नेपालबाट ३ खर्ब जाँदा भारतबाट भित्रिन्छ १ खर्ब
काठमाडाैँ २२,असोज । नेपालले औपचारिक माध्यमबाट भित्र्याउने रेमिट्यान्स बढेर वार्षिक ७ खर्ब ५५ अर्ब रुपैयाँ पुगिरहेका बेला यहाँबाट बाहिरिने रेमिट्यान्स पनि बढेर ३ खर्ब ३७ अर्ब १० करोड रुपैयाँ नाघेको छ ।
विश्व बैंकद्वारा हालै अद्यावधिक गरिएको द्विपक्षीय रेमिट्यान्स आप्रवाह तथ्यांकअनुसार सन् २०१७ मा नेपालबाट रेमिट्यान्सबापत ३ अर्ब २२ करोड ५९ लाख अमेरिकी डलर बाहिरिएको छ । गत वर्ष अमेरिकी डलरसँग औसत विनियमदर १०४ रुपैयाँ ५० पैसा थियो ।
यो सन् २०१६ को तुलनामा २९ अर्ब ६० करोड रुपैयाँभन्दा बढी हो । सन् २०१६ मा नेपालबाट २ अर्ब ९४ करोड २५ लाख अमेरिकी डलर बाहिरिएको छ, उक्त वर्ष अमेरिकी डलरको औसत विनिमयदर १०६ रुपैयाँ थियो । विनियमदरमा हुने उतारचढावले रेमिट्यान्सको प्रवाहमा समेत असर पार्छ । यो वर्ष अमेरिकी डलरसँगको विनियमदर ११७ रुपैयाँ नाघेको छ, यसले नेपालमा भित्रने रेमिट्यान्स बढाए पनि यहाँबाट बाहिरिने रेमिट्यान्स, नेपालीले विदेश भ्रमणमा गर्ने खर्च तथा आयातको भुक्तानीमा बढी तिर्नुपर्ने हुन्छ ।
गत वर्ष पनि नेपालबाट पाँच देशले नै रेमिट्यान्स लगेका छन् । नेपालबाट रेमिट्यान्स लैजाने देशहरूमा भारत (३ अर्ब १ करोड अमेरिकी डलर), चीन (१३ करोड ९० लाख डलर), भुटान (३ करोड ५० लाख डलर), पाकिस्तान (३ करोड ३० लाख डलर), श्रीलंका (२० लाख डलर) र बंगलादेश (१० लाख डलर) रहेका छन् । भारत र चीनले नेपालबाट लाने रेमिट्यान्स बढेको भए पनि पाकिस्तानले लैजाने रेमिट्यान्स घटेको तथा अन्य दुई मुलुकको रेमिट्यान्स स्थिर रहेको विश्व बैंकको तथ्यांकले देखाएको छ ।
विगतमा भारतबाट नेपालमा प्राप्त हुने रेमिट्यान्सका बारेमा औपचारिक अभिलेख नभए पनि गत वर्षको तथ्यांकअनुसार गत वर्ष भारतबाट नेपालले १ अर्ब २ करोड १० लाख अमेरिकी डलर (१ खर्ब ६ अर्ब ६८ करोड रुपैयाँबराबर)को रेमिट्यान्स प्राप्त गरेको विश्व बैंकको तथ्यांकमा उल्लेख छ । सन् २०१६ मा भारतबाट ९७ करोड डलरबराबरको रेमिट्यान्स प्राप्त भएको थियो ।
नेपालमा कवाडी संकलन गर्ने, कपाल काट्नेजस्ता ससाना कामदेखि औद्योगिक क्षेत्रमा समेत ठूलो संख्यामा भारतीयहरू कार्यरत छन् । यस्तै, विभिन्न निर्माण परियोजनादेखि चिनियाँ संयुक्त लगानीका सेवामूलक व्यवसायहरूमा समेत चिनियाँ कामदारको संख्या बढ्दै गएको छ । त्यसैले यी दुवै मुलुकतर्फ जाने रेमिट्यान्स लगातार बढेको हो ।
नेपालमा श्रम विभागको अनुमति लिएरमात्र विदेशीले रोजगार गर्न पाउने भए पनि सन् १९५० को नेपाल भारतबीचको मैत्री सन्धिअनुसार दुवै देशका नागरिकले एकअर्काको देशमा गएर स्वतन्त्र रूपमा व्यापार तथा पेशा गर्न पाउने भएकाले यहाँ कति भारतीय कार्यरत छन् भन्ने स्पष्ट अभिलेख छैन ।
