कथा : बाजा बजाउने कुरा

नारायण नेपाल /एकताका, देउरालीमा एक तमाशको माहौल तयार भएको हुन्छ । जुनेली र रञ्जनको विहे फूलपाती साटासाट गरेर सम्पन्न गरिएको हुन्छ । अनि सोही खुसीमा चियापानसँगै नाचगानको अवसर मिलाइएको हुन्छ । बेहुलापट्टिको जन्तिनाइके पदम बेहुला–बेहुलीभन्दा पनि बेहुलीकी बहिनी चमेलीको रूप र यौबनको दर्शक हुनपुगेको छ । मौका छोपेर एउटा पाती टिपेर पदम चमेलीको चियो गर्न नजिकैको खुल्ला पाखोमा पुगेको हुन्छ । झ्याम्म परेको तिनापुस्ता खाएको बरको रुखपछाडिको पाखो भएको हुनाले अरु मान्छे यतिखेर ओझेलमै रहेको प्रतीत हुन्छ । वैंशालु केटो… सुन्दरी सोडषी ! मिथ्ठो एकान्त ! अवस्था नाजुक मोडतिर लाग्दैगएको हो कि ! स्थिति मिठासपूर्ण तनाबको बन्नपुग्छ जब केटो मन परेकी केटीको भावभंगी नजरपान गर्नपुग्छ ।
उमेरसँगै चमेलीको कम्मर छिन्दै जाँदैथियो । सायद सुडौल तन्केर होला । स्वस्थ तन सुन्दर मन भनेझैँ ! साँच्चिकै पुष्ट र चुस्त लाग्दै थिए उनका बक्ष्याङ्ग ! फूलबुट्टे गुलाबी चोली र त्यसलाई सपक्क बेरेर अल्झेको पहेंलो पारीको हरियो सारी पदमका नजरमा आइपुगेकै थिएनन् । ऊ त कतै हावासँगै फर्फराइरहेको चमेलीको कपालमा मनमगन भएर दशैंमा खेलिने पिङ्ग सम्झिरहेको थियो ।
‘छेउमा कुनै ठुटो भएपनि लुकेर हेर्थें । बुट्यान पनि नभएको कस्तो पाखो डाँडो ? ऊ चमेलीलाई सतप्रतिशत हेर्न चाहन्छ । सर्लक्क झरेका लामा कपाल, आधा गाजलमा सजिएका बदामी आँखा, तप्प रस चुहिन लागेको कथ्यौरीको चाकाजस्तो ओठ, रतीको जस्तो नार्यवाग समेटिएको घाँटी, सारा भूगोल बिर्साउने प्रकृतिपोषक छाती सबै नजरपायक अवयव । तर धेरैबेर कुर्ने अवस्थामा दुवै नहुनु अर्को विडम्बना ! बेहुलीकी बहिनी सबैका आँखाको फूल, अनि किलिप झिकेर कपाल बाँध्न खासै समय नलाग्ने तथ्य ! दुई आत्माको दुरी अचानक कम भएको अवश्था ।
नजिकिने प्रयाश अघि बढ्छ । हेर्दाहेर्दै कपाल बाँधिन्छ । पदम आउँदै गरेको चमेलीले सुइँको पाउन्न । कपालपछि उसको हात अब सारीको माथिल्लो फेर मिलाउनतर्फ अग्रसर हुन्छ । यतिखेर भने ‘ए क्याहो’ भन्दै केटी एक्लै बोल्दै यताउती हेर्नखोज्छे । पदम लगभग छेवैमा पुगिसकेको हुन्छ ।
‘ए आउनुभयो ? लु लु यो किलिप लाइदिनोस् त ! यो सारी लाउन साह्रै अप्ठ्यारो लाग्छ मलाई ! यी यसरी खुस्क्याखुस्कै गर्छ । सारीको माथ्लो फेरोलाई चोलीको पाएक पर्ने भाग खिपेर अल्झाउन सहयोग माग्दै चमेली नजिकै लहसिएको पदमलाई अनौठै लाग्छ १ हात कमाउँदै भएपनि उसले जुरेको काम फत्ते गर्छ र भनिटोपल्छ, ‘कोही साथी लिएर आएको भए हुने !’ केटाको कुरा बुझेकी चमेली चेब्रो बोली गर्दै केटाको जवाफ दिन्छे । मञ्जुर छ भने अर्कै बोलाउँछु नि त अब ! भैगो भैगो, यत्ति कुरामा किन मैदान बढार्नु । म भैहालें नि अब, छिट्टो बोलेर पनि शब्द निशाना लाउन नचुकेको बेला छ उसको ।
धेरै पर्खनु नपर्दै आवाज आउँछस् , खोई त्यो पाती दिनोस् त, मैले त्यै भाकल गरेर आएकी थिएँ । ल्याइदिनु भएछ, खुशी लाग्यो । पदम तीन छक्क पर्दै हात बढाउँछ पाती दिन । चमेली त्यो पाती लिन्छे र पदमकै शिरमा लाइदिंदै भन्छे, ‘मनका इच्छा च्छा देउतीमाताले पुर्याइदिऊन् ! साह्रै स्मार्ट मान्छे, हजुर त ! पदम खोई के सोच्नपुग्छ । एकै छिन निन्याउरो अनुहार पार्छ र तुरन्तै मुस्कुराउँन पुग्छ । यो कस्तो संयोग, सायद भगवान छन् । केही दिनमै उनीहरूको बाजा बजाउने कुरो छिनिएछ । ‘जन्त जानुको मजा नै बेग्लै हुने’ पदमको एउटा साथी दोर्जेले यसो भन्नुको पनि कुनै घतिलो कारण हुनसक्छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












