नेपालबाट ३ खर्ब जाँदा भारतबाट भित्रिन्छ १ खर्ब
काठमाडाैँ २२,असोज । नेपालले औपचारिक माध्यमबाट भित्र्याउने रेमिट्यान्स बढेर वार्षिक ७ खर्ब ५५ अर्ब रुपैयाँ पुगिरहेका बेला यहाँबाट बाहिरिने रेमिट्यान्स पनि बढेर ३ खर्ब ३७ अर्ब १० करोड रुपैयाँ नाघेको छ ।
विश्व बैंकद्वारा हालै अद्यावधिक गरिएको द्विपक्षीय रेमिट्यान्स आप्रवाह तथ्यांकअनुसार सन् २०१७ मा नेपालबाट रेमिट्यान्सबापत ३ अर्ब २२ करोड ५९ लाख अमेरिकी डलर बाहिरिएको छ । गत वर्ष अमेरिकी डलरसँग औसत विनियमदर १०४ रुपैयाँ ५० पैसा थियो ।
यो सन् २०१६ को तुलनामा २९ अर्ब ६० करोड रुपैयाँभन्दा बढी हो । सन् २०१६ मा नेपालबाट २ अर्ब ९४ करोड २५ लाख अमेरिकी डलर बाहिरिएको छ, उक्त वर्ष अमेरिकी डलरको औसत विनिमयदर १०६ रुपैयाँ थियो । विनियमदरमा हुने उतारचढावले रेमिट्यान्सको प्रवाहमा समेत असर पार्छ । यो वर्ष अमेरिकी डलरसँगको विनियमदर ११७ रुपैयाँ नाघेको छ, यसले नेपालमा भित्रने रेमिट्यान्स बढाए पनि यहाँबाट बाहिरिने रेमिट्यान्स, नेपालीले विदेश भ्रमणमा गर्ने खर्च तथा आयातको भुक्तानीमा बढी तिर्नुपर्ने हुन्छ ।
गत वर्ष पनि नेपालबाट पाँच देशले नै रेमिट्यान्स लगेका छन् । नेपालबाट रेमिट्यान्स लैजाने देशहरूमा भारत (३ अर्ब १ करोड अमेरिकी डलर), चीन (१३ करोड ९० लाख डलर), भुटान (३ करोड ५० लाख डलर), पाकिस्तान (३ करोड ३० लाख डलर), श्रीलंका (२० लाख डलर) र बंगलादेश (१० लाख डलर) रहेका छन् । भारत र चीनले नेपालबाट लाने रेमिट्यान्स बढेको भए पनि पाकिस्तानले लैजाने रेमिट्यान्स घटेको तथा अन्य दुई मुलुकको रेमिट्यान्स स्थिर रहेको विश्व बैंकको तथ्यांकले देखाएको छ ।
विगतमा भारतबाट नेपालमा प्राप्त हुने रेमिट्यान्सका बारेमा औपचारिक अभिलेख नभए पनि गत वर्षको तथ्यांकअनुसार गत वर्ष भारतबाट नेपालले १ अर्ब २ करोड १० लाख अमेरिकी डलर (१ खर्ब ६ अर्ब ६८ करोड रुपैयाँबराबर)को रेमिट्यान्स प्राप्त गरेको विश्व बैंकको तथ्यांकमा उल्लेख छ । सन् २०१६ मा भारतबाट ९७ करोड डलरबराबरको रेमिट्यान्स प्राप्त भएको थियो ।
नेपालमा कवाडी संकलन गर्ने, कपाल काट्नेजस्ता ससाना कामदेखि औद्योगिक क्षेत्रमा समेत ठूलो संख्यामा भारतीयहरू कार्यरत छन् । यस्तै, विभिन्न निर्माण परियोजनादेखि चिनियाँ संयुक्त लगानीका सेवामूलक व्यवसायहरूमा समेत चिनियाँ कामदारको संख्या बढ्दै गएको छ । त्यसैले यी दुवै मुलुकतर्फ जाने रेमिट्यान्स लगातार बढेको हो ।
नेपालमा श्रम विभागको अनुमति लिएरमात्र विदेशीले रोजगार गर्न पाउने भए पनि सन् १९५० को नेपाल भारतबीचको मैत्री सन्धिअनुसार दुवै देशका नागरिकले एकअर्काको देशमा गएर स्वतन्त्र रूपमा व्यापार तथा पेशा गर्न पाउने भएकाले यहाँ कति भारतीय कार्यरत छन् भन्ने स्पष्ट अभिलेख छैन ।
नेपालमा अहिले ७२ देशका साढे ३ हजार विदेशीले श्रम स्वीकृति लिएर काम गर्दै आएका छन्, तीमध्ये सबैभन्दा ठूलो संख्या चिनियाँहरूको छ । श्रम विभागका अनुसार करिब २२ सय चिनियाँ नागरिकले श्रमस्वीकृति लिएर काम गर्दै आएका छन् । श्रम स्वीकृति लिएर काम गर्ने भारतीयको संख्या १ सय पनि छैन ।
यसबाहेक नेपालमा अहिले दक्षिण कोरिया, इटाली, अष्ट्रेलिया, जापान, फ्रान्स, जर्मनी, फिलिपिन्स, स्पेन, बेल्जियम, स्वीट्जरल्यान्ड, श्रीलंका, न्युजिल्यान्ड, मलेसिया, क्यानडा, टर्कीसहितका देशका मानिसहरू काम गर्दै आएका छन् । तिनले पनि यहाँ प्राप्त पारिश्रमिक आफ्नो देश लैजाने गरेका छन् । अन्य मुलुकका कामदारले लैजाने रेमिट्यान्सका विषयमा भने विश्व बैंकका प्रतिवेदनमा उल्लेख छैन ।
