यसपटक पनि एसईई परीक्षाको व्यवस्थापन केन्द्रबाटै,प्रश्न प्रदेशपिच्छे फरक गर्ने कि नगर्ने भन्ने बारेमा निर्णय हुन बाँकी
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) पुनः केन्द्रले नै व्यवस्थापन गर्ने भएको छ । २०७५ सालदेखि प्रदेश सरकारले एसईई परीक्षाको व्यवस्थापन र सञ्चालन गर्ने भनिएपनि जनशक्ति अभाव र संयन्त्र तयार नभएको भन्दै केन्द्रले नै जिम्मेवारी निर्वाह गर्ने भएको छ ।
पुरानो परीक्षा नियन्त्रण कार्यालय गत असोजमा खारेज भएर अहिले नाम फेरिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० नामांकनसहितको कार्यालय अहिले खडा भएको छ । कार्यालयका नियन्त्रक विष्णुप्रसाद अधिकारीले अहिले आफूहरु संक्रमणकै अवस्थामा रहेको बताउँदै परीक्षाको नेतृत्व राष्ट्रिय परीक्षा बोर्डले नै गर्ने बताए ।
उनले सिद्धान्ततः यस वर्षबाट एसईई परीक्षा प्रदेशलेनै लिनुपर्ने हो तर प्रदेशको सबै संयन्त्र तयार भइनसकेकोले कापी व्यवस्थापन र परीक्षा सञ्ंचालनको काममात्रै प्रदेशलाई जिम्मा दिइएको जानकारी दिए ।
नियन्त्रक अधिकारीले यसपटक प्रश्नपत्रको तयारीदेखि नतिजा प्रकाशनको कामसमेत केन्द्रबाटै हुने बताउँदै २०७६ सालबाट प्रदेश स्तरमै परीक्षा सञ्चालन हुने जनाए । उनले कापीको छपाइ कार्य प्रदेशले गरिरहेको बताउँदै भने, “परीक्षा सञ्चालनको जिम्मेबारी प्रदेश सरकारलाई नै छ । उनीहरुले केन्द्र निर्धारण गर्ने र सञ्चालन गर्ने कामको व्यवस्थापन गर्छन् । कुन प्रदेशले कहाँको कापी जाँच्न पाउने वा नपाउने हामीले तय गर्छौ । तर, जँचाउने काम प्रदेशले गर्नेछ ।”
नियन्त्रक अधिकारीका अनुसार प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको शिक्षा विकास निर्देशनालयले परीक्षाको समन्वय गर्छ । उनले यस वर्ष गत वर्षको तुलनामा विद्यार्थी संख्या बढ्ने अवस्था देखिएको बताउँदै भने, ‘‘कुनै थप नयाँ व्यवस्थापन गर्नु पर्नेछ भने केन्द्रले निर्धारण गर्छ । नभए पुरानै चलन अनुसार शिक्षा समन्वय समिति र सिडियोको अध्यक्षतामा सञ्चालन हुनेछ ।’’
उनले परीक्षामा सम्मिलित हुने समग्र विद्यार्थी संख्या अहिले आइ नसकेको बताउँदै भने, ‘‘तर ५ लाखभन्दा बढी नहोला भन्ने प्रारम्भिक अनुमान छ ।’’ उनले अहिले ‘इन्ट्रि’ गर्ने काम बाँकी रहेको बताउँदै भने, ‘‘संख्या ४ लाख ८० हजार सम्म पुग्छ होला । गत वर्ष एसईईमा कूल ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी थिए ।’’
नियन्त्रक अधिकारीले आफूहरुले अहिले प्रश्नपत्र सेटिङ्को काम गरिरहेको बताए । उनले प्रश्नपत्र पनि प्रदेश अनुसार फरक हुने कि नहुने निर्णय नभएको जनाउँदै भने, ‘‘हाम्रो धारणा अनुसार अनिवार्य विषयको प्रश्नपत्र प्रदेशअनुसार फरक गर्ने हो कि भन्ने छ । तर, बोर्डले निर्णय गरेपछिमात्रै यस विषयमा केही भन्न मिल्छ ।’’
परीक्षा चैत्र १० बाट सुरु हुँदै
यस वर्षको एसईई परीक्षा चैत्रको १० गतेबाट सुरु हुने भएको छ । बोर्डले चैतको १० गते आइतबारबाट सुरु भई २१ गते बिहीबारसम्म जारी रहने जनाएको छ । परीक्षा विहान ८ देखि ११ बजेसम्म हुने तालिका सार्वजनिक गरिएको छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












