स्थायी समितिको बैठकमै माधव नेपालले गरे क्रिश्चियनको कार्यक्रममा सहभागी भएको आलोचनाको खण्डन, ओलीको यस्तो प्रशंसा
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठकमा वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव नेपालले क्रिश्चियनको कार्यक्रममा सहभागी भएको आलोचनाको खण्डन गरेका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा वैठकमा नेता नेपालले कार्यक्रममा सहभागीता जनाएको बारेमा स्पष्ट पारेका हुन् ।
नेकपाका स्थायी समिति सदस्यहरूले धर्म प्रचार गर्ने संस्थाको कार्यक्रममा प्रधानमन्त्रीको उपस्थिति र माधवकुमार नेपालको अध्यक्षतामाथि प्रश्न गरेका थिए।
उनले कार्यक्रमलाई लिएर गलत र नियोजित प्रचार गरिएको टिप्पणी गरे। ‘यो कार्यक्रम धर्म प्रचारका लागि होइन’, नेता नेपालले बैठकमा भने, ‘तर आममानिसलाई त्यसरी बुझाउने काम भयो। धार्मिक उद्देश्य भएको भए हामी जाँदैनौं।’ ‘पार्टी र मुलुकको धर्म निरपेक्षताको अडानम प्रतिवद्ध छ। हाम्रो सबै धर्म र संस्कृतिप्रति सम्मान छ। हाम्रा ऐतिहासिक रितिरिवाजमा सम्मान छ’, नेता नेपालले स्पष्ट पार्दै भने, ‘धर्मको नाममा विद्वेष फैलाउन कतिपयले नियोजित प्रचार गरे।’
उनले आफ्नो नियतमा प्रश्न गरिएको प्रति असन्तुष्टिसमेत व्यक्त गरे। ‘यसका कतिपय कार्यक्रमको बढी आलोचना भयो’, नेता नेपालले समिटका दौरान होली वाइन वितरण गरिएको घटनालाई इङ्गित गर्दै भने, ‘त्यसप्रति हाम्रो ध्यान गएको छ।’
उनले सम्मेलनमा कतिपय मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुख सहभागी हुने भएकै कारण प्रधानमन्त्रीले निम्तो पठाइएको बताए। ‘अरू देशका राष्ट्र र सरकार प्रमुख सहभागी हुने भएपछि कार्यक्रममा प्रधानमन्त्रीले जानुपर्ने भयो’, नेता नेपालले भने, ‘निम्तो पनि गर्नु पर्ने अवस्था बन्यो।’
उनले सम्मेलनका कारण द्वीपक्षीय भेटवार्ता भएको भन्दै त्यसले सम्बन्ध सुमधुर तुल्याउन सहयोग गरेको दाबी गरे। ‘त्यसले केही बिग्रिएको छैन’, नेपालले भने, ‘द्विपक्षीय कुराकानी भए फाइदा नै भयो।’
स्थायी समिति सदस्यको धारणा सुनिसकेपछि प्रधानमन्त्री ओलीले सरकारको सहभागिताबारे जवाफ दिएका थिए। नेता नेपालले जस्तै प्रधानमन्त्री ओलीले कम्बोडियाका प्रधानमन्त्री र म्यानमारकी स्टेट काउन्सिलर सहभागि हुने भएका कारण सरकारले निम्तो दिएको बताएका थिए।
‘सरकार प्रमुखहरू आउनुभयो यसले मुलुकको छवि राम्रो बनाएको छ’, ओलीले समिटको प्रतिरक्षा गर्दै भने, ‘हामी संविधानमा रहेको धर्मनिरपेक्षताका विषयमा प्रतिवद्ध छौं।’
उनले सम्मेलनको आयोजना कुनै धर्मविरुद्ध नभएको दाबी गरे।‘चलिआएको धर्मको संरक्षण राज्यको दायित्व हो। हामीले गर्दै पनि आएका छौं’, ओलीले भने, ‘तर सम्मेलन गर्नुको अर्थ हिन्दुका विरुद्ध इसाई र इसाईका विरुद्ध हिन्दु हुन सक्दैन।’
उनले सम्मेलनको आयोजनाले नेपाल धार्मिक सहिष्णुता भएको मुलुकका रूपमा अन्तराष्ट्रिय मञ्चमा स्थापित भएको तर्क गरे।
राजनीतिक प्रतिवेदनमाथिको छलफल सकियो
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ को स्थायी समितिको जारी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएको छ ।
बैठकमा नेता प्रदीप ज्ञवालीले प्रतिवेदनका विषयमा आफ्ना भनाइ राखेपछि अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार प्रतिवेदनमाथि उठेका प्रश्नको विषयमा आज अपरान्ह ४ः३० बजे बस्ने बैठकमा अध्यक्षद्वयले जवाफ दिने कार्यक्रम छ । “प्रदीप ज्ञवालीले राजनीतिक प्रतिवेदनका विषयमा आफ्ना विचार राख्नुभयो, बिहानै अध्यक्षद्वयले छलफलमाथिको प्रतिउत्तर राख्ने सम्भावना थियो, समय अनुकुल भएन त्यसैले आजै ४ बजेपछि पुन बस्ने बैठकमा उहाँहरूले विचार राख्नुहुन्छ” प्रवक्ता श्रेष्ठले भने ।
नेकपाका केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार विशेष समय लिएर वरिष्ठ नेता माधवकुमार नेपालले एशिया प्यासफिक सम्मेलनका विषयमा आफ्ना भनाइ राखेका थिए ।
प्यासफिक सम्मेलनमा सहभागी भएको भनेर केही नेताले बैठकमा आलोचना गरेका थिए । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत प्रतिवेदन बाहेकका विषयमा केही भनाइ राख्नुभएको श्रेष्ठले जानकारी दिए ।
गएको मङ्सिर २९ गतेदेखि अध्यक्षद्वयको संयुक्त राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको छ । जारी बैठकमा बोल्ने क्रममा कतिपय स्थायी कमिटीका सदस्यले पार्टी एकीकरणले पूर्णता पाउन नसकेको, सरकराले जनअपेक्षा अनुसार काम गर्न नसकेको लगायतका विषयमा आलोचना गरेका थिए । उठेका सवालमा अध्यक्षद्वयको जवाफ आएपछि राजनीतिक प्रतिवेदन पारित हुने या परिमार्जन गर्ने भन्ने विषय निक्र्यौल हुनेछ ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











