हराएका बालक खोज्दा चोर भेटिएपछि…
जिरी । बालगृहबाट हराएका बालक खोजी गर्दा प्रहरीले चोर फेला पारेको छ ।
मङ्गलबारदेखि बालगृहबाट दुई बालक हराएको खबर आउनेबित्तिकै जिल्ला प्रहरी कार्यालय दोलखाले मातहतका युनिटका प्रहरी परिचालन गरेर खोजी ग¥यो । बालक बिहीबार बस चढेको अवस्थामा प्रहरीले फेला पा¥यो । बालकलाई जिल्ला प्रहरी कार्यालय पु¥याएर सोधपुछ शुरु गरेको १० मिनेट नपुग्दै भीमेश्वर नगरपालिका–६ सिमपानीबाट रञ्जितकुमार पाठक आफ्ना चोरीको सामान खोजिदिन निवेदन लिएर आए । संयोगवश पाठकले प्रहरीलाई खोजिदिन गरेको निवेदनमा उल्लेखित सामान र ती बालकले बोकेका सामान मिल्दोजुल्दो देखियो ।
प्रहरीले थप सामान खोजी गर्न बालकमाथि नै अनुसन्धान गर्न बालगृह पु¥यायो । बालगृहमा उनीहरुले लुकाएर राखेका पाठककै सामान फेला पारेको जिल्ला प्रहरी कार्यालय कार्यालयका प्रहरी निरीक्षक माधव काफ्लेले जानकारी दिनुभयो ।
बाँकी सामान प्रहरीले सोधपुछ गर्दै जाँदा सिमपानीकै जङ्गलमा लुकाएर राखिएको अवस्थामा भेटियो । पाठकले निवेदन माग गरेका एउटा क्यामेराबाहेकका सबै सामान ती बालकबाट फेला पारेको प्रहरी निरीक्षक काफ्लेले जानकारी दिनुभयो ।
बुधबार पाठकको सिमपानीमा रहेको कटेजबाट सामान चोरी भएका थिए । सामान चोरी भएको थाहा पाएलगत्तै प्रहरीमा उजुरी दिएका थिए । तर प्रहरीले चोर पत्ता लगाउन सकेको थिएन । यो घटनापछि दोलखाको गौरीशङ्कर बालगृहका बालबालिका चोरीका घटनामा संलग्न भएको पाइएको छ । अहिले प्रहरीले ती बालक चोरीका घटनामा संलग्न रहेको अभियोगमा थप अनुसन्धान जारी राखेको जानकारी दिएको छ ।
पछिल्लो समयमा चरिकोट बजारमा भएको अधिकांश चोरीका घटनामा बालकको संलग्नता पाइएका बेला गौरीशङ्कर बालगृहका बालकसमेत चोरीमा संलग्न देखिएका हुन् ।
प्रहरी कार्यालयमा बुधबार भिनपा–६ सिमपानी नजिकै घरमा कोही नभएको मौका पारी कटेरो फोडेर क्यामेरा, चाँदीको गरगहनालगायतका सामान चोरी भएको उजुरी परेको थियो ।
दोलखा प्रहरीले केही दिनअघि मात्रै चोरीमा संलग्न चार बालकलाई नियन्त्रणमा लिएको थियो । यही मङ्सिर १६ गते भीमेश्वर नगरपालिका–६ चरिकोटमा एकै दिन सात स्थानमा चोरी भएपछि प्रहरीले अनुसन्धानका क्रममा चोरीमा संलग्न चार बालकलाई पक्राउ गरेको थियो । पक्राउ परेका बालकलाई प्रहरीले अभिभावकको जिम्मा लगाएको छ । कम उमेर समूहका बालक चोरीका घटनामा संलग्न भए पनि उनीहरुलाई मुद्दा लगाएर कानूनी कारवाही गर्ने व्यवस्था नभएका कारण प्रहरीले अभिभावकको जिम्मा लगाउने गरेको छ ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











