राजश्व अनुसन्धानद्वारा पौने ६ अर्ब बिगोसहित ४२ फर्मबिरुद्ध मुद्दा दायर
काठमाडौं। राजस्व अनुसन्धान विभागले ४२ वटा फर्म र संस्थाका ७७ व्यक्ति विरूद्ध राजस्व चुहावटको अभियोगमा मुद्दा दायर गरेको छ। सोमबार आफ्नै कार्यालय ललितपुरमा पत्रकार सम्मेलन गरेर अनुसन्धान विभागले मुद्दा दायर गरेको जानकारी गराएको हो ।
विभागले बिगो र सजाय गरि ५ अर्ब ७७ करोड माग दावी गरेको छ। यीमध्ये ८ जना राजस्व प्रशासनका कर्मचारी छन्। विभागले साउन १५ गते रसुवाबाट जाँचपास भएका गाडी समाउन १७ गते समातेको थियो। एउटै सवारी साधनको सामानबाट ७ करोड ५९ लाख बिगो र जरिवाना दावी गरिएको छ। भन्सार अधिकृत पवित्रकुमार खड्कासहित २ जना पनि समातिएका थिए।
गत आर्थिक बर्षको पहिलो चार महिनामा रसुवाबाट ८५ करोड ८० लाख राजस्व संकलन भएकोमा यसपाली ३ अर्ब ७४ करोड रुपैयाँ असुली भएको छ। गत बर्ष कुल ७ हजार ८२८ कन्टेनर आएकोमा यो बर्ष ५ हजार ४४३ वटा मात्र भित्रिएका छन् । सवारी साधन घटे पनि राजस्व संकलन भने बढेको हो।
विभागले भन्सार र वैदेशिक रोजगार व्यवसायीहरू लगायतलाई बढी राजश्व चुहावट हुने ठाउँ र व्यक्ति भन्दै उच्च निगरानीम राखेको बताएको छ । विभागले अन्तशुल्कमा नक्कली स्टिकर टाँसेर राजेश्व छली गर्नेहरूलाई पनि निगरानीमा राखेको बताएको छ ।
विभागको तथ्यतथ्याङ्क हेर्नुहोस् ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












