न्याय माग्दा बिग्रियो यज्ञराजको मानसिक अवस्था
काठमाडौँ । बलात्कारपछि हत्या भएकी कन्चनपुरकी निर्मला पन्तकी बुबा यज्ञराज पन्तको मानसिक अवस्था बिग्रिएको छ । छोरीको हत्यारा पत्ता लगाउन माग गर्दै अनिश्चितकालीन धर्ना बसेका यज्ञराज धर्नास्थलमै उनको मानसिक अवस्था बिग्रिएपछि उपचारका लागि काठमाडौं ल्याइएको हो । उनलाई बेहोस बनाएर काठमाडौं ल्याइएको हो ।
आइतबार बिहान बेहोस बनाएर उनलाई काठमाडौं ल्याउन लागिएको निर्मलाकी आमा दुर्गादेवी पन्तले जानकारी दिइन्।
पन्तका अनुसार यज्ञराजले होस गुमाएर धेरै बोल्नेर हिँड्ने गर्न थालेपछि शनिबार दिउँसो सेती अञ्चल अस्पताल लगेर बेहोस बनाउने इन्जेक्सन दिइएको थियो। उनले भनिन्, ‘हिजै जहाजमार्फत् काठमाडौं जाने टिकट लिएका थियौं। मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई जहाजले ल्याउन नमानेपछि आज एम्बुलेन्सबाट काठमाडौं ल्यायौं ।’
उनलाई त्रिवि शिक्षण अस्पताल राखिएको छ । हत्यारा पत्ता लगाउन र आफूहरूलाई न्याय दिन माग गर्दै कञ्चनपुरको जिल्ला प्रशासन कार्यालयअघि निर्मलाका परिवारै धर्नामा बसेका छन्। हप्ता दिनअघिबाट निर्मलाका बुवा अस्वभाविक रूपमा बढी बोल्ने बरबराउने गर्न थालेका थिए।
उनी नियन्त्रणबाहिर जान थालेपछि उपचारका लागि काठमाडौं लैजान लागिएको हो। निर्मला गत साउन १० गते साथीको घरमा होमवर्क गर्न भन्दै गएकी थिइन्। उनी फर्केर आइनन्। खोजी गर्दागर्दै भोलिपल्ट उल्टाखाम भन्ने ठाउँको उखुबारीमा उनी मृत अवस्थामा फेला परेकी थिइन्।
उनलाई बलात्कार गरी मारिएको पोष्टमार्टम रिपोर्ट आएको थियो। उनको हत्यामा अनुसन्धानमा प्रहरीले लापरबाही गरेको भन्दै तत्कालीन एसपी डिल्ली विष्टलगायतलाई बर्खास्त थियो। हत्यारा भने अझै पत्ता लाग्न सकेको छैन।
Comments
अरु समाचार
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
काभ्रे बस दुर्घटना: ८ जनाको ज्यान गयो, १७ घाइतेको उपचार जारी
काठमाडौं । काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बा...
-
गोदावरी नदीले बगाउँदा दुई महिलाको ज्यान गयो
धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
रेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
काठमाडौँ । नेपालका कान्छा कोरियोग्राफर गौरव सिटौलाका भाइ सौरभ सिटौला र आर्याना सिंह यस वर्षको “मिस्टर एण्ड मिस एसईई सुपर...
-
सरकारी विद्यालयमा किन विद्यार्थी संख्या न्यून ? तेह्र हजार विद्यालयमा सयभन्दा कम
काठमाडौँ। देशभर सञ्चालनमा रहेका सामुदायिक विद्यालयमध्ये आधाभन्दा बढी विद्यालयमा विद्यार्थी संख्या सयभन्दा कम रहेको तथ्य सार्वजनिक भएको छ। विद्यार्थी अभावका...