नेपालमा अहिले ७२ देशका साढे ३ हजार विदेशीले श्रम स्वीकृति लिएर काम गर्दै आएका छन्, तीमध्ये सबैभन्दा ठूलो संख्या चिनियाँहरूको छ । श्रम विभागका अनुसार करिब २२ सय चिनियाँ नागरिकले श्रमस्वीकृति लिएर काम गर्दै आएका छन् । श्रम स्वीकृति लिएर काम गर्ने भारतीयको संख्या १ सय पनि छैन ।
यसबाहेक नेपालमा अहिले दक्षिण कोरिया, इटाली, अष्ट्रेलिया, जापान, फ्रान्स, जर्मनी, फिलिपिन्स, स्पेन, बेल्जियम, स्वीट्जरल्यान्ड, श्रीलंका, न्युजिल्यान्ड, मलेसिया, क्यानडा, टर्कीसहितका देशका मानिसहरू काम गर्दै आएका छन् । तिनले पनि यहाँ प्राप्त पारिश्रमिक आफ्नो देश लैजाने गरेका छन् । अन्य मुलुकका कामदारले लैजाने रेमिट्यान्सका विषयमा भने विश्व बैंकका प्रतिवेदनमा उल्लेख छैन ।
श्रम स्वीकृति नलिईकन ठूलो संख्यामा विदेशीहरूले नेपालमा काम गर्दै आएको श्रम विभागका अधिकारीहरूको अनुमान छ । नेपालमा रहेका म्यानमारका रोहिंग्यासहित ११ देशका शरणार्थीहरू पनि यहाँ जीविकोपार्जनका लागि विभिन्न काममा संलग्न हुँदै आएका छन् ।
विगतमा भारत नै मुख्य रोजगार गन्तव्य रहँदै आए पनि बढी पारिश्रमिक प्राप्त हुने मलेसियादेखि गल्फ मुलुकहरूमा ऋण काढेर नै भए पनि जाने नेपालीहरूको संख्या बढेसँगै भारतबाट प्राप्त हुने रेमिट्यान्स आय पनि घटेको हो । यद्यपि, प्रदेश नं ६ र ९ का दुर्गम तथा उच्च पहाडी क्षेत्रबाट अहिले पनि मौसमी रोजगारीका लागि भारतका विभिन्न प्रान्तमा जाने नेपालीहरूको संख्या उल्लेख्य छ । राष्ट्र बैंकले गरेको एक अनुमानअनुसार अहिले भारतका विभिन्न सहरहरूमा करिब १० लाख नेपाली कार्यरत छन् ।
नेपालीले घुमफिरमा खर्चे साढे ७९ अर्ब
नेपालीहरूले विदेश घुमफिरमा गत वर्ष ७९ अर्ब ५९ लाख रुपैयाँ खर्च गरेका छन् । यो रकम विगत केही वर्षदेखि निरन्तर बढ्दै गएको छ । आर्थिक वर्ष २०७३-७४ मा पनि नेपालीहरूले विदेश घुमफिरमा ७९ अर्ब ९२ करोड रुपैयाँ खर्च गरेका थिए । यो देशले भ्रमण शीर्षकमा प्राप्त गर्ने आयभन्दा बढी हो ।
देशले भ्रमण शीर्षकमा ६७ अर्ब रुपैयाँमात्र कमाउँदै आएको छ । यो विदेशी पर्यटकहरूले नेपालमा आएर गरेको खर्च हो ।
नेपालीहरू घुमफिरका लागि थाइलान्ड, सिंगापुर, मलेसियालगायतका मुलुकहरूमा जाने क्रम बढेसँगै यसका लागि हुने खर्च पनि बढ्न थालेको हो । आर्थिक वर्ष २०७२-७३ मा नेपालीहरूले भ्रमणमा ५६ अर्ब रुपैयाँमात्र खर्च गरेका थिए ।
विशेषगरि नेपालीहरूले सेप्टेम्बरदेखि नोभेम्बरसम्म घुमफिरमा बढी खर्च गर्ने गरेको नेपाल राष्ट्र बैंकको विवरणबाट देखिन्छ । अन्य महिनाहरूमा औसत ५ देखि ७ अर्ब रुपैयाँ नेपालीहरूले घुमफिरमा खर्च गर्ने गरेकोमा सेप्टेम्बरदेखि नोभेम्बरसम्म २० देखि २५ अर्ब रुपैयाँ खर्च गर्ने गरेका छन् ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...












