सरकार किन लुकाउन चाहन्छ न्यायको माग गरिएको यो पोष्टर?
काठमाडौँ । सुदूर पश्चिमको कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा न्याय माग्न भन्दै बनाइएको पोष्टर प्रहरीले च्यात्न थालेको सार्वजनिक भएपछि त्यसले अधिकारीहरूमाथि पारेको प्रभाव प्रष्ट भएको छ। एक रुपैयाँ देउ टोलीका एक सदस्य विक्रम केसीका अनुसार गत बुधवार राती कुरै कुरामा निर्मला पन्तको पोष्टर बनाउने निर्णय भयो।
खासमा त्यो टोलीलाई एउटा फेसबुक सन्देशले झक्झक्याइदिएको थियो । सन्देश थियो- ‘विवादास्पद’ अन्तर्राष्ट्रिय सम्मेलनका लागि काठमाण्डूका ठाउँ ठाउँमा टाँसिएका प्रधानमन्त्री केपी ओली र अन्यका फोटाहरूमाथि निर्मला पन्तको फोटो टाँसेर न्यायका लागि दबाब बढाउने।
टोलीले आफ्नै खल्तीबाट पैसा हालेर ३० थान फ्लेक्स २०० पोष्टर बनायो। १८ जनाको टोली काठमाण्डू, भक्तपुर र पाटनमा बाँडिएर बिहीवार राती पोष्टर र फ्लेक्स टाँग्न व्यस्त रह्यो।
त्यो अधिकारीहरूका लागि टाउको दुखाइ बनिदियो। पोष्टरमा आकर्षक नारा पनि छ: “सरकार भेटियो तर न्याय भेटिएन”भन्ने।
केसीका अनुसार उनी स्वयंले खासमा ‘सरकार भेटियो तर न्याय हरायो’ भन्ने नारा प्रस्ताव गरेका थिए।
त्यसमाथि छलफल भएर अन्तिम रुप दिइयो ‘सरकार भेटियो तर न्याय भेटिएन’ भन्ने।
पोष्टरहरू सवारी साधनमा टाँसिए।
त्यसरी टाँसेका पोष्टरहरू प्रहरीले च्यातेका तस्बिरहरू सार्वजनिक भए।
प्रहरी प्रवक्ता उत्तमराज सुवेदी भन्छन्, “प्रहरीको पोष्टर च्यात्ने नीति होइन आदेश पनि दिएको छैन।”
तर गत हप्ता काठमाण्डूमा भएको एक विवादास्पद अन्तर्राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री केपी ओली लगायतका ठूल्ठूला पोष्टरहरू टाँसिएका थिए।
ती पोष्टरमाथि अभियानकर्ताहरूले निर्मलाको पोष्टर टाँसिदिएपछि त्यो “अशोभनीय भएको र त्यसले अन्तर्राष्ट्रिय स्तरमा पनि नराम्रो सन्देश जाने भएकाले स्थानीय प्रशासनले त्यो रोक्न खोजेको” प्रवक्ता सुवेदीले बीबीसीलाई बताए।
पोष्टरको स्केचको डिजाइन इन्टरनेटबाट निकालिएको र त्यो स्केच स्कृष्णगोपालले बनाएको उनले बताउ।
त्यसैक्रममा “आक्रोशित” अभियानकर्मीलाई पक्राउ गरिएको र पछि छोडिएको उनले बताए।
पोष्टरको माग देशका विभिन्न भागबाट आउन थालेपछि उनीहरूले गुगल ड्राइभबाट सबैलाई डिजाइनमाथि पहुँच दिए।
देशभर स्वतस्फूर्त रुपमा सबैले आ-आफै पोष्टर बनाएको केसीले बताए।
निर्मलालाई न्याय माग्ने काममा सबैले जिम्मेवारी महसुस गरुन् भनेर पहिले त पोष्टरबारे उनीहरूले कसैलाई बताएनन्।
तर ‘राजनीतिक पार्टीले नियोजित रुपमा गरेको भन्ने जस्ता आरोप आएपछि’ आफूहरू पोष्टरबारे जानकारी सार्वजनिक गर्न तयार भएको केसीले बताए।
पोष्टरपछि स्टिकरको माग आउन थाल्यो।
आफ्नै खल्तीका पैसा खर्च गरेर २२५ स्टिकर बनाएर उनीहरूले गत शनिवार भृकुटीमण्डपमा भेटघाट आयोजना गरे।
स्टिकर, पोष्टर र फ्लेक्स बनाउँदा लागेको खर्च १८ जनाको समूहमा बाँडदा प्रतिव्यक्ति ५३२ रुपैयाँ परेको केसीले बताए।
त्यसपछि स्टिकरको माग आयो त्यसलाई पनि उनीहरूले गुगल ड्राइभ मार्फत् बाँडन थाले।
आफूहरूले बनाएको स्टिकरले निर्मलालाई न्याय दिने कुरामा दबाब बढाउने माध्यम बनेकोमा आफूहरू उत्साहित बनेको केसीले बीबीसीलाई बताए। बीबीसी नेपालीबाट
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












