अन्जली दिदीले काष्ठमण्डप बाहिरै भाइटीका लगाउने
काठमाडौँ । तीन वर्षसम्म पनि काष्ठमण्डप पुनःनिर्माण नभएकाले आउँदो तिहारमा पनि अञ्जली मास्केले मन्दिर बाहिरै भाइटीका लगाउने तयारी गर्नुभएको छ ।
दिदीबहिनी नभएका दाजुभाइलाई बीस वर्षदेखि निरन्तर टीका लगाउँदै आउनुभएकी अञ्जली दिदीले वसन्तपुरस्थित काष्ठमण्डप भित्रको गोरखनाथ मन्दिर वरिपरि सबैलाई राखेर टीका लगाउँदै आउनुभएको थियो । विसं २०५५ देखि टीका लगाउन शुरु गर्नुभएकी उहाँले अहिलेसम्म चार हजार पाँच सय नेपाली र २५० विदेशी दाजुभाइलाई टीका लगाइसक्नु भएको छ ।
“भूकम्प गएको तीन वर्ष बितिसक्दासम्म काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण गर्ने प्रयाससम्म गरेको छैन, यस वर्ष पनि मन्दिर बाहिरै बसेर भाइटीका लगाउनु पर्नेभयो । त्यसबेलादेखि सबै दाजुभाइलाई मण्डपबाहिरै राखेर भाइटीका लगाउँदै आएको छु,” अञ्जली दिदी भन्नुहुन्छ, ‘‘दिदीबहिनी नभएका दाजुभाइलाई दिदीका रुपमा आफ्नै माइती सम्झेर टीका लगाइदिँदै आएकी छु’’ ।
पुनःनिर्माणमा ढिला हँुदा वर्ष दिनमा आउने पर्व पनि राम्रोसँग मनाउन पाइएकाले सरोकारवाला निकायलाई अनुरोध गर्दै उहाँ जोड दिनुहुन्छ “आगामी वर्ष यही मण्डपमा भाइटीका लगाउन पाइयोस् ।”
यही कात्तिक २३ गते यसवर्ष भाइटीका परेको छ, त्यस दिन उहाँले दिउँसो १३ः३०देखि साँझ १६ः३० बजेसम्म भाइटीका लगाउने तयारी गर्नुभएको छ । त्यतिमात्र होइन भाइटीकाका लागि प्रयोग हुने मिठाइ तयार गर्न पनि पसलेहरूलाई भनिसक्नुभएको छ भने अन्य सामग्री किनमेलमा मास्के अहिले व्यस्त हुनुहुन्छ ।
शुरुमा २०८ जनाका लागि टीकाका सामग्री तयार पारे पनि टीका लगाउँदै जाँदा सङ्ख्या वृद्धि भए सोहीअनुरुप सामग्री तयार गरी टीका लगाइदिने गर्दै आउनुभएकी ७३ वर्षीया मास्के भन्नुहुन्छ, “हरेक वर्ष टीका लगाउनका लागि पुरानै अनुहार मात्र नभएर केही नयाँ अनुहार पनि थपिने गरेका छन् ।”
आफू रहेसम्म र शरीरले धानेसम्म टीका लगाइदिने इच्छा भएको र टीका लागाउन विदेशी पनि आउने गरेको जानकारी दिँदै उहाँ भन्नुहुन्छ “विदेशमा पनि मेरा धेरै दाजुभाइ हुनुहुन्छ। जापान, बेलायत, भारत लगायत देशका दाजुभाइले निरन्तर रुपमा टीका लाउने गर्नुुहन्छ ।”
वसन्तपुरमा दुई दर्जनभन्दा बढी ऐतिहासिक सम्पदा छन्, भूकम्पका कारण दशवटा सम्पदा पूर्णरुपमा क्षति भएको छ भने अन्यमा सामान्य क्षति पुगेको छ ।
हनुमानढोका दरबार संरक्षण कार्यक्रमका प्रमुख उदयबहादुर पसखलका अनुसार वसन्तपुरमा रहेका केही सम्पदाको पुनःनिर्माण कार्य शुरु भइसकेको छ भने केहीको तत्काल शुरु हुने अवस्थामा छ ।
वसन्तपुरकै महत्वपूर्ण मानिने सम्पदा नौतले दरबार र काष्ठमण्डप पुनःनिर्माण भइरहेका छन् । कुमारी घरको भूकम्पीय संवेदनशीलताको प्राविधिक पक्षबारे विश्लेषण भइरहेको छ भने गद्दी बैठक यस अघि नै पुनःनिर्माण भइसकेको छ ।
माजु देवल पनि सोमबारदेखि पुनःनिर्माण शुरु भएको छ । काष्ठमण्डप पनि पुनःनिर्माण शुरु भइसकेकाले प्रयोग गर्न नपाए पनि आगामी वर्षको तिहारमा मन्दिर बाहिर बसेर टीका लगाउन नपर्ने पसखल बताउनुहुन्छ ।
वसन्तपुरमा पर्यटकको वृद्धि
ऐतिहासिक सम्पदा पुनःनिर्माण भइरहँदा वसन्तपुर अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा पनि वृद्धि भएको छ । यही कात्तिक ५ गते अहिलेसम्मकै सबैभन्दा बढी करीब रु १३ लाख आम्दानी भएको र त्यस दिन सार्क राष्ट्रबाट आउने पर्यटकको सङ्ख्या ८२ पुगेका थिए भने अन्य देशबाट एक हजार २६९ पर्यटक घुम्न आएका थिए । यो अहिलेसम्मकै सबैभन्दा बढी सङ्ख्या भएको बताइएको छ ।
यस क्षेत्रमा घुम्न आउने सार्क राष्ट्रका पर्यटकले प्रवेश शुल्कबापत १५० रुपैयाँ तिर्नुपर्छ भने सार्कबाहेकका अन्य राष्ट्रका पर्यटकले रु एक हजार तिर्नुपर्छ । नेपालीका लागि भने शुल्क तोकिएको छैन । अन्य दिन वसन्तपुरबाट औसतमा दैनिक रु १० लाख शुल्क असुल हुने गरेको बताइएको छ । रासस
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...












