भारतले निर्देशिका परिमार्जन गरेपछि नेपालको विद्युत् भारत निर्यात गर्ने बाटो खुल्यो,कसरी सम्भव भयो यो कार्य ?
काठमाडौँ । भारतले क्रस बोर्डर विद्युत व्यापार ‘आयात–निर्यात’ निर्देशिका परिमार्जन गरेको छ । निर्देशिका परिमार्जन भएसँगै अब नेपालबाट उत्पादित विजुली भारत निर्यात गर्न बाटो खुलेको छ ।
२०१६ डिसेम्बर ५ मा भारतले निर्देशिका जारी गरेको थियो । निर्देशिकामा आफ्ना लगानीमा बनेका आयोजनाका मात्रै बिजुली मात्रै किन्ने व्यवस्था गरिएको थियो । त्यसपछि नेपालले द्विपक्षीय बैठकहरुमा र औपचारिक रूपमा र अनौपचारीक तहमा यो निर्देशिका परिवर्तनका लागि आवाज उठाउँदै आएको थियो । नेपालका प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणको बेला यो विषयमा चासो देखाएका थिए । भारतले ३ पौषमा निर्देशिका परिमार्जन गरेको हो ।
निर्देशिकामा नेपालको कुनै निकायमार्फत विद्युत व्यापार गर्ने वा उत्पादन गृहबाट सिमापार विद्युत व्यापार गर्नको लागि सो निकाय वा विद्युत गृहमा भारतीय लगानी ५० प्रतिशत भन्दा बढी हुने पहिलेको व्यवस्था हटाइएको छ । विद्युतलाई भारतले रणनीतिक वस्तुको रुपमा परिभाषित गरेकोमा सो परिभाषा हटाइएको छ ।
त्रिपक्षीय सम्झौताअनुसार हुने विद्युत व्यापारको लगि एक देशले अर्को देशमा विद्युत व्यापारको लागि एक देशले अर्को देशमा विद्युत व्यापार गर्दा भारतीय भूमिको माध्यम उपयोग गर्ने र विकल्पहरुको व्यवस्था गरिएको छ । जस अन्तरगत भारत सरकारको स्वीकृतिमा भारतीय प्रशारण संरचना प्रयोग गर्न सकिने व्यवस्था छ भने भारतको स्वीकृतीमा भारतको भूमिमार्फत दुई देशक बीच सिधै प्रशारण लाइन पनि बनाउन सकिने छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












