भाषा परीक्षामार्फत नेपाली कामदारलाई जापान जाने बाटो खुल्यो, यस्तो छ प्रक्रिया

काठमाडौँ । जापान सरकारले रोजगारीका लागि श्रमिक आपूर्ति गर्ने देशमा नेपाललाई सूचीकरण गरेको छ। जापान सरकारको महत्वाकांक्षी योजनाका रुपमा रहेको जापानी भाषा परिक्षामार्फत कामदार आपूर्ति गर्न यसअघि प्रस्तावित ७ देशमा नेपाललाई पनि थप गरिएको हो।
कम्वोडिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, चीन, थाइल्यान्ड र म्यानमारलगायतका ७ देशको नाम गत हप्ता सार्वजनिक गरि बाँकी एक देशसँग छलफल भइरहेको बताइएपनि सोमबार ९ देशमा भिसा प्रकृयाका लागि जाँच लिने प्रस्ताव गरिएको हो। प्रस्तावित बाँकी राष्ट्रमा आठौं राष्ट्र मंगोलिया छ भने नवौं स्थानमा नेपाललाई राखिएको छ।
यस बारेमा जापानको न्याय मन्त्रालयलाई उद्धृत गर्दै सरकारी समाचार संस्था एनएचकेले खबर सम्प्रेषण गरेको छ। यस नियम लागू भएसँगै नेपाली युवाका लागि जापान प्रमुख रोजगार गन्तव्य देशका रुपमा विकास हुने अनुमान गरिएको छ।
सोमबार जापानी न्याय मन्त्रालयले प्रस्ताव गरेको ड्राफ्टमा २ देश थप गरिएको हो। एक हप्तापश्चात् मन्त्रालयले आवश्यक पक्रियामा छलफल गरी उक्त प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट पारित गराइने बताइएको छ।
जापान सरकारले देशभर श्रमिक अभाव हुन नदिन बढी भन्दा बढी विदेशी कामदार लैजाने सम्बन्धी विधेयक पारित गरिसकेको छ। मन्त्रिपरिषद् बैठकबाट उक्त प्रस्ताव पारित हुनसके कामदार आपूर्ति गर्ने देशहरुसँग सम्झौता भई जापानमा काम गर्न जाने विदेशी कामदारका हकमा सहज हुने आँकलन गरिएको छ। नयाँ प्रक्रिया लागू भए जापान जाने कामदार ठगिने क्रमको पनि अन्त्य हुने विश्वास लिइएको छ।
जापानमा हाल रहेको प्राविधिक प्रशिक्षार्थी प्रणालीअन्तर्गत दलालहरुले विदेशी कामदारबाट ठूलो परिमाणमा रकम असुल्ने गरेको पाइएकाले पनि जापान सरकारले सम्झौता हुने दुई देशबीच सूचना आदनप्रदानलाई सहज बनाउने योजना पनि अघि सारेको छ।
जापानको न्याय मन्त्रालयले अन्तर्राष्ट्रिय विद्यार्थीहरुसहित जापानमा आउने विदेशी कामदारहरुलाई शान्त वातावरणमा बस्ने व्यवस्था मिलाउनका लागि तयारी पनि गरिरहेको बताइएको छ।
जापान सरकारले विभिन्न देशमा श्रम सहयोग केन्द्र खोल्ने तयारी समेत गरिरहेको समाचारमा उल्लेख छ।
विभिन्न सरकारी सेवा, स्वास्थ्य सेवा, विपदका बेला दिइने सूचना, मोबाइल सेवा, सवारी चालक अनुमति पत्र लगायतका विदेशीहरुले प्रत्यक्ष सेवा लिन भाषागत समस्या भएका क्षेत्रहरुलाई समेत थप विस्तार र सुधार गरी विदेशी कामदारमैत्री बनाउने तयारी थालेको छ। प्रयोगकर्ताको सहज सेवाका लागि जापानी बाहेक अन्य भाषामा समेत यस्ता सेवा दिने तयारीमा जापान सरकार रहेको छ।
नेपाली युवाका लागि जापान प्रमुख रोजगार गन्तव्य देश बन्दै
नयाँ व्यवस्थाअनुसार नेपाली कामदार जापान जाने प्रक्रिया सुरु भएमा जापान नेपाली युवाका लागि प्रमुख रोजगार गन्तव्य देश बन्नसक्ने देखिएको छ। जापान सरकारसँग रोजगारीका लागि श्रमिक आपूर्ति गर्ने विषयमा परराष्ट्र मन्त्रालयअन्तर्गत बरम्बार छलफल भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहालले जानकारी दिए।
‘सरकारले सरकारीस्तरमा श्रम सम्झौता गरेर मात्रै कामदार आपूर्ति गर्नेछ। त्यसकारण पनि जापान नेपाली युवाका लागि सुरक्षित रोजगार गन्तव्य देश हुनेछ’, दाहालले भने।
यसअघि नेपालले जापान सरकारसँग परिक्षार्र्थी कामदार लिनेगरी सन् २००३ मा इन्टरनेसनल ट्रेडिङ कोअपरेसन अर्गनाइजेसन (जिट्को)मार्फत दोहोरो सम्झौता गरेको थियो।
सम्झौतामा परिक्षार्थी कामदार पठाउने जिम्मा म्यानपावर कम्पनीलाई दिएको थियो। तर, यो माध्यमबाट जापान कामदार पठाउन व्यवसायी सफल नभएपछि जिट्को प्रक्रिया नै रोकिएको थियो।
विद्यार्थीहरुका लागि काम गर्ने क्षेत्र फराकिलो हुने
जापान सरकारले अन्तर्राष्ट्रिय श्रम बजारबाट रोजगारीका लागि वार्षिक ५ लाख विदेशी श्रमिक भित्र्याउने घोषणा गरिसकेको छ।
जापानले कृषि, स्वास्थ्य, उद्योग, कियरगिभर र सुरक्षा गार्डमा विदेशी कामदार लिने जनाएको छ। हाल अध्ययनका लागि नेपाली विद्यार्थी भिसामा जापान गइरहेका छन्। ५६ हजारभन्दा धेरै विद्यार्थी अध्ययनका लागि जापान पुगेका वैदेशिक रोजगार शैक्षिक परामर्श केन्द्रको तंथ्याकमा उल्लेख छ।
जापानमै अध्ययन गरिरहेका विद्यार्थीहरुको हकमा जनवरीदेखि नै लागू हुनेगरी हाल बन्देज लगाइएका क्षेत्रहरुमा पनि रोजगारीका लागि अवसर प्रदान गरिने भएको छ। जसले स्कुलस्तरको अध्ययन सकेर पनि आफ्नै पढाइको क्षेत्रमा काम गर्न नपाउनेहरुका लागि पनि थप अवसर सिर्जना हुने अनुमान गरिएको छ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











