मेगा बैंकले सुरु गर्यो कार्डमार्फत इन्टरनेटबाट बस्तु खरीद गर्ने सेवा
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले इन्टरनेटमा कार्डमार्फत् वस्तु तथा सेवा खरिद गर्न चाहने ग्राहकका लागि थ्रीडी सेक्योर प्रविधि सञ्चालनमा ल्याएको छ। भिसा कार्ड इन्टरनेशनलको ‘भेरिफाइड बाई भिसा’ मा आधारित यो प्रविधि अनलाइन कार्ड कारोबारका लागि अतिरिक्त सुरक्षा तहका रूपमा रहने विज्ञप्तिमा उल्लेख छ। मेगा बैंकले भिसासँगको साझेदारीमा आइजिल्यान्ट टेक्नोलोजीमार्फत यो सेवा संचालनमा ल्याएको हो।
यो सेवा लिने ग्राहकले प्रत्येक कारोबार गर्दा इमेल तथा मोबाइलमा छुट्टै पिन नम्बर प्राप्त गर्न सक्नेछन्। जसले गर्दा अनलाइन कार्ड कारोबार अझै सुरक्षित हुने बैंकले जनाएको छ।
यस प्रविधिबाट गरिएको अनलाइन कार्ड कारोबारमा जालसाझी एवं नक्कली कारोबारको जोखिम कम हुने बैंकको दावी छ। बैंककी सिइओ अनुपमा खुञ्जेलीले थ्रीडी सेक्योर प्रविधिको सुरुवातले मेगा बैंकका कार्ड प्रयोगकर्ता ग्राहकको कारोबार सुरक्षित बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। मेगा बैंकको अत्याधुनिक कार्ड सेवाले ग्राहकलाई विश्वस्तरीय सेवा उपभोगको अनुभव दिने उनले बताए।
आइजिल्यान्ट टेक्नोलोजीका सिइओ प्रशान्त मेन्गावाडेले आफूहरुसँगको सहकार्यमा मेगा बैंकले भरपर्दो र सुरक्षित कार्ड सेवा शुभारम्भ गरेको भन्दै यसले नेपालको डिजिटल कारोबारको बढोत्तरीमा मद्दत मिल्ने उनले बताइन्।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











