घरघरमा खानेपानी सुविधापछि स्थानीयवासी हर्षित
बेझाड । बिहान उज्यालो हुन नपाउँदै डोकोमा गाग्री बोकी घण्टौँ खानेपानी खोजेर जीविका चलाएका सिलुवा माथिल्लोथरका स्थानीयवासी अहिले घरघरमा खानेपानी सुविधा पुगेपछि दङ्ग छन् ।
वर्षौंदेखि खानेपानीको निकै कष्ट भोग्न बाध्य यहाँका स्थानीयवासीलाई बिहान उठेपछि अरू कामकाजभन्दा खानेपानीको जोहो गर्नेमा निकै पिरलो पर्ने गथ्र्यो । पूर्वखोला गाउँपालिका–१ माथिल्लोथरका स्थानीयवासीले लिफ्टिङ प्रणालीबाट सहज रुपमा खानेपानीको उपभोग गर्न पाएका हुन् । स्थानीयवासीको अथक प्रयास र मिहेनतपछि घरघरमा पानी आएको हो ।
खानेपानी तथा सरसफाइ कार्यालय पाल्पाको आर्थिक तथा प्राविधिक सहयोगमा जाम्दी कोटथर लिफ्टिङ खानेपानी आयोजनामार्फत गाउँका सबै घरघरमा खानेपानीको सुविधा पुगेको छ । झिसमिसेमै गाग्री बोकेर पानी खोज्न निकै दौडधुप गर्नुपथ्यो अहिले त्यो समस्या हटेको स्थानीयवासी प्रेमकुमारी बताउनुहुन्छ ।
“ पानी बोक्नमै घण्टौँ समय खर्चनुपथ्र्यो, अहिले घरमै धारा जडान भएकोले जतिबेला पनि पानी आइरहन्छ, पानी बोक्ने समय अरु काममा लगाउन पाइएको छ ”, उहाँले भन्नुभयो । सो आयोजनामार्फत यहाँका ६० घरधुरीमा खानेपानीको सुविधा पुगेको छ । यस आयोजनाबाट करीब तीन सय लाभान्वित भएका छन् । गाउँदेखि झण्डै चार हजार मिटर तलबाट लिफ्टिङ गरी पानी वितरण गरिएको हो । सरकारको रु ४२ लाख, स्थानीयवासीको जनश्रमदान ११ लाख गरी रु ५३ लाख बराबरको लागतमा आयोजना सम्पन्न भएको जाम्दी कोटथर लिफ्टिङ खानेपानी आयोजनाका संयोजक मानबहादुर बयम्बु बताउनुहुन्छ । आव २०७०÷७१ बाट आयोजना निर्माण कार्य शुरु भएको थियो । रासस
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन पूर्वराष्ट्रपति भण्डारीको प्रधानमन्त्री कार्कीलाई आग्रह
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन्...
-
विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारी पूर्पक्षका लागि थुनामा
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश...












