खानेपानीको समस्यामा मौलाथरवासी
बेझाड । पाल्पा निस्दी गाउँपालिका–४ मित्याल मौलाथरका स्थानीयवासी अझै पनि घण्टौँ समय बिताएर खानेपानीको जोहो गर्न बाध्य छन् ।
गाउँमा खानेपानीको स्रोत नहँुदा बिहानदेखि डोकोमा गाग्री बोकेर खानेपानी खोजेर नै यहाँका स्थानीयवासीले वर्षौदेखि जीविका चलाउँदै आइरहेका छन् ।
बिहान झिसमिसेमै यहाँका स्थानीयवासीलाई डोकोमा गाग्री बोकेर खानेपानीको जोहो गर्न घण्टौँ भौतारिनु परेको छ । बाउबाजेको पालादेखि नै घण्टौँ समय लगाएर पानी बोक्ने समस्या अहिलेसम्म उस्तै रहेको मौलाथरका उदयराम सोती बताउनुुहुन्छ ।
“बिहान उठेपछि सबै काम छाडेर पानी खोज्न जाने हो, पल्लो गाउँमा रहेको कुवा, धारामा पानी लिन जानेको ठूलो भीड हुन्छ, पालो पर्खेर बस्दा बिहान बित्दछ”, सोतीले भन्नुभयो । जनसङ्ख्या धेरै तर पानीको स्रोत कम हँुदा लामो समयसम्म पालो पर्खेर बस्नुपरेको उहाँको भनाइ छ ।
वर्षौदेखि यहाँ खानेपानीको चरम समस्या छ, तर अहिलेसम्म यो समस्या समाधान हुनसकेको छैन । मौलाथर गाउँमा ४२ घरधुरीका करीब ३५० जना बसोबास गर्ने गरेको स्थानीवासी रुमबहादुर रानाले बताउनुभयो । “जनसङ्ख्या बढ्दै गएको छ, खानेपानीका मुहान सुक्दैछन्, खानेपानीका साथै गाईभँैसीलाई खुवाउन, लुगा धुन, नुहाउन गाह्रो छ”, उहाँले भन्नुभयो ।
चुनावका बेला गाउँमा पुगेका नेताले खानेपानी ल्याइदिने आश्वासन देखाउँदै जनतासँग भोट माग्ने गर्छन् तर चुनाव जितेपछि गाउँको विकासमा ध्यान नदिएको रानाको गुनासो छ ।
मौलाथरवासीलाई टाढाबाट पानी बोकेर जीविका चलाउन निकै कठिन छ । “समयमा नै छोराछोरीलाई स्कूल पठाउनुपर्ने, घरायसी कामधन्दा पनि सक्नैप¥यो, पानीको सुविधा नहँुदा जीविका चलाउन गाह्रो परेको छ, चुनाव आउँदैपिच्छे राजनीतिक दलका नेता तथा उम्मेदवारले पानी ल्याइदिन्छाँै, भोट देऊ भन्छन् तर चुनाव जितेपछि उनीहरु गाउँ फर्कदैनन्”, स्थानीयवासी ऋषिमाया खन्गाहा भन्नुहुन्छ ।
यहाँका स्थानीयवासीले बस्तीदेखि लगभग दुई किमी पर रहेको रिपादी धारा र माग्दी गैराबाट पानी उपभोग गर्दै आइरहेका छन् । खानेपानीको समस्या समाधान भएको खण्डमा यहाँका स्थानीयवासीले तरकारी, अन्नबाली, फलफूल लगाएर आम्दानी पनि गर्न सक्ने प्रशस्त सम्भावना छ ।
खानेपानी लिफ्टिङको योजना यो गाउँमा यसै वर्ष परे पनि काम भन्ने शुरु हुन सकेको छैन ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












