कृष्णनगरमा किन लगाइयो अनिश्चिकालिन कर्फ्यु ?
कार्तिक । कपिलवस्तुको सीमा बजार कृष्णनगरमा सोमबार साझ ५ बजेदेखि पुनः अनिश्चितकालिन कफ्र्यु लगाएइको छ । रातको समयमा सुरक्षा संवेदनशीलता बढी अपनाउनु पर्ने भएकाले कफ्र्यु लगाउनु परेको हो ।
सोमबार बिहान ८ बजेदेखि १२ बजे सम्म कफ्र्यु हटाईएको थियो । त्यसपछि १२ देखि साँझ ५ बजे कफ्र्यु हटाइएको थियो । चाडपर्वको बेला परेको धेरै नेपालीलाई आवतजावत गर्न समस्या भइरहेको थियो जिल्ला प्रहरीका डिएसपी रवि राबलले भने , ‘अग्रिम टिकट लिई सकेकालाई निक्कै गाहे भएको थियो । त्यस्तै स्थानीयलाई खाद्यान्न र उपभोग्य वस्तुको आपूर्ति व्यवस्था मिलाउनका लागि सोमबार ९ घण्टा कफ्र्यु हटाइएको थियो । जिल्ला सुरक्षा समितिको बैठक बसेर दोस्रो पटक कफ्र्यु लगाएको हो । यस अघि आईतबार साँझ ५ देखि सोमबार बिहान ८ बजे सम्म कफ्र्यु लगाईएको थियो ।
नेपालतिर पसल बन्द भएकाले पारीको भारतीय बजार बढनी गई नेपाली नागरिकले उपभोग्य वस्तु खरिद गरेको व्यापारी जितेन्द्र गोयलले जानकारी दिए । दिउँसो कफ्र्यु हटाईएकाले धेरै राहत भयो उनले भने, ‘तनाबमा घरभित्रै बसेर नागरिकलाई डरत्रास भईरहेको थियो ।’
दुर्गा मूर्ति परिक्रमा गर्ने क्रममा शुक्रबार साँझ ढुङ्गा प्रहार भएपछि विवाद हुँदा ३ दिनदेखि तनानग्रस्त कृष्णनगरमा आईतबार साँझ ५ बजेबाट अनिश्चितकालिन कफ्र्यु लगाईएको थियो । अवस्था सहज बन्दै गएपछि सोमबार केही समयका लागि कफ्र्यु हटाईएको प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले बताए ।
दिउँसोको अवस्था सामान्य थियो उनले भने , ‘रातिको अवस्था हेरेर मंगलबारका लागि कफुयु निरन्तरता दिने नदिनेबारे निर्णय लिन्छौं ।’ तनावका कारण शुक्रबार बिसर्जन गर्न लागेको दुर्गा मूर्ति आइतबार साँझ ७ बजे मात्र विसर्जन गरिएको थियो ।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...












