सबै धर्माबलम्बीको आस्थाको मठमन्दिर एउटै थलोमा
भद्रपुर। भिन्नाभिन्नै धर्ममा आस्था राख्ने विभिन्न आठ जातीय समुदायको मठमन्दिर एकै स्थानमा छन् भन्दा पत्याउन गाह्रो हुन्छ तर झापाको भद्रपुर–२ कमलधापस्थित एउटै परिसरमा हिन्दू, किराँत, बौद्धलगायत अलगअलग धर्म मान्ने आठ जातिका मठमन्दिर सामूहिक रूपमा स्थापना गरिएका छन् ।
नेपाल धर्मनिरपेक्ष घोषणा हुनुभन्दा अघि विसं २०५० तिरै कमलधाप रामपोखरी सामुदायिक वनको पाँच बिघा सार्वजनिक जग्गामा ती मठमन्दिर र गुम्बा निर्माण भएका हुन् । विभिन्न जातजाति र भाषाभाषीको बसोवास रहेको यहाँका बासिन्दाको सबै धर्मका मठमन्दिर रहेको सो क्षेत्रलाई अब धार्मिक पर्यटकीयस्थल बनाउन नगरपालिका र स्थानीयवासी जुटेका छन् ।
सर्वधर्म धार्मिकस्थल बन्नुअघि सो क्षेत्रमा किराँती समुदायको शव गाड्ने कपुरथान रहेको संयुक्त धार्मिकस्थल कमलधापका सञ्चालक समिति अध्यक्ष मानु तामाङले बताए । उनले नेपालमा सबैभन्दा धेरै जातजातिका मठमन्दिर रहेको संयुक्त धार्मिकस्थल कमलधाप नै भएको जिकीर गर्दै पर्याप्त प्रचारप्रसारको अभावमा यसको महत्व ओझेलमा परेको हो भनेका छन् ।
झापाको दक्षिण क्षेत्रमा रहेको पर्यटकीयस्थल किच्चकबध र नेपालको होचो स्थान केचनकवल नजिक रहेका कारण पनि यस संयुक्त धार्मिकस्थललाई पर्यटकीय आकर्षणको नयाँ केन्द्रका रूपमा विकास गर्न सकिनेमा जोड दिँदै अध्यक्ष तामाङले यहाँ हिन्दू धर्मावलम्बीको शिवालय, मगर, तामाङ र गुरुङका छुट्टाछुट्टै गुम्बा, लिम्बूको माङ्हिम, राईको साकेला थान, थामी समुदायको भूमेथान र सन्थालको कालिथान रहेकामा अब मुश्लिम समुदायको मस्जिद र क्रिश्चियन धर्मावलम्बीको चर्च बनाउने तयारी भइरहेको बताए । चर्च र मस्जिद निर्माण भएपछि उक्त संयुक्त धार्मिक क्षेत्रमा भिन्नाभिन्नै आस्थाका मठमन्दिरको सङ्ख्या १० पुग्नेछ ।
बुद्ध जयन्तीका दिन गुम्बामा विशेष पूजाआजा गरिने भएकाले वैशाख पूर्णिमाका दिन यहाँ भव्य मेला लाग्ने गरेको छ । सबै धर्मको पूजा र मेला लाग्ने आफ्नै तिथि र संस्कृति भएका कारण सोही अनुरुप यहाँ धार्मिक कार्यक्रम पनि हुँदै आएको छ । एक धर्मले अर्को धार्मिक समुदायको कार्यक्रममा सघाउने चलन पनि छ ।
कमलधाप जातीय एकता, धार्मिक सद्भाव र सहिष्णुताका लागि मुलुककै नमूना रहेको र यो ऐतिहासिक धार्मिकस्थललाई पर्यटकीयस्थलको रूपमा विकास गर्नका लागि आफू लागिपरेको भद्रपुर–२ का वडाध्यक्ष भीम केरुङले बताएका छन् ।
उनले संयुक्त धार्मिक क्षेत्र घेर्नेगरी पर्खाल लगाउन वडाबाटै रु। ४ लाख बजेट चालू आर्थिक बर्षमा छुट्याइएको जानकारी दिए। यस क्षेत्रलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउनका लागि प्रदेश नं १ का अर्थमन्त्री इन्द्र आङ्बोले गत असोजमा सो स्थानको अवलोकन भ्रमण पनि गरेका छन् ।
धार्मिक क्षेत्रको छेउमा कमलधाप पोखरी रहेको र त्यस पोखरीको संरक्षण गर्दै पर्यटकीय आकर्षण बढाउन भद्रपुर नगरपालिकाले चालू आवको बजेटबाट रु २५ लाख रकम छुट्याएको र सो बजेटबाट पोखरीमा डुङ्गा सयर गराउने र झोलुङ्गे पुल तथा आकाशे पुल बनाउनाका साथै पोखरी वरिपरि बगैँचा र बाल उद्यान बनाउने तयारी भइरहेको उनले जानकारी दिएका छन् ।
पाँच लाखमा धरहरा बन्यो
झापाको शिवसताक्षीमा स्थानीयवासीले पर्यटकलाई आकर्षित गर्न २४ फिट उचाइको धरहरा निर्माण गरेका छन् । शिवसताक्षी नगरपालिका–६ शिवगञ्जको मुख्यचोकमा रु पाँच लाखमा निर्माण गरिएको सो नौ तले धरहरा भूकम्पमा ढलेको काठमाडौँको धरहराजस्तै छ ।
धुलावारी चोकमा सानो धरहराको प्रतिमा राखेको देखेपछि स्थानीय युवाले त्यस्तै धरहरा आफ्नो गाउँमा पनि निर्माण गरेका निर्माण समितिकी कोषाध्यक्ष निर्मला प्रसार्इंले बताए का छन ।
राति झिलिमिली हुनेगरी नवनिर्मित धरहरामा रङ्गीन बत्ती जडान गरिएको र यसमा शिवसतााक्षी नगरपालिका, वडापालिका र विदेशमा रहेका नेपालीले आर्थिक सहयोग गरेको धरहरा निर्माण अनुगमन समितिका संयोजक नवीन तिम्सिनाले जानकारी दिए। चढ्न नमिल्ने सो धरहरा निर्माणपछि पर्यटकीय आकर्षणको एउटा महत्वपूर्ण स्थल बन्न पुगेको शिवगञ्ज चोकमा धरहरासँग फोटो खिचाउनेहरु बढेका छन् ।
Comments
अरु समाचार
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...
-
खोटाङकाे खार्तम्छामा शव बाेकेकाे हेलिकप्टर दुर्घटना
विराटनगर । खोटाङको केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटना भएको छ । बिरामी लिन लागि गएको हेलिकप्टर दुर्घटनामा परेको हो ।...
-
केही भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको...
-
जेनजी आन्दोलन पुनर्निर्माण कार्ययोजना : आगामी वर्ष तीनै तहका सरकारले बजेट छुट्याउनुपर्ने
काठमाडौं । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले व्यापक भौतिक तथा आर्थिक क्षति पुर्याएपछि सरकारले...
-
उदयपुरमा हावाहुरीका कारण २ जनाको ज्यान गयो, ५ जना घाइते
उदयपुर । उदयपुरमा हावाहुरीका कारण २ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । हावाहुरीले मृत्यु हुनेमा...
-
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना
काठमाडौं । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । साथै हाल मुलकका पहाडी र हिमाली भागमा साधारणतया...
-
राजस्वका तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ७० लाख रुपैयाँ घूस लिएको खुल्याे
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अधिकारीमाथि...












