पुस २६ देखि पर्यटन मेला
गलेश्वर । प्रशस्त धार्मिक र पर्यटकीय सम्भावना रहेर पनि वर्षौंदेखि ओझेलमा परेको स्वर्गाश्रम र बेलढुङ्को प्रचारप्रसार गरी आन्तरिक पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले म्याग्दीको बेनी नगरपालिका–३ मा अवस्थित मुसुङमा पदयात्रा र मेला आयोजना गरीने भएको छ ।
स्थानीय विभिन्न सङ्घसंस्थाको सहकार्यमा स्थानीय स्वर्गाश्रम युवा क्लबले आयोजना गर्ने सो मेला पुस २६ देखि माघ ३ गतेसम्म सञ्चालन हुनेछ । माघे सङ्क्रान्ति पर्वको अवसर पारेर आयोजना गर्न लागिएको ‘माघे सङ्क्रान्ति सांस्कृतिक तथा पर्यटन मेला २०७५’ मा धार्मिक तथा पर्यटकीय क्षेत्र स्वर्गाश्रम, बेलढुङ्गालगायत भकिम्लीमा रहेका सम्भावनायुक्त ठाउँमा पर्यटन प्रवद्र्धनका विषयमा छलफलसमेत हुने आयोजक समितिका प्रचारप्रसार संयोजक कमल पुनले जानकारी दिनुभयो ।
“स्थानीय कला संस्कृतिको सम्वद्र्धन, माघे सङ्क्रान्ति मेला पर्यटन प्रवद्र्धन’ भन्ने मूल नाराको साथ हुन लागेको उक्त कार्यक्रममा चर्चित कलाकारको साङ्गीतिक प्रस्तुति पनि रहने जनाइएको छ । पुस २९ गते म्याग्दी भ्रमण वर्षलाई लक्षित गरी पर्यटन पदयात्रासमेत गरिने कलबका अध्यक्ष भीम पुनले बताउनुभयो ।
चार वर्षीय बालकलाई अपाङ्गताको परिचयपत्र
म्याग्दीको मंगला गाउँपालिका–१ कुँहु पूर्णगाउँका एक चार वर्षीय बालकले गाउँमा नै अपाङ््गताको परिचयपत्र प्राप्त गरेका छन् । जन्मजात दुवै खुट्टामा समस्या देखिएपछि आमाबुबाको सहारामा घरको भित्रबाहिर गर्ने गरेका वीरबहादुर अर्मजा चार वर्षको उमेरमा घरदैलोमा नै परिचयपत्र प्राप्त गर्ने पहिलो बालक हुन् ।
मङ्गला गाउँपालिकाले पहिलोपटक शुरु गरेको अपाङ्गता परिचयपत्र वितरण कार्यक्रममा अर्मजालाई परिचयपत्र दिँदै गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले परिचयपत्र वितरण कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।
Comments
अरु समाचार
-
निरन्तर हिमपात : अन्नपूर्ण आधार शिविरबाट ७२ जना पर्यटकको उद्धार
म्याग्दी । हिमपातका कारण समस्यामा परेका १७ जना विदेशी सहित ७२ जना पर्यटकहरुलाई सुरक्षाकर्मीहरुको टोलीले म्याग्दीको अन्नपूर्ण आधार शिविरबाट उद्धार...
-
नुम्बुर हिमालको चुचुराेमा पहिलाे पटक मानव पाइला !
काठमाडाैं । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका –१ मा अवस्थित नुम्बुर हिमालको पहिलो पटक सफल आरोहण भएको छ । प्रसिद्ध धार्मिकस्थल दुधकुण्ड...
-
रामेछाप-काठमाडौँ सातामा तीन दिन उडान हुने
काठमाडाैं । बुधबारदेखि रामेछाप–काठमाडौँ रुटमा हवाई उडान हुने भएको छ । स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाजलगायतको पहलमा आजदेखि...
-
टिकटको मिति हेरफेर गर्दा शुल्क लाग्दैनः हिमालय एयरलाइन्स
काठमाडौं । हिमालय एयरलाइन्सले प्रतिकूल मौसमका कारण प्रभावित यात्रुहरूको टिकटको मिति हेरफेर गर्दा शुल्क नलिने भएको छ । एयरलाइसन्ले सोमबार...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिए, २२ प्रतिशतले आगमनमा वृद्धि
काठमाडौं । सन् २०२५ को अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको...
-
बाैद्वमा २५ र २६ गते गाई-राेपाई जात्रा भव्य रूपमा मनाइने, विभिन्न विधाका प्रतियाेगिलाई पुरस्कार समेतकाे व्यवस्था
काठमाडौं । श्री बाैद्वनाथ स्तुपा परिसर बाैद्व क्षेत्रमा यही साउन २५ र २६ गते श्री बाैद्व तामाङ गुठीकाे आयाेजनामा गाईजात्रा...
-
नेपालमा बाघको संख्या ३५५ पुग्यो
काठमाडाैं । पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१०...
-
वनमन्त्री शाहीले गरे नागार्जुन रिसोर्टको औपचारिक उद्घाटन
काठमाडौं । ओसो तपोवन नजिकै फोर स्टार लक्जरी नागार्जुन रिसोर्ट मंगलबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । तारकेश्वर नगरपालिकाभित्र ठूलो...












