दुईसाता बित्न नपाउदै प्राविधिक समस्या आएपछि वितरण बन्द गरिएको बायोग्यास सञ्चालनमा
मोरङ१२ असोज। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको दुईसाता बित्न नपाउदै प्राविधिक समस्या आएपछि वितरण बन्द गरिएको बायोग्यास सञ्चालनमा आएको छ ।
विराटनगर- १४ स्थित श्रीकृष्ण गौशालाले उत्पादन गरेको बायोग्यास वितरण सुरु गरिएको हो । गत भदौ ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको प्लान्टमा प्राविधि समस्या आएपछि करिब २० दिन वितरण रोकिएको थियो ।
एकसाता याता निरन्तर रुपमा घरमै ग्यास आउन थालेको उपभोक्ताले बताएका छन् । ‘ग्यास बन्द भएपछि सिलिण्डर प्रयोग गर्दै थियौं’ स्थानीय जागेश्वर यादवले भने, ‘बन्द भएको ग्यास बल्न थालेको एकसाता जति भयो ।’ बायोग्यास आउन थालेपछि सिलिण्डरको प्रयोग गर्न छाडेको उनले बताए ।
बायोग्यास प्लान्टबाट पाइपलाइनमा ग्यास वितरण गर्दा बिजुली गडबड हुदा ‘मेम्ब्रेम’ मा समस्या आएपछि मर्मतका लागि ग्यास वितरण बन्द गरिएको थियो ।
प्लान्टबाट ग्यास वितरणमा समस्या आएपछि भारतबाट प्राविधिक बोलाइएको थियो । सिड कन्सल्टेण्ट एण्ड इन्जिनियरिङ दिल्लीबाट आएका इन्जिनियरसहितको टोलीले मर्मत गरेको थियो ।
गौसेवा समिति अध्यक्ष संकरलाल अग्रवाल केही दिन मर्मत गरेर ग्यास वितरण सुरु गरिएको बताउछन् । ‘बिजुलीको गडबढीले स्टेपलाइजरमा समस्या देखिएपछि गाह्रो भएको थियो’ उनले भने, ‘त्यसलाई रिरप्लेस गरेका छौ । समस्या देखिएको स्थानमा मर्मतपछि चालु भएको हो ।’
गौसेवा समितिलाई विद्युत नभएका बेला पनि सहज रुपमा ग्यास वितरण गर्न जिल्ला समन्वय समिति मोरङले विराटनगर महानगरपालिका मार्फत जेनेरेटर दिएको थियो । दुई महिनाअघि नै दिने निर्णय भए पनि अझै जेनेरेटर गौशाला पुगेको छैन । ‘जेनेरेटर आएको भए हामीलाई धेरै सहज हुन्थ्यो’ उनले भने ‘ जेनेरेटर नहुदा लाइन नभएको बेला पनि ग्यास वितरण गर्न अझै समस्या छ ।’
गौसेवा समितिले ८० घरमा वितरणको लक्ष्यसहित बायोग्यास वितरण प्रक्रियाको गत भदौ ५ गते उद्घाटन गरेको थियो । सुरुमा ३२ घरमा जडान गरिएको थियो । अध्यक्ष अग्रवाल ग्यास वितरण गर्न पाइपलाइन बिच्छयाउदा आवश्यक सामाग्री समयमा नै आपूर्ति नभएका कारण थप ४८ घरमा जडान गर्न समय लागेको बताउँछन् ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