श्रम स्वीकृति नलिईकन ठूलो संख्यामा विदेशीहरूले नेपालमा काम गर्दै आएको श्रम विभागका अधिकारीहरूको अनुमान छ । नेपालमा रहेका म्यानमारका रोहिंग्यासहित ११ देशका शरणार्थीहरू पनि यहाँ जीविकोपार्जनका लागि विभिन्न काममा संलग्न हुँदै आएका छन् ।
विगतमा भारत नै मुख्य रोजगार गन्तव्य रहँदै आए पनि बढी पारिश्रमिक प्राप्त हुने मलेसियादेखि गल्फ मुलुकहरूमा ऋण काढेर नै भए पनि जाने नेपालीहरूको संख्या बढेसँगै भारतबाट प्राप्त हुने रेमिट्यान्स आय पनि घटेको हो । यद्यपि, प्रदेश नं ६ र ९ का दुर्गम तथा उच्च पहाडी क्षेत्रबाट अहिले पनि मौसमी रोजगारीका लागि भारतका विभिन्न प्रान्तमा जाने नेपालीहरूको संख्या उल्लेख्य छ । राष्ट्र बैंकले गरेको एक अनुमानअनुसार अहिले भारतका विभिन्न सहरहरूमा करिब १० लाख नेपाली कार्यरत छन् ।
नेपालीले घुमफिरमा खर्चे साढे ७९ अर्ब
नेपालीहरूले विदेश घुमफिरमा गत वर्ष ७९ अर्ब ५९ लाख रुपैयाँ खर्च गरेका छन् । यो रकम विगत केही वर्षदेखि निरन्तर बढ्दै गएको छ । आर्थिक वर्ष २०७३-७४ मा पनि नेपालीहरूले विदेश घुमफिरमा ७९ अर्ब ९२ करोड रुपैयाँ खर्च गरेका थिए । यो देशले भ्रमण शीर्षकमा प्राप्त गर्ने आयभन्दा बढी हो ।
देशले भ्रमण शीर्षकमा ६७ अर्ब रुपैयाँमात्र कमाउँदै आएको छ । यो विदेशी पर्यटकहरूले नेपालमा आएर गरेको खर्च हो ।
नेपालीहरू घुमफिरका लागि थाइलान्ड, सिंगापुर, मलेसियालगायतका मुलुकहरूमा जाने क्रम बढेसँगै यसका लागि हुने खर्च पनि बढ्न थालेको हो । आर्थिक वर्ष २०७२-७३ मा नेपालीहरूले भ्रमणमा ५६ अर्ब रुपैयाँमात्र खर्च गरेका थिए ।
विशेषगरि नेपालीहरूले सेप्टेम्बरदेखि नोभेम्बरसम्म घुमफिरमा बढी खर्च गर्ने गरेको नेपाल राष्ट्र बैंकको विवरणबाट देखिन्छ । अन्य महिनाहरूमा औसत ५ देखि ७ अर्ब रुपैयाँ नेपालीहरूले घुमफिरमा खर्च गर्ने गरेकोमा सेप्टेम्बरदेखि नोभेम्बरसम्म २० देखि २५ अर्ब रुपैयाँ खर्च गर्ने गरेका छन् ।
Comments
अरु समाचार
-
भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा गरे प्रदर्शन
बुटवल । बुटवलमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा प्रदर्शन गरेका छन् । नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासी संघर्ष...
-
समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु गरेको छ । समितिका अनुसार, बुधबार...
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
काठमाडौंस्थित नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम शुरु
काठमाडौं । काठमाण्डौका नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम आज आज (शुक्रबार) देखि शुरु भएको छ ।...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
ढुक्क हुनुस्, सुकुम्बासीलाई चाँडै जग्गा वितरण गर्छौं : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुम्बासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने भन्दै ढुक्क रहन आश्वासन दिएका...
-
नेप्से झन्डै दुई अंकले बढ्दा पाँच अर्ब २७ करोडको सेयर किनबेच
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेप्सेमा झिनो अंकले सुधार आएको छ । अघिल्लो दिन १७ दशमलव शुन्य...
-
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
बागमती । लामो समयदेखि आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग कच्चा पदार्थ अभावमा बन्द भएको छ । गत महिना...












