प्राकृतिक ताजमहल हेर्नेको घुइँचो
सुमित्रा कार्की\उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ८ र १६ मा पर्ने माटे खोलाको शिरमा ताज महल जस्तै देखिने प्राकृतिक ताजमहलको आकृति भएको पहाड फेला परेको छ । शाही खोलाको किनारमा अवस्थित पहाडको भित्तामा प्राकृतिक रूपले ताज महलको आकृतिमा रहेको माटोको ढिस्कोलाई अवलोकन गर्न अहिले दैनीक हजारौ सर्बसाधारण आउने गरेका छन् ।
स्थानीय तथा राष्ट्रिय संचारकामाध्यममा पहाडको भित्तामा रहेको उक्त सुन्दर आकृतिको महल जस्तो आकारलाई प्रथमित्तका साथ स्थान दिइँदा हाल दैनिक हजारौँको संख्यामा मान्छे आउने गरेको छ । हाल उक्त स्थानमा उदयपुरको साथै सिरहा, सप्तरी , खोटाङ्ग, भोजपुर सुनसरी मोरङ्ग, गोरखा लगायतका जिल्लाबाट समेत सर्वसाधरण अवलोकनको लागी आउने गरेको छन् ।
एकातिर खोलानाला, अर्कातिर पहाडका भित्ता, त्यही भित्तामा विभिन्न कलात्मक सुसज्जित सुन्दर आकृतिहरू, झट्ट हेर्दा लाग्छ, ताज महलको आकृतिमा बनाइएका सुन्दर भवनहरू, प्रकृतिले प्रदान गरेका पहाडको भित्ताहरूमा माटोको ढिस्कोले आफैं बनेका कलात्मक आकृतिहरू हेर्दा जोकोही रमाउने गरेका छन् ।
हाल दैनिक अवलोकनको लागी आउनेले पहाडको भित्तामा बनाइएको उक्त सुन्दर महलको आकारलाई सामाजिक सञ्जाल फेसबुकमार्फत पोस्ट गरेपछि झन धेरै विभिन्न ठाउँबाट मानिसहरू अवलोकनका लागि आउन थालेको स्थानीय बताउँछन् ।
Comments
अरु समाचार
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
काभ्रे बस दुर्घटना: ८ जनाको ज्यान गयो, १७ घाइतेको उपचार जारी
काठमाडौं । काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बा...
-
गोदावरी नदीले बगाउँदा दुई महिलाको ज्यान गयो
धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
रेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
काठमाडौँ । नेपालका कान्छा कोरियोग्राफर गौरव सिटौलाका भाइ सौरभ सिटौला र आर्याना सिंह यस वर्षको “मिस्टर एण्ड मिस एसईई सुपर...
-
सरकारी विद्यालयमा किन विद्यार्थी संख्या न्यून ? तेह्र हजार विद्यालयमा सयभन्दा कम
काठमाडौँ। देशभर सञ्चालनमा रहेका सामुदायिक विद्यालयमध्ये आधाभन्दा बढी विद्यालयमा विद्यार्थी संख्या सयभन्दा कम रहेको तथ्य सार्वजनिक भएको छ। विद्यार्थी अभावका...












