बाल बिबाहाविरुद्ध बालकचरी संवाद
न्यूज-नेपाल संवाददाता /हुम्ला । बाल बिवाह अन्त्यका लागि हुम्लाका २ वटा गाउँ पालिकाकमा बालकचरी संवाद भएको छ । २० नोभेम्बर २०१८ को अन्तर्राष्ट्रिय बाल दिवसलाई मध्यनजर गरी गुड नेवर्स इन्टरनेशनल नेपाल माध्यामिक तहमा अध्ययनरत बिधार्थीहबिच ‘बाल बिबाह नगर्ने’ बाल कचरी कार्यक्रम गरेको हो ।
बाल कचरी संवादमा समाजमा हुने बाल बिबाहाबिरुद्धमा बिद्यार्थीहरूले बाल विवाह रोक्न बाल कचरी कार्यक्रममा प्रतिबद्धता गरेका छन् । सामाजिक मान्यताले बाल बिबाह गर्न बाध्य रहदै आएकोमा पछिल्लो समय चेतना मुलक जानकारी पाउँदा बाल बिबाहा नगर्ने प्रतिबद्धता मालिका मा.वि लालिका छात्रा सबिना शाहीले बताइन् । यो भन्दा अगाडी जानकारी नै नभएर धेरै दिदी बहिनी खेर गएको बताउँदै आफ्ना सुझाब राख्ने क्रममा शाहीले ती सबै रुढीबादी मान्यतालाई लत्याउने बताइन् ।
रजस्वला नभएकी कुमारी केटी बिबाहा गर्न पाए समाजले सकारात्मक रूपमा लिने मान्यताले गर्दा हुम्लामा बाल बिबाहले बढुबा पाएको हुम्ला रलिङ्ग मावि कक्षा १० की छात्रा छिरिङ्ग लामु लामाले बताइन्। उनले यी सबै कुसंस्कारहरू हटाउन आफूले भूमिका खेल्ने उनको रहेको छ । बाल बिबाहाले गर्दा धेरै किशोरीहरूले अकालमा ज्यान गुमाउनु परेको र सानै उमेरमा आमा बन्न बाध्य भएकोले अब बाल बिबाहलाई पूर्ण रूपमा निर्मुल गर्नुपर्ने लामाले बताइन् ।
यस्तैगरी जमाना नयाँ आएको भए पनि बालविबाहरूलाई शिक्षित परिवारका सदस्यले पनि स्वीकार गरेको देख्दा अचम्म लाग्ने बताउदै बाल मन्दिर मा.वि कक्षा १० का छात्र सुनाम लामाको छ । बाल विबाहले एकातिर आमाको स्वास्थ्य कमजोर मात्र हुने नभई रोगीसमेत बन्ने गरेको र अर्कोतर्फ त्यस्ता उमेर नपुगको किशोरीबाट जन्मेका बालबालिका पनि कुपोषित हुने लामाको भनाई छ ।
बाल अधिकारको सम्वद्र्धनका लागि अवसर कार्यक्रमअन्तर्गत किर्डाक हुम्लाको आयोजनामा विद्यालय स्तरिय विभिन्न क्रियाकलाप सञ्चालन गरिएको गुड नेवर्स इन्टरनेशनल नेपाल हुम्लाका संयोजक मन कुमार राईले बताए । बाल न्युनिकरणका लागि बाल विवाह अन्त्य विषयक बालकचरी संवाद कार्यक्रम सञ्चालन गरिएको संयोजक राईले बताए ।
गुड नेर्भस इन्टरनेस्नल नेपालको आर्थिक सहयोग र किडार्क हुम्लाको आयोजनामा संचालन भएको कचहरी कार्यक्रममा खार्पुनाथ गाउँपालिका अन्तरगतका मान्धारा मा.वि.मालिका मा.वि.सीता मा.वि.र हुम्ला मा.वि. र सिमकोट गाउँपालिका अन्तरगत बाल मन्दिर मावि, रलिङ्ग मावि र रामदेव माविका छात्र छात्राहको रहेको किर्डाक नेपाल हुम्लाका शिक्षा कार्यक्रमका निमित्त भरत बोहोराले बताए । यिनै छात्रछात्रा मध्ये १ जना छात्रा तथा १ जना छात्रलाई काठमाडौंमा हुने राष्ट्रिय स्तरको कचहरी कार्यक्रममा सहभागिता जनाउन पाउने किर्डाक हुम्लाका शिक्षा कार्यक्रमका निमित्त भरत बोहोराको भनाई छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












