उपल्लो मुस्ताङमा ‘माइक्रोवेभ रेडियो लिङ्क’
बागलुङ । नेपाल टेलिकमले हिमालपारि उपल्लो मुस्ताङमा ‘माइक्रोवेभ रेडियो लिङ्क’ को पहुँच विस्तार गरेको छ । ‘स्याटेलाइट’ प्रविधि हटाएर ‘माइक्रोवेभ रेडियो लिङ्क’ सञ्चालनमा ल्याइएको हो । मोबाइल र इन्टरनेट सेवाको गुणस्तर बढाउन नयाँ प्रविधि भित्र्याएको टेलिकमले जनाएको छ ।
टेलिकम बागलुङ कार्यालयका अनुसार उपल्लो मुस्ताङको लोमान्थाङ, घमी, चराङ, सुरखाङ, छुसाङ, समर र स्याङ्बोचेमा ‘जिएसएम, बिटियस’ टावर निर्माण गरी सेवा शुरु गरिएको हो । ‘माइक्रोवेभ रेडियो लिङ्क’ प्रविधिले ‘भ्वाइस’ र ‘डाटा’ मा उल्लेख्य सुधार आएको कार्यालयका वरिष्ठ इञ्जिनीयर केशव शर्माले बताउनुभयो । “मुस्ताङबाट भि स्याट प्रविधि प्रतिस्थापन भएको छ”, इञ्जिनीयर शर्माले भन्नुभयो, “सेवाको गुणस्तर बढेको छ, राज्यको खर्च पनि घटेको छ ।” ‘माइक्रोवेभ रेडियो लिङ्क’ ले टेलिकमको अतिरिक्त आर्थिक भार कटौती हुनेछ । ‘भि स्याट’ हुँदा वर्षेनी विदेशी स्याटेलाइट कम्पनीलाई पैसा तिर्नुपर्ने अवस्था थियो ।
“पहिले ब्याण्डविथको डाटा क्षमता जम्मा २५० केबिपिएस थियो” इञ्जिनीयर शर्माले भन्नुभयो, “अहिले दुई हजार एमबिपिएस छ, फोन नलाग्ने समस्या हटेको छ ।” भरपर्दो मोबाइल र तीव्र गतिको इन्टरनेट सेवा पाएपछि उपल्लो मुस्ताङवासी पनि खुशी छन् । यसअघि सर्वसाधारण मोबाइलको लागि ‘भि स्याट’ मा निर्भर थिए ।
“मोबाइल सेवामा सुधार आएको छ, ‘टुजी’ पनि राम्रो चलेको छ”, लो–घेकर दामोदर कुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले भन्नुभयो ।
कम जनसङ्ख्या भएको भए पनि उपल्लो मुस्ताङ विश्वकै आकर्षक पर्यटकीय गन्तव्य भएकाले टेलिकमले गुणस्तीय सेवा विस्तारमा प्राथमिकता दिएको हो । सेवा विस्तारसँगै उपल्लो मुस्ताङ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले समेत प्रत्यक्ष लाभ लिनेछन् । हाल उपल्लो मुस्ताङमा नेपाल टेलिकमबाहेक अन्य कुनै पनि दूरसञ्चार कम्पनीको सेवा पुगेको छैन ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











