प्रधानाध्यापक सरुवाको विषयलाई लिएर वीरगञ्जको घण्टाघर तनावग्रस्त
वीरगञ्ज । आर्थिक नगरी वीरगञ्जको माईस्थानस्थित विधापीठ माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद मेहताको सरुवा गरेपछि विद्यार्थीले वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीविरुद्ध आज बिहानैदेखि घण्टाघरमा नारा जुलुस गर्न थालेपछि घण्टाघर तनावग्रस्त भएको छ ।
महानगरपालिकाले शुद्धीकरण अभियानअन्तर्गत प्रअ मेहताको सरुवा सुखचैना माविमा गरेपछि विद्यार्थीले आइतबारदेखि नै प्रमुख सरावगीविरुद्ध नाराबाजी गर्दै आएका छन् ।
प्रअ मेहताले शैक्षिक अवस्था तहसनहस पारेको, शिक्षालाई अङ्ग्रेजी माध्यम बनाएर अभिभावकसँग चर्को शुल्क असुल्दै आएको, विद्यालयलाई राजनीतिक अखडा बनाएको तथा माफियातन्त्र लाद्न खोजेकाले शुद्धीकरण अभियानअन्तर्गत प्रअ मेहताको सरुवा गरिएको महानगरपालिका प्रमुख सरावगीले राससलाई बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीलाई उच्चालेर राजनीतिक गर्न खोज्ने प्रअ मेहतालाई कानूनी कारवाही हुनुपर्छ ।”
महानगरपालिकाले लामो समयसम्म एउटै विद्यालयमा बसेर शैक्षिक अवस्था बिगारेको र विद्यालयलाई कमाइ खाने माध्यम बनाएकाले प्रअ मेहताको सरुवालाई अभिभावकले स्वागतयोग्य मानेको बताएको छ । तर विद्यार्थीले आज बिहानैदेखि नारा जुलुस गर्न थालेपछि घण्टाघर क्षेत्रमा सवारी आगमन ठप्प पारेका छन । सुरक्षाकर्मीको बाक्लो उपस्थिति भएकाले कुनै अप्रिय घटना भने घटेको छैन । विद्यार्थीहरू आन्दोनमा उत्रिएपछि उनीहरूको पठनपाठनमा प्रतिकूल असर परेको छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












