को बन्ला नेपाल आइडल सिजन–२, कसको सम्भावना कति ?
काठमाडौं । नेपाल आइडल सिजन–२ को ग्रान्ड फिनाले हुन केही घण्टा मात्रै बाँकी छ । फिनालेको समय जति छोटिँदैछ त्यति सिजन–२ को विजेता को हुनेछ भन्ने चर्चा पनि बढ्दैछ ।
३६ वटा श्रृंखला प्रशारण गर्दा नेपाल आइडलको सिजन–२ फिनालेमा पुग्यो । सिजन–१ मा तीन जनालाई फिनालेका लागि प्रतिस्पर्धा गराएको नेपाल आइडलले दोस्रो सिजनमा चार जनालाई फिनालेमा पुर्याएको छ ।
फिनालेमा पुग्नेमा पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अस्मिता अधिकारी तथा धनगढीका रवि ओड छन् ।
यी चार मध्ये कसले बाजी मार्ने हो, त्यो शुक्रबार साँझ ५ बजेसम्मका लागि खोलिएको भोटिङले निर्धारण गर्दैछ । त्यसैले अहिले नै यही विजेता बन्छन् भनेर भन्न सकिने अवस्था छैन ।
उत्कृष्ठ चार जना छनोट गरेपछि आयोजकले प्रतिस्पर्धीलाई भोटिङका लागि होम टाउन पठायो । होम टाउन पुगेका प्रतिस्पर्धीले छिमेकका ठूला सहरमा पनि भोटका लागि अपिल गर्न भ्याए । उनीहरुले घरलाई भन्दा पनि दर्शकलाई नै बढी समय दिएको अर्को श्रृंखलामा देखाइयो ।
विक्रम बराल
विक्रम पोखराका हुन् । अडिसन राउन्डमा उनले गोल्डेन माइक पाए । समग्र नेपाल आइडल सिजन–२ को यात्रामा उनले अब्बल प्रस्तुती दिए । निर्णायकले उनलाई गोल्डेन माइकको इज्जत रोखेको कम्प्लीमेन्ट दिए । यही बीचमा उनले चलचित्र ‘प्रसाद’को गीत गाउने अवसर पनि पाए । यसले पनि उनलाई सकारात्मक प्रभाव पर्यो ।
पोखरा त्यही भूमि हो जसले पहिलो नेपाल आइडल (बुद्ध लामा) दियो नेपाललाई । त्यहीँका प्रतिस्पर्धी हुन् विक्रम । विक्रमसँगै अडिसनमा गोल्डेन माइक पाउने निलिमा थापा मगर प्रतिस्पर्धाबाट बाहिरिइसकेकाले भेगीय भोट आएको खण्डमा विक्रमलाई पोखरा र आसपासको भोट एकलौटी आउनेछ ।
अर्को संयोग पनि छ । अघिल्लो हप्ता सम्पन्न सिङगिङ रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को विजेता सिडी विजय अधिकारी पोखराकै हुन् । यसको अर्थ पोखरा भोटिङमा अगाडि छ भन्ने हो । विक्रमलाई पोखरेलीको यो सुविधा छ ।
अब्बल प्रस्तुतीका बाबजुद पनि उनी पटकपटक डेन्जर जोनमा परे । त्यसो त उनी केही श्रृंखलामा सबैभन्दा धेरै भोट पनि पाएका थिए ।
सुमित पाठक
सुमितको गृह जिल्ला हो झापा । झापा पुग्दा उनका समर्थक तथा सुवेक्षछुकको भीड पनि ठूलै देखियो । नारायण गोपालका गीतदेखि सविन राइसम्मका गीतलाई उत्तिकै मजाले गाए । त्यती मात्रै होइन सुमितले गाएको लोक गीत ‘झम्के गुलेली।।।’ले पनि कम चर्चा पाएको थिएन । उनको सवल पक्ष भन्नु नै सबै प्रकारका गीतलाई न्याय गर्न सक्नु हो ।
आफैँ हार्मोनियममा बसेर गज्जवले क्लासिकल गीत गाउँदा उनले धेरैको मन जिते । सबै प्रकारका गीत सुन्ने स्रोता तथा दर्शकले उनलाई भोट गर्छन् कि भन्ने अपेक्षा छ । सुमित पनि विक्रम जस्तै गोल्डेन माइक विजेता हुन् ।
