यूपीएफले प्रदान गरेको पुरस्कार फिर्ता गर्न प्रधानमन्त्रीलाई तरुण दलको चेतावनी, फिर्ता नगराए देशव्यापी आन्दोलन गर्ने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई युनिफिकेसन चर्चकी धर्म गुरु हाक जा हान मुनले ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’बाट पुरस्कृत गरेपछि यसको वर्सत्र आलोचना गर विरोध भएको छ । यसैबीच नेपाल तरुण दलले यो पुरस्कारको नाममा गरिएको कमिसन र भ्रष्टाचारको विरोधनमा देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ । मंगलबार प्रेस विज्ञप्ति निकाल्दै तरुण दलले चेतावनी दिएको हो ।
‘युपिएफसँगको संलग्नता गम्भीर त्रुटी निकै रहस्यमय देखिएको छ । उक्त संस्थलाई भित्री बाटोबाट सहयोग गरे वापत् प्रधानमन्त्री ओलीले एक लाख अमेरिकी डलरको पुरस्कार लिनु भनेको एउटा नौटङ्की मात्र हो ।’ तरुण दलले निकाले प्रेस विज्ञप्तिा भनिएको छ, ‘मन्त्रीपरिषद्को स्वीकृतिविना पुस्कार ग्रहण गर्नु कानुन विपरित त हुँदै हो यसका साथै कुनै संस्थाबाट विना कारण रकम लिनु भनेको खुल्ला कमिसन र भ्रष्टाचार पनि हो।’
तरुण दलले प्रधानमन्त्रीलाई गरिएको सम्मानको खुलम खुला कमिसन र भ्रष्टाचार जन्य क्रियाकलाप भएको बताएको छ । ‘यसको घोर भ्रत्सना र दोषीलाई कडा कारबाहीको जोडदार माग गर्दछौं, विज्ञप्तिमा भनिएको छ,’यो कार्यक्रमको नाममा भएको खर्चको छानविन र कमिसन स्वरूप लिएको एक लाख डलर रकम तत्काल फिर्ता गर्न प्रधानमन्त्रीलाई तरुण दल सचेत गराउँदछ।’
प्रधानमन्त्रीले पाएको पुरस्कारमा १ लाख डलर थपेर कोष बनाउने मन्त्रिपरिषद् निर्णय
इसाई धर्म प्रचारक संस्था युनिभर्सल पिस फेडेरेसनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुरस्कार दिएको रकममा एक लाख अमेरिकी डलर थपेर सरकारले एउटा कोष बनाउने भएको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीले नेतृत्व र सुशासन अवार्डसँगै पाएको १ लाख डलरमा त्यत्ति नै पैसा थपेर यूवाहरूको क्षेत्रमा काम गर्ने कोष बनाउने निर्णय गरेको हो।
यसअघि आइतबार साँझ एसिया प्यासेफिक समिटमा प्रधानमन्त्री ओलीलाई नेतृत्व र सुशासन अवार्डका लागि तक्मासहित नगद पुरस्कार दिइएको थियो। फेडेरेसनकी अध्यक्ष हाक जा हान मुनले प्रधानमन्त्री ओलीलाई उक्त पुरस्कार प्रदान गरेकी थिइन्।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












