जनताको अपेक्षा र विश्वासलाई फरक पर्न दिन्नःप्रधानमन्त्री
मनाङ पुगेर प्रधानमन्त्रीले भने, ‘भ्रष्टचारीको मुख र पद केही हेर्दिनँ’
मनाङ २५ असोज। प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले आफूमाथि गरेको विश्वासलाई तलमाथि पर्न नदिने बताएका छन् । उनले मनाङको ङिस्याङ गाउँपालिका–१ भ्राताङमा रहेको एग्रो मनाङ स्याउ फार्मको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनताको अपेक्षा र विश्वासलाई फरक पर्न नदिने बताएका हुन् ।
‘देशले म सँग विकासको अपेक्षा गरेको छ । शुसासनको अपेक्षा गरेको छ । भष्ट्राचार नियन्त्रणको अपेक्षा गरेको छ’, प्रधानमन्त्री ओलीले भने, ‘जनताको यी विश्वास र अपेक्षालाई तलमाथि पर्न दिन्न ।’
प्रधानमन्त्री ओलीले भष्ट्राचार नियन्त्रणका कदम दृढताका साथ थप प्रभावकारी ढंगले अघि बढाइने बताए । भ्रष्टाचार गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिँदै उनले भने, ‘भ्रष्टचारीको मुख हेरिँदैन र पद केही हेरिँदैन । जुनसुकै तहको भएपनि कारबाही हुन्छ । यसमा सबै ढुक्क हुनुहोस ।’
उनले उर्भर भूमि र स्रोत साधन प्रयोग गरेर देशलाई समृद्ध बनाएरै छाड्ने विश्वास व्यक्त गरे । ओलीले देश सम्वृद्ध र सुखी नेपाली बनाउन धेरै समय नलाग्ने बताए ।
‘अहिलेको सरकार जनताको सरकार हो । यसले जनताका निम्ति काम गर्छ, यहाँहरु ढुक्क रहनुहोस’, प्रधानमन्त्री ओलीले भने । विकास गर्ने संकल्प लिएर अघि बढ्दा कुनै अभाव नहुने उनले बताए । उनले विकास गरेरै देशलाई धनी बनाउन सकिने बताए ।
प्रधानमन्त्री ओलीले कृषिमा व्यवसायिक र आधुनिकीकरण गरेर समृद्धिको यात्रा अघि बढाउन सकिने बताए । कृषिमा व्यवसायीकरण र आधुनिकीकरण गर्न सकेमा आयात प्रतिस्थापन गरि निर्यातलाई प्रवद्र्धन गर्न सकिने बताए । मनाङ एग्रो फार्मले आयात प्रतिस्थापन र निर्यात व्यबस्थान गर्ने दिशाको सुरुवात गरेको उनले बताए ।
कृषिमन्त्री चक्रपाणि खनाललाई सँगै लिएर आएका ओलीले चालु आर्थिक वर्षमा देशका ४ जिल्लामा एक लाख उन्नत प्रजातिका स्याउका विरुवा वितरण गर्न लागिएको बताए ।
उनले मनाङसहित मुस्ताङ, जुम्ला र कालिकोटमा २५/२५ हजार विरुवा वितरण गरिन लागिएको बताए । विदेशबाट विरुवा खरिदका लागि प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्र्तगत १० करोड बजेट विनियोजन गरिएको उनले बताए ।
प्रधानमन्त्री ओलीसँगै नेकपाका महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुभास नेम्वाङ, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रमुख सचेतक देव गुरुङ र प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायतका नेताहरु मनाङ आएका थिए ।
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड दैनिक चार घण्टा बन्द हुने !
काठमाडौं । धमाधम स्तरोन्नति भइरहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड बुधबारदेखि ९ दिनसम्म दैनिक चार घण्टा बन्द हुने भएको...
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
पोखरामा यस वर्षको तिहारमा ३ लाख फूलको माला खपत हुने अनुमान !
काठमाडाैं । यस वर्ष तिहार पर्वको अवसरमा पोखरामा करिब ३ लाख फुलका माला खपत हुने भएको छ । पर्यटनको राजधानी...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
रसुवामा फसेका १२ जनालाई स्याफ्रुवेशी ल्याइयाे, चारजना अझै बेपत्ता !
काठमाडाैं । अविरल वर्षाका कारण रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ ड्यामसाइड क्षेत्रमा फसेका व्यक्तिहरूमध्ये १२ जनालाई नेपाली सेनाको उद्धार टोलीले सकुशल...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...












