मोदीको शक्ति परीक्षण आज, लोकप्रियता उस्तै रहला ?
नयाँ दिल्ली । सन् २०१४ मा भारतमा भएको लोकसभाको निर्वाचनमा बहुमत हासिल गरेर अहिलेको भारतको सत्तारुढ पार्टी भारतीय जनता पार्टी (भाजपा) हाइहाइ भएको थियो । त्यसपछि बनेका प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियताको ग्राफ पनि उत्तिकै बढेको हो ।
तर, त्यतिबेला बाँडिएका आश्वासन पूरा हुन नसकेको भनेर उनीमाथि अहिले आरोप लागिरहेको छ र त्यसको मापन आज आउने विधानसभा चुनावको परिणामले गर्नेछ । बिहानैदेखि सबैतिर आज मतगणना भइरहेको छ ।
भारतको मध्यप्रदेश र मिजोरममा नोभेम्बर २८, छत्तीसगढमा नोभेम्बर १२ र २० अनि राजस्थान र तेलंगानामा डिसेम्बर ७ मा चुनाव भएकोमा सबै स्थानको परिणाम आज घोषणा हुँदैछ । आजको मत परिणामले भारतमा को कति पानीमा छ भनेर नापजाँच मात्रै गर्ने छैन कि सन् २०१९ को मे महिनामा हुने लोकसभा निर्वाचनको जोड घटाउतर्फ पनि यसले ठूलै संकेत गर्नेछ ।
अहिले चुनाव भएको पाँच प्रदेश मध्ये मध्यप्रदेश र छत्तीसगढ र राजस्थानमा लामो समयदेखि भाजपा नेतृत्वको सरकार छ भने तेलंगानामा तेलंगाना राष्ट्र समिति ‘टीआरएस’ र मिजोरममा कांग्रेस नेतृत्वको सरकार रहेको छ । आफूले जितेका स्थानमा भाजपाले यसअघि कांग्रेसलाई निकै पछि पारेको थियो ।
विधानसभा निर्वाचनको संभावित परिणामलाई लिएर सोमबारदेखि नै भारतको शेयर बजार ओरालो लागेको बताइएको छ । भारतको रिजर्भ बैंकका गभर्नर उर्जीत पटेलले सोमबार साँझ अचानक दिएको राजीनामाले पनि भारतीय बजारमा असर गरेको विश्लेषकहरुले बताएका छन् ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












