा लगिने जानकारी दिए । उनले राष्ट्रिय परिचय पत्रको सम्पूर्ण काम एक वर्षभित्रमा सकिनेसमेत बताए ।
९७ स्थानीय तह बैंकविहीन
अर्थमन्त्री खतिवडाले हालसम्म ६ सय ५६ स्थानीय तहहरुमा वाणिज्य बैंकका शाखा पुगेको जानकारी दिए । अझै ९७ स्थानीय तहमा वाणिज्य बैंक पुगेको छैन ।
कतिपय स्थानीय तहहरुमा भौगोलिक विकटताका कारण न्युनतम पूर्वाधार समेत नरहेको भन्दै अर्थमन्त्री खतिवडाले शाखा भौतिक रुपमा बैंक पुर्याउन नसकेको खण्डमा अभौतिक रुपमा बैंकको उपस्थिति देखाएर सेवा दिइने प्रष्ट पारे ।
Comments
अरु समाचार
-
मौद्रिक नीतिलाई लगानी र निजी क्षेत्रमैत्री बनाउन चेम्बर अफ कमर्सको सुझाव
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्रमैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझाव...
-
११ महिनामा आयातनिर्यात दुवै बढ्यो, व्यापार घाटा १६ खर्ब नाघ्यो
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको आयात र निर्यात दुवैमा वृद्धि भएको छ। भन्सार विभागले सोमबार...
-
ई–पासपोर्ट छपाइ प्रकरण : आरजुसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं। ई–पासपोर्ट (राहदानी) छपाइसँग सम्बन्धित अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। गत असार...
-
नेपाल अझै सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा, थप सुधार आवश्यक
काठमाडौँ। सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय ‘वित्तीय कारबाही कार्यदल’ फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ)ले नेपाललाई अझै निगरानी सूची अर्थात्...
-
राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर यस्तो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...











