‘सालको पातको टपरी हुनि’ निर्माण पक्षले सेलीब्रेशन मनाउँदै,गीत कसरी बन्यो चर्चित ?
काठमाडौँ । लोकदोहोरीलाई हामीले गर्ने मूल्याङ्कन अलि भिन्न छ । गाउँ समाजमा, वस्तीमा लोकदोहोरी भनेपछि हुरुक्क हुन्छन् । तर, शहरलाई यो त्यति मन पर्दैन । शहरलाई हिन्दी र अंग्रेजी गीत प्यारो लाग्छ । हामीले देख्दै आएका छौं । नेपालमा लोकगीत, दोहोरीले बजार लिएको धेरै समय भएको छैन । क्यास्केट प्लेयर, सिआरविटी, पिआरविटी हुँदै अहिले युट्युवसम्म लोकदोहोरी आइसक्यो । प्रविधिले मारेको फड्कोसँगै लोकदोहोरीको क्षेत्रले पनि नयाँ बाटो खोज्यो ।
चलचित्रमा लागेका, टिभी सिरियलमा अभिनय गर्ने पात्रहरू तथा नायक नायिकाहरूले लोक गीतलाई, दोहोरीलाई राम्रो नजरले हेर्दैनन् । हेपाहा दृष्टि रहेको पाइन्छ । नेपालमा अहिलेसम्म कुनै चलचित्रले पनि सबैभन्दा बढी श्रोता दर्शक पाउन सकेको इतिहास छैन । तर, एउटा लोक दोहोरीले भने यतिबेला सबैलाई चकित पारेको छ । १५ मिलियन भन्दाबढि भ्युअर पाएर इतिहास रचेको छ । मौलिक विषयवस्तुमा आधारित गीतले सबैको मन जितेको छ । त्यो गीत हो–सालको पातको टपरी हुनि । गीतको सानो अंश
हे बरै साल को पात को टपरी नहुने सल्लै को
तिम्रो माया कति छ कति हे बरै नलाऊ पछि हल्लै को
आउँदा जादा देउरालीमा फूल चडाउथें मैले
तिम्लाई सम्झी चडाको फूल ओइलिदैन कैले…
चर्चित गायक कुलेन्द्र विश्वकर्मा र गायिका बिष्णु माझिको सुमधुर आवजमा रहेको यस गीतको शब्द नवराज पन्त लेखेका हुन् । यस गीतको संगीत वसन्त थापाले गरेका हुन् । मेला/महोत्सव तथा रोधिघर हरेक ठाउँ यो गीत आकर्षक बन्न पुगेको छ। एपि वान टेलिभिजनबाट प्रासारित हुने चर्चित रियालिटी शो नेपाल आइडलको ग्र्याण्ड फिनालेमा वुगिवुगिका कन्टेस्टेन्टले यो गीतमा दिएको प्रस्तुतिले दर्शकलाई पूर्ण रूपमा मनोरञ्जन दिएको थियो । यो गीतको चर्चा, परिचर्चा, प्रशंसा सर्वत्र रहेको छ । सामाजिक सञ्जालमा पाएको यसको सफलताले यस गीतका गायत तथा निर्माताले सबैलाई धन्यवाद दिएका छन् ।
अभ्यास डिजिटलले बजार ब्यवस्थापन गरेको यो गीतको भिडियो निर्देशन शिव विकले गरेका हुन् । ज्ञानेन्द्र शर्माको छायांकन रहेको गीतमा निशान घिमिरेले सम्पादन गरेका हुन् । यस गीतको भिडियो अभिनयमा सोही गीतका गायक संगीतकार द्वय कुलेन्द्र विश्वकर्मा र वसन्त थापा देखिएका छन् । गायक द्वयलाई नायिका मरिश्का पोखरेलले साथ दिएकी छिन् ।
सालको पात टपरी गीत सर्वाधिक हिट भएपछि यसका गीतका गायक मध्येका एक कुलेन्द्र विश्वकर्मा खुसी देखिएका छन् । यस गीतका कारण आफू थप चर्चामा आएको विश्वकर्माले बताए । उनले भने, ‘मैले यसभन्दा अगाडि धेरै गीत गाएको थिएँ । कति सफल भए कति असफल भए । मलाई लाग्छ नेपाली लोकदोहोरीलाई मैले धेरै उत्कृष्ट गीत दिएको छु उनले भने, सालको पात टपरी हुनी गीतले नेपाली लोक संगीतमा मौलिकपनमाथि एउटा इँटा थपेको छ ।
गायक विश्वकर्माले यस गीतलाई लिएर दर्शक श्रोताबाट प्रतिक्रिया आइरहेको बताए । न्युज–नेपालसँग कुरा गर्दे उनले भने, विभिन्न माध्यमबाट प्रतिक्रिया आएको छ । यसले गर्दा मेरो मूल्याङ्कन पनि भएको मैले ठानेको छु । मलाई अझै लोकदाहोरीमा लाग्नका लागि थप ऊर्जा मिलेको छ । दर्शक श्रोताका मायाले गर्दा हामीले पुस ११ गते बुधबार दर्शक श्रोतासँग खुसी साट्न लागेका छौं ।
१५ मिलियन सेलीब्रेशन
लोकदोहोरीकै इतिहासमा पहिलोपटक १५ मिलियन भ्यु पाएको र वसन्त थापाको युट्युब च्यानल भेरिफाइड भएको उपलक्ष्यमा गीतको निर्माण पक्षले २०७५ पौष ११ गते अनामनगरस्थित युनियन हाउस विशेष कार्यक्रमको आयोजना गरेको छ। बाँकी हेर्नुहोस् सूचना
भिडियो हेर्नुहोस्
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












