भारत प्रदेशसभा मतपरिणाम : काँग्रेस अघि–अघि, भाजपा पछि–पछि
काठमाडौँ । भारतका पाँच वटा राज्यमा भएको प्रदेश सभा चुनावको मतगणना आज भइरहेको छ। राजस्थान, मध्यप्रदेश, छत्तिसगढ, तेलनंगना र मिजोरममा भएको चुनावको मतगणना जारी छ।
प्रारम्भिक मतपरिणाममा संघीय सरकार चलाइरहेको भारतीय जनता पार्टी विपक्षी भारतीय राष्ट्रिय कंग्रेसभन्दा पछि परेको छ। राजस्थान, मध्यप्रदेश र छत्तिसगढमा कंग्रेसले अग्रता लिएको छ भने तेलंगना र मिजोरममा क्षेत्रीय दलले लिड गरेका छन्।
राजस्थानमा १९९ सिटका लागि चुनाव भएको छ। अहिलेसम्मको मतगणनामा कंग्रेस उम्मेद्वारले ९१ स्थानमा अग्रता लिइरहेका छन् भने भाजपाको ६७ स्थानमा अग्रता छ। मतगनणा जारी छ।
२३१ सदस्यीय प्रदेश सभा रहेको मध्यप्रदेशमा २०१३ को चुनाव भाजपाले जितेको थियो। १६६ सिट जितेको भाजपाले स्वतन्त्र सांसदसँग मिलेर सरकार बनाएको थियो।
यसपालिको प्रारम्भिक परिणाममा भाजपा मध्यप्रदेशमा पनि कंग्रेसभन्दा पछि परेको छ। कंग्रेस उम्मेद्वार ९१ स्थानमा अगाडि छन् भने भाजपाले ८६ स्थानमा अग्रता लिएको छ।
छत्तिसगढमा पनि कंग्रेस नै अगाडि छ। कंग्रेस उम्मेद्वार ४६ स्थानमा अगाडि छन् भने भाजपाले २४ स्थानमा अग्रता लिएको छ। छत्तिसगढको प्रदेश सभा ९० सदस्यीय छ। सन् २०१३ को चुनावमा भाजपाले ४९ र कंग्रेसले ३९ सिटमा जितेका थिए।
तेलंगनामा ११९ सिटका लागि चुनाव भएको छ। बहुमत ल्याउन ६० सिट जित्नुपर्छ। २०१४ को चुनावमा क्षेत्रीय दल तेलंगना राष्ट्र समितिले ६३ सिट जितेर बहुमत ल्याएको थियो भने २१ सिट जितेर कांग्रेस दोस्रो भएको थियो। यसपालि पनि क्षेत्रीय दलले नै अग्रता लिएको छ। उसले ७६ स्थानमा अग्रता लिएको छ भने कंग्रेसले १८ स्थानमा अग्रता लिएको छ। भाजपा १ स्थानमा अगाडि छ।
उत्तरपूर्वी राज्य मिजोरममा यसअघि कंग्रेसले सरकार बनाएको थियो। ४० मध्ये उसले २९ सिट जितेको थियो।
यसपालिको जारी मतगणनामा क्षेत्रीय दल मिजो नेशनल फ्रन्टले अग्रता लिएको छ भने कंग्रेस दोस्रोमा छ। फ्रन्टका उम्मेद्वार २६ स्थानमा अगाडि छन् भने कंग्रेसले ८ स्थानमा अग्रता लिएको छ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











