पुनःनिर्माणमा स्थानीय तहसँग समन्वय भएन
ललितपुर । सम्पदा, विद्यालय, स्वास्थ्यचौकीलगायत संरचनाको पुनःनिर्माणमा अझैसम्म स्थानीय तहसँग समन्वय भएको छैन । विसं २०७२ को भूकम्पपछि पुनःनिर्माण शुरु हुँदा स्थानीय तह जनप्रतिनिधिविहीन थियो । अहिले निर्वाचित भएर आएको लामो समय बित्दासमेत समन्वय हुननसकेको समबद्ध जनप्रतिनिधि बताउँछन् ।
स्थानीय तहमा जनप्रतिनिधि आएको डेढ वर्ष बित्दासमेत राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र स्थानीय सरकार बीच सहकार्य हुन नसक्दा स्थानीय तहले सार्वजनिक सम्पत्तिको पुनःनिर्माणको जानकारी नपाएको हो ।
महालक्ष्मी नगरपालिकाभित्र धेरै विद्यालय तथा स्वास्थ्यचौकी पुनःनिर्माण अहिले भइरहेको छ । पुनःनिर्माणका क्रममा समस्या पर्दा मात्रै आफूले जानकारी पाउने गरेको नगरप्रमुख रामेश्वर श्रेष्ठ बताउनुहुन्छ । प्राधिकरणले जिल्लामा रहेका विभिन्न कार्यालयको समन्वयमा काम गरिरहेको छ तर स्थानीय सरकार नै त्यस ठाउँको जानकार र जिम्मेवार भएकाले उनीहरूसंग सहकार्य गरेर मात्रै काम गर्नुपर्नेमा उहाँको जोड छ । नगरप्रमुख श्रेष्ठ भन्नुहुन्छ, “विद्यालयका नाममा जग्गा नहुँदा वा अरु कुनै कुराले काम अघि नबढ्दा मात्रै स्थानीय तह खोज्ने प्रवृत्ति त्याग्नुपर्छ ।”
जनप्रतिनिधि त्यही ठाउँमा बसेर काम गर्ने हुँदा काममा भएका सकारात्मक र नकारात्मक दुवै कुरा थाहा हुन्छ । नगरपालिका क्षेत्रमा भइरहेका कतिपय संरचनामा पुनःनिर्माणको क्रममा समस्या देखिएको छ । उहाँ भन्नुहुन्छ, “करोडौँको भवन निर्माण हुँदा एउटा शौचालय पनि छैन यी र यस्ता आधारभूत कमी कमजोरी देख्दादेख्दै पनि हामीले हेरेर मात्र बस्नु परिरहेको छ ।”
कोञ्जेसोम गाउँपालिकाका अध्यक्ष गोपीलाल स्याङतान आफ्नो गाउँपालिकामा गैरसरकारी संस्थाले गरिरहेका काममा धेरै कमी कमजोरी हँदा पनि कारवाही गर्न नसकिएको बताउनुहुन्छ । पुनःनिर्माण अहिले स्थानीय तहका लागि सबैभन्दा ठूलो चुनौती भएको उहाँको भनाइ छ । एकातिर स्थानीयवासी मेरो ठाउँमा पुनःनिर्माण किन ढिला भइरहेको छ भन्दै प्रश्न सोध्न आउँछन् भने अर्कातिर पुनःनिर्माणका काम गर्नेहरु स्थानीय सरकारसँग समन्वय गर्दैनन् । अध्यक्ष साङ्तान भन्नुुहन्छ, “अहिलेसम्म समस्या समाधान गर्ने ठाउँ मात्रै स्थानीय तहलाई बनाइरहेकामा आगामी दिनमा त्यसो हुनुहुँदैन ।”
अहिलेसम्म स्थानीयस्तरमा भइरहेको पुनःनिर्माणमा समस्या आउँदा समाधानका लागि र सिफारिश वा निर्माण सम्पन्न भएपछि हस्तान्तरणका लागि मात्रै स्थानीय सरकारको खोजी हुने गरेको छ । साविक सङ्खु गाविसको स्वास्थ्यचौकी निर्माणका क्रममा विवाद हुँदा समाधानका लागि ठेकेदार र व्यवस्थापान समिति गाउँपालिका आएका थिए । गाउँपालिकाका अरु ठाउँमा भइरहेका विद्यालय, स्वास्थ्यचौकी वा अरु कुनै सामुदायिक भवन पुनःनिर्माणमा गाउँपालिकासँग समन्वय छैन । सार्वजनिक भवन वा निजी आवास निर्माणका क्रममा समस्या आउँदा स्थानीय तहले समाधानका लागि सिफारिश गर्छ । उहाँ गुनासो गर्नुहुन्छ, “कहिलेकाँही त हामीले गरेको सिफारिशसमेत कार्यान्वयन हुँदैन ।”
पुनःनिर्माणको काममा धेरै निकाय जिम्मेवार भएकाले पनि पुनःनिर्माणमा ढिलाइ भइरहेको वागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चन बताउनुुहन्छ । जनप्रतिनिधि निर्वाचित भएरस आएको यत्तिका समय हुँदा पनि स्थानीय तहलाई पुनःनिर्माणको जिम्मेवारी प्राधिकरणले नदिँदा ढिलाइ भइरहेको हो । स्थानीय तह एउटैलाई कामको जिम्मेवारी दिँदा निजी आवास र सार्वजनिक भवन दुवैको पुनःनिर्माण चाँडो हुनसक्छ ।
“सम्झौता गर्न वा किस्ता बुझ्नका लागि अहिले धेरै निकायमा धाउनुपर्छ”, उहाँ भन्नुहुन्छ, “स्थनीय तहको खातामा पैसा पठाउँदा स्थानीयवासीलाई सहज हुन्थ्यो ।”
जिल्लाभरमा निजी आवास निर्माणमा भने जिल्लामा ग्रामीण क्षेत्रमा भन्दा नगर क्षेत्रमा पुनःनिर्माण अझै सुस्त छ । गुनासोपछि थप भएकासमेत गर्दा जिल्लाभरमा जम्मा लाभग्राही सङ्ख्या २८ हजार ३८२ छ । पहिलो किस्ता लिने लाभग्राहीको सङ्ख्या २४ हजार ४११ छ । दोस्रो किस्ता लिनेको सङ्ख्या नौ हजार ३३४ र तेस्रो किस्ता लिने लाभग्राहीको सङ्ख्या छ हजार १३० छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












