विकट बस्तीमा चिकित्सकसहितको सैनिक टोली पुग्दा…
भीमदत्तनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित राष्ट्रिय माध्यमिक विद्यालयबाट मङ्गलबार दिउँसो हातमा स्वास्थ्य परीक्षणको पर्चा र औषधी लिएर घर फर्कँदै गरेका स्थानीय ५५ वर्षीय रामबहादुर साउद प्रसन्न मुद्रामा हुनुहुन्थ्यो ।
लामो समयदेखि बिरामी रहनुभएका उहाँले घर आँगनमै निःशुल्क स्वास्थ्य उपचार पाउँदा खुसीको सीमा नै नरहेको जानकारी दिनुभयो । ‘सेनाले विकट बस्तीमा आएर जनताको सेवा यसरी पनि गर्दोरहेछ ।’ साउदले रासससित भन्नुभयो–‘यो त सेनाको पुण्य काम हो ।’
नेपाली सेनाको सिंहशार्दुल गुल्मले मङ्गलबार पहरियामा आयोजना गरेको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा साउद जस्तै सयौँ स्थानीय वृद्ध÷वृद्धा, महिला र बालबालिकाहरूले गाउँमै उपचार पाएपछि खुसी व्यक्त गरेका छन् ।
कञ्चनपुरको विकट बस्ती हो पहरिया । जहाँ द्वन्द्वकालमा समेत स्थानीयबासीहरूले निकै समस्या भोग्नु परेको स्थानीय सित्त भुलको भनाइ छ । भौगोलिकरूपमा विकट नगरपालिका– १ मा दोमिल्ला, पहरिया, बण्ड, निगाली गाउँ छन् । यहाँ पछिल्लो समय सडक सञ्जाल विस्तार भइरहे पनि विद्यालयबाहेक अन्य सरकारी सुविधा केही छैन ।
‘अरुले उपचारका लागि अत्तरिया, धनगढी, महेन्द्रनगर हँुदै भारतसम्म जानुपर्ने बाध्यता छ ।’ बण्डका स्थानीय प्रभाकर भण्डारीले भन्नुभयो–‘दुर्गमका जनता सेनाको शिविरबाट लाभान्वित भएका छन ।’ बस्तीमा स्वास्थ्य संस्थाहरू नहुँदा सामान्य बिरामी हुँदा पनि टाढा जानुपर्ने अवस्था छ ।
‘यसअघि यहाँ यसरी शिविर लगाएको मलाई सम्झना छैन ।’ स्थानीय भीमदत्त भट्टले भन्नुभयो–‘गाउँमै पुगेर दीनदुखीलाई मलम लगाउने सेनाको जयजयकार ।’ २०२६ सालदेखि पहरियामा बसोबास गर्दै आएका स्थानीयहरूले पनि गाउँमा पहिलो पटक निःशुल्क स्वास्थ्य सेवा पाएको बताएका छन् ।
यहाँस्थित सेनाको सिंहशार्दुल गुल्म, भगतपुर ब्यारेकको आयोजनामा भएको स्वास्थ्य शिविरबाट ३३० जना लाभान्वित भएको सो गुल्मले जनाएको छ । स्वास्थ्य परीक्षणका लागि महिला र वद्ध÷वद्धाहरू बढी सङ्ख्यामा थिए ।
जिल्लाकै ग्रामीण भेग र स्वास्थ्य सेवाबाट टाढा रहेको देखेपछि यहाँ शिविर सञ्चालन गरिएको सेनाले जनाएको छ । सेनाले आगामी दिनहरूमा पनि सैनिक÷नागरिक सम्बन्ध प्रभावकारी बनाउन विभिन्न सामाजिक काम गर्दै जाने जनाएको छ ।
स्वास्थ्य परीक्षण गरिएका अधिकांश बिरामीहरूमा छाला, हाडजोर्नी, आँखा र महिलाको पाठेघरसम्बन्धी समस्या बढी देखिएको श्री नंं २५ फिएका उपसेनानी डा साजन महर्जनले जानकारी दिनुभयो ।
बिरामीहरूको परीक्षणका लागि सेनाको चिकित्सकसँगै धनगढीस्थित नवजीवन अस्पतालका चिकित्सक डा जयराम केसी समेत सहभागी हुनुहुन्थ्यो । नेपाली सेनाले यस अघि कञ्चनपुरको भीमदत्तनगरपालिका, बेदकोट, बेल्डाँडी गाउँपालिकाका विभिन्न बस्तीहरूमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ । रासस
Comments
अरु समाचार
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
काभ्रे बस दुर्घटना: ८ जनाको ज्यान गयो, १७ घाइतेको उपचार जारी
काठमाडौं । काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बा...
-
गोदावरी नदीले बगाउँदा दुई महिलाको ज्यान गयो
धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
रेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
काठमाडौँ । नेपालका कान्छा कोरियोग्राफर गौरव सिटौलाका भाइ सौरभ सिटौला र आर्याना सिंह यस वर्षको “मिस्टर एण्ड मिस एसईई सुपर...
-
सरकारी विद्यालयमा किन विद्यार्थी संख्या न्यून ? तेह्र हजार विद्यालयमा सयभन्दा कम
काठमाडौँ। देशभर सञ्चालनमा रहेका सामुदायिक विद्यालयमध्ये आधाभन्दा बढी विद्यालयमा विद्यार्थी संख्या सयभन्दा कम रहेको तथ्य सार्वजनिक भएको छ। विद्यार्थी अभावका...












