पर्वतका छ पत्रकार पुरस्कृत
पर्वत। नेपाल पत्रकार महासङ्घ पर्वतले स्थापना गरेको सिर्जनशील पत्रकारिता पुरस्कारबाट पर्वतका छ पत्रकार पुरस्कृत भएका छन् ।
शाखाको शनिबार सम्पन्न दशौँ साधारणसभाको अवसरमा पत्रकारलाई नगदसहित सिर्जनशील पत्रकारिता पुरस्कार वितरण गरिएको हो । पुरस्कृत हुनेहरुमा २०७० को सिर्जनशील पत्रकारिता पुरस्कारबाट सन्तोष थापा, २०७१ को पुरस्कारबाट गणेश पौडेल, २०७२ को पुरस्कारबाट अगन्धर तिवारी, २०७३ को पुरस्कारबाट माया अधिकारी, २०७४ को पुरस्कारबाट राजबाबु पिसी र २०७५ को पुरस्कारबाट रोशनी तिवारी रहनुभएको छ । पुरस्कृत पत्रकारलाई नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले नगद, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । यसैगरी पर्वतको पत्रकारितामा योगदान पु¥याएको भन्दै संस्थापक अध्यक्ष भोलानाथ शर्मालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा महासङ्घका महासचिव विष्टले मुलुकी अपराध संहितामा रहेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी दफाहरु संशोधन र श्रमजीवी पत्रकार ऐन ठूला र व्यावसायिक मिडियाले कार्यान्वयन नगरेमा आन्दोलन गर्ने चेतावनी दिनुभयो ।
Comments
अरु समाचार
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
काभ्रे बस दुर्घटना: ८ जनाको ज्यान गयो, १७ घाइतेको उपचार जारी
काठमाडौं । काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बा...
-
गोदावरी नदीले बगाउँदा दुई महिलाको ज्यान गयो
धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
रेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
काठमाडौँ । नेपालका कान्छा कोरियोग्राफर गौरव सिटौलाका भाइ सौरभ सिटौला र आर्याना सिंह यस वर्षको “मिस्टर एण्ड मिस एसईई सुपर...
-
सरकारी विद्यालयमा किन विद्यार्थी संख्या न्यून ? तेह्र हजार विद्यालयमा सयभन्दा कम
काठमाडौँ। देशभर सञ्चालनमा रहेका सामुदायिक विद्यालयमध्ये आधाभन्दा बढी विद्यालयमा विद्यार्थी संख्या सयभन्दा कम रहेको तथ्य सार्वजनिक भएको छ। विद्यार्थी अभावका...












