दुई लाख सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएनन्, अनुमतिपत्र पाउन यस्तो सास्ती
ललितपुर । सवारी चालक अनुमतिपत्रका लागि लिएको लिखित र प्रयोगात्मक दुवै परीक्षा पास गरेका दुई लाखभन्दा बढी सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएका छैनन् ।
एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा ‘स्मार्ट कार्ड’ का लागि लिइएको परीक्षा उत्तिर्ण भएर राजश्व तिरेका सेवाग्राहीको सङ्ख्या बिहीबारसम्म पाँच लाख ५७ हजार ७०० थियो । यो सङ्ख्या कार्यालयले चार वर्ष पहिले स्मार्ट चालक अनुमतिपत्र शुरु गरेदेखि अहिलेसम्मको हो । कार्यालयबाट लिइएको लिखित, ‘ट्रायल’ पास गरेका र नवीकरणका लागि फारम भरेका दुवै खालका सेवाग्राहीले राजश्व तिरेको लामो समयसम्म चालक अनुमतिपत्र नपाएका हुन् । उक्त कार्यालयबाट अहिलेसम्म तीन लाख ५४ हजारले ‘स्मार्ट’ चालक अनुमतिपत्र लिएका छन् भने दुई लाख तीन हजारका लागि भने छाप्न बाँकी रहेको कार्यालयले जनाएको छ ।
एक वर्षभन्दा पहिले परीक्षा पास गरेका सेवाग्राहीले समेत अनुमतिपत्र पाएका छैनन् । उनीहरुले राजश्व तिरेको कागज देखाएरै सवारीसाधन चलाइरहेका छन् । त्यस्तो कागज बलियो नहुने पानीमा भिज्ने पछि अक्षर अक्षर घोटिएर जाने भएकाले हैरान भएको भक्तपुरका विराज नेपालले बताए । “अक्षर मेटिएर दुई पटक फेरीसकेँ ”, उनले भने, “अझै कति समय लाग्ने थाहा नभएर अहिले चहिँ लेमिनेशन नै गरेर राखेको छु ।”
स्मार्ट प्रमाणपत्र छाप्ने उपकरणको क्षमता कम भएकाले दुई लाखभन्दा बढी सेवाग्राहीले चालक अनुमतिपत्र नपाएका हुन् । कार्यालयमा धेरै खालका गुनासो लिएर सेवाग्राही आउने गर्छन् । तीमध्ये सबैभन्दा बढी सवारी चालक अनुमतिपत्रमा भइरहेको ढिलाइसँग सम्बन्धित छ । उनले भने, “एक दिनमा धेरै जना मेरो लाइसेन्स बन्यो कि बनेन र कहिले आउँछ भन्दै सोध्न आउँछन् ।”
घरबाट निस्कँदा नै गाली खानका लागि तयार भएर निस्कनुपरेको पौडेलले बताए । कार्यालयमा आउने सेवाग्रही धेरै खालको गुनासो लिएर आउने गरेका छन् । त्यसमा सबैभन्दा बढी चालक प्रमाणपत्रका लागि भइरहेको ढिलाइसँग सम्बन्धित हुन्छ । उनले भने, “दैनिक २० जना जति मेरो लाइसेन्स कहिले आउँछ भन्दै आउँछन, हामीसँग दिने जवाफ हुँदैन ।”
दश महिनाअघि चालक अनुमतिपत्र परीक्षा पास गरेकी ठेचोकी रञ्जना महर्जन चार पटकसम्म चालक अनुमतिपत्र बने नबनेको बुझ्न कार्यालय आइन । हरेक पटक आउँदा उनले अनुमतिपत्र कहिले आउँछ भन्ने प्रश्नको जवाफ पाएकी छैनन् । महर्जनले कार्यालयबाट बिदा लिएर हतारिएर चालक अनुमतिपत्र बनाएकी थिइन् । एक पटक पास नभएपछि एक साताभर तयारी गरेर अर्को साता ट्रायल परीक्षा पास गरिन । त्यतिको हतार गरेर पास गरे पनि उनले अझैसम्म चालक अनुमतिपत्र पाएकी छैनन् ।
यो कार्यालयबाट ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गर्दा एउटा कार्यालय मात्रैमा यो सेवा थियो । गत वर्षदेखि देशभरका अञ्चल कार्यालयले ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गरेका छन् । सबै अञ्चल कार्यालयबाट परीक्षा पास भइसकेका सेवाग्राहीको चालक अनुमतिपत्र विभागमा नै छापिन्छ । त्यहाँ भएको उपकरण पर्याप्त नभएकाले समस्या भएको हो । पौडेलले भने, “एकातिर पहिले लिइसकेकाको नवीकरण र अर्कातिर नयाँ बन्ने चालक अनुमतिपत्रमा स्मार्टकार्ड नै लागू भएको छ ।”
चालक अनुमतिपत्रमा भएको चिप ‘धातुको टुक्रा’ उप्कने, वेवसाइड नखुल्ने, ढड्डा र कम्प्युटरमा फरकफरक विवरण हुनेलगायतका समस्या लिएर दैनिक सयौँ सेवाग्राही आउने गरेको कार्यालयले जनाएको छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












