अर्काे पटक दुई तिहाइ जनताले हामीलाई मत दिन्छन् : ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिले के भएको थाहा छैन । अहिले उनी वर्वराउन थालेका छन् । दिनहुँ नयाँ–नयाँ उत्तेजक सपना देख्छन् । उनको बोलीको ठगान हुन्न । के बोल्छने के ! चाहिले पनि बोल्छन् । नचाहिने पनि बोल्छन् । यसो भनौं, जे मन लाग्छ त्यही बोल्छन् । बोलेका सबै पूरा गराउनु त उनका लागि फलामको च्युरा चपाउनु सरह हो । प्रधानमन्त्री ओली नेतृत्त्वले जनताले अनुभूति गर्ने गरी काम नै गरेको छैन भन्ने जनगुनासा नआएका होइनन् । धेरै आएका छन् । हिंसात्मक कार्यमा संलग्नलाई पक्राउ गरेर कारबाही गर्नुको सट्टा संरक्षण गरेर राखेको आरोप पनि लागेको छ । सरकार अलोकप्रिय बनेको छ । आलोचना व्यापक भइरहेको छ । दोहोरो सरकारी सुविधा लिने मन्त्रीहरू आलोचनाका पात्रहरू भएका छन् ।
सरकार बनेको यतिका समय भइसक्दा पनि जनपक्षीय काम नहुनु भनेको के हो ? सरकार सत्ताको ललीपप चाट्न मै व्यस्त छ । प्रधानमन्त्री ओलीले अब आउने चुनावमा आप्नो पार्टी नेकपाले फेरि दुई तिहाई मत ल्याउने दाबी गरे । उनले के देखेर, दाबी गरेर थाहा छैन । हु न त उनी पानीजहाजका, रेलका कुरा गर्ने मान्छे हुन । सपना देख्ने मान्छे हुन । प्रकारान्तरले यो पूरा पनि होला तर तत्कालिन अवस्थामा पानीजहाज र रेलका कुराभन्दा नि गरिब जनताका लागि बिहान–बेलुकाको गर्जो टार्नु हो ।
प्रधानमन्त्री ओलीले ‘‘अर्को पटक दुई तिहाइ जनताले हामीलाई मत दिन्छन्’’ भन्ने कुरा नेपाल इन्जिनियरस एशोसिएसनको अधिवेशनबाट विजयी भएकाहरूलाई बालुवाटारमा बधाईं दिंदै यस्तो कुरा बताएका हुन् ।
इन्जिनियरहरुको न्यूनतम पारिश्रमिक तोकिने
“देश निर्माणका हरेक क्षेत्रमा महत्वपूर्ण भूमिका भएका इन्जिनियरहरुको न्यूनतम पारिश्रमिक तोक्न सरकार सकारात्मक छ” प्रधानमन्त्री ओलीले भने,“कोही बेरोजगार छ भन्दैमा उसलाई न्यून वेतनमा काम लगाउन पाइदैन । यो अवस्थाको अन्त्य गर्छौं ।”
प्रधानमन्त्री ओलीले प्रगतिशिल इन्जिनियरस् एशोसिएसनले अध्यक्ष सहित बहुमत स्थानमा विजयी हासिल गरेकोमा बधाइ दिंदै यो विजयलाई देश निर्माणको डिजाइनमा उपयोग गर्नुपर्ने बताए ।
अर्को पटक दुई तिहाइ
प्रधानमन्त्री ओलीले सरकारले ठिक ढंगले काम गरिरहेको बताएका छन् । “हामी समयलाई गाल्ने पक्षमा छैनौ ” प्रधानमन्त्री ओलीले भने,“पाँचबर्षमा यसरी काम गर्छौं कि अर्को पटक दुई तिहाइ जनताले हामीलाई मत दिनेछन् ।”
यो पनि पढ्नुहोस्
http://news-nepal.com/archives/100861
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