तर, भेगीय भोट आएको खण्डमा त्यसको मार उनले खेप्ने छन् । अस्मिता अधिकारी पनि झापा कै हुन् ।
अस्मिता अधिकारी
अस्मिता पनि सुमित जस्तै सबै प्रकारका गीत गाउन सक्ने प्रतिस्पर्धी हुन् । आधुनिकदेखि लोक र पप गीत गाएर दर्शक स्रोताको मन जितेर फिनालेसम्म पुगेकी हुन् । गीतको बीचबीचमा उनको प्रस्तुतीको निर्णायक नै फ्यान हुन् ।
उनी उत्कृष्ट चारमा एक मात्रै महिला प्रतिस्पर्धी हुन् । लैंगिक भोट आएको खण्डमा उनलाई फइदा हुनेछ छ । बीएसी नर्सिङकी विद्यार्थी उनलाई त्यतातर्फको भोटको पनि सम्भावना छ । भूगोलका आधारमा आउने भोट भने उनले एकलौटी पाउने छैनन् । सुमित पाठक र उनको गृह जिल्ला एउटै ९झापा० भएकाले भेगीय भोट भने बाँडिने सम्भावना छ ।
रवी ओड
रवी ओड सुदुरपश्चिमका एक मात्रै प्रतिस्पर्धी हुन् । धनगढी घर भएका उनी दलित समुदायलाई प्रतिनिधित्व गर्ने प्रतिस्पर्धी हुन् । उनको आर्थिक अवस्था कमजोर भएको नेपाल आइडलको ३६ औं श्रृंखलाले देखाएको थियो । त्योभन्दा पनि कसरी भोट गर्ने भन्ने थाहै नपाएका उनका बुबा र जन्म नदिए पनि कर्म दिने आमा रवीलाई जिताउन लागिपरेको दृश्यले धेरैको मन खिचेको थियो ।
गाला राउण्डमा रवि डेन्जर जोनबाट टाढै रहेका प्रतिस्पर्धी हुन् भने सबैभन्दा धेरैपटक सबैभन्दा धेरै भोट प्राप्त गर्ने प्रतिस्पर्धी पनि हुन् । उनले अहिलेसम्म पाएको भोट हेर्दा रवी अरुभन्दा बलियो दाबेदार देखिन्छन् ।
त्यसो त भेगीय भोट आएको खण्डमा सुदुरपश्चिमको एक्लो प्रतिस्पर्धी भएकाले त्यो सुविधा पनि उनले प्राप्त गरेका छन् । हुन त कलाको कुनै जात, धर्म, लिङ्ग र क्षेत्र हुँदैन ।
गतवर्ष कतारमा ग्राण्ड फिनाले आयोजना गरेको नेपाल आइडलले यो वर्ष नेपालमा फिनाले गर्दैछ ।
ललितपुर पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा शुक्रबार साँझ ६ बजेबाट फिनाले सुरु हुँदैछ । ५ सय, एक हजार, १५ सय र २ हजार दरका टिकट बिक्री गरेको नेपाल आइडलले ई–सेवामार्फत टिकट काट्ने व्यबस्था गरेको छ ।
‘नेपाल आइडल’ को निर्णायकका रुपमा न्हु बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी छन् । सिजन वानमा पनि उनीहरु नै निर्णायक थिए । होस्टमा गत सिजनमा सुशील नेपाल र रिमा विश्वकर्मा रहेकोमा अहिले सुशीलको ठाउँमा आशिफ शाह छन् ।
सिजन वनमा गाला राउण्डमा पुगिसकेपछि दर्शकको भोटका आधारमा प्रतिस्पर्धीको निर्णय गरिएको थियो । तर, यो सिजनमा भने परिमार्जन गरेर गाला राउण्डमा पनि निर्णायकमा ५० प्रतिशत अधिकार राखिएको छ ।
‘नेपाल आइडल’ सिजन–२ का विजेताले २२ लाख नगद, एउटा होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वर्ल्ड टुरको अवसर पाउने छन् ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











