‘सालको पात टपरी हुनी’ लोकदोहोरी गीत निमार्ण पक्षले मनायो ‘सेलिब्रेसन’
काठमाडौँ । लोकप्रिय गायक कुलेन्द्र विश्वकर्माको ‘सालको पात टपरी हुनी’ लोकदोहोरी गीत करोड क्लवमा प्रवेश गरेको अवसरमा निर्माण पक्षले सेलीब्रेसन मनाएको छ । बुधबार राजधानीमा एक भव्य कार्याक्रमको आयोजना गरेर सेलिब्रेसन मनाएको हो । उक्त सेलीब्रेसनको उद्घाटन केक काटेर गरिएको थियो । सधैं, युगसम्म बाँचिरहने, कणप्रिय, मर्मस्पर्शी शब्दको रचना गर्ने गीतकार नवराज पन्तले ‘सालको पात टपरी हुनी’ गीतको पनि शब्द लेखेका हुन् ।
गायक कुलेन्द्र विश्वकर्माले सबैको साथ भएको हुनाले नै गीत यतिधेरै चर्चा र लोकप्रिय भएको बताए । गायक विश्वकर्माले न्युज–नेपालसँग कुरा गर्दे आफूलाई लोकदोहोरीमा लाग्न ऊर्जा मिलेको बताए । उनले भने, ‘मलाई अझै लोकदाहोरीमा लाग्नका लागि थप ऊर्जा मिलेको छ । दर्शक श्रोताका माया धेरै मिलेको छ ।’
त्यसैगरी गीतलाई संगीतबद्ध गरेका गायक तथा संगीतकार वसन्त थापाले लोक दाहोरीलाई हिजो र आज हेर्ने दृष्टिकोण फरक रहेको बताएका छन् । उनले ‘सालको पात टपरी हुनी’ गीत चर्चित हुनु एउटा संयोग रहेको बताए । उनले भने, ‘लोकदाहोरीलाई हिजो र आज हेर्ने दृष्टिकोण फरक रहेको छ । हामीले गीतको सेलीब्रेसन मनाउनु एउटा संयोग हो । हाम्रै वरिपरी रहेका शब्दलाई केलाएर यो गीत बनायौं ।’
संगीतकार तथा गायक थापाले अग्रजको सम्झना गरे । ‘अग्रजले बाटो नदेखाइदिएको भए आज लोकदोहोरीले यो स्थान हाँसिल गर्थेन ‘ उनले भने, अग्रजले बाटो नदेखाइदिएको भए आज लोकगीत संगीतको उन्नति यतिसम्म हुन्थेन ।’
उनले फिल्मका गीतले बजार खाइरहेको बेलामा लोकदाहोरी गाय तथा सर्जकहरू टुलुटुलु हेरेर बस्नु परेको बताए । ‘अहिले त्यो अवस्था छैन’ थापाले भने, ‘सालको पात टपरी हुनी गीतले हाम्रो उचाई बढाइदिएको छ ।’
हाँस्य कलाकार केदार घिमिरेले ‘सालतको पात टपरी हुनी’ गीत सुनिरहन मन लाग्ने बताए । नेपाली भाषालाई गोताखोर लगाएर खोज्नुपर्ने बेलामा झर्रो नेपाली शब्द संयोजन गरेर गीत निर्माण गर्नुले नेपाली भाषालाई समेत बचाएको कलाकार घिििमरेको भनाई छ । उनले लोृकगीत संगीत सुनिरहन सबैलाई आग्रह गरे । लोकदोहोरीलाई चलचत्रिको गीतका रूपमा पनि समावेश गर्न सबैलाई आग्रह गरे ।
अभ्यास डिजिटलले बजार ब्यवस्थापन गरेको यो गीतको भिडियो निर्देशन शिव विकले गरेका हुन् । ज्ञानेन्द्र शर्माको छायांकन रहेको गीतमा निशान घिमिरेले सम्पादन रहेको छ । यस गीतको भिडियो अभिनयमा सोही गीतका गायक संगीतकारद्वय कुलेन्द्र विश्वकर्मा र वसन्त थापा देखिएका छन् । गायक द्वयलाई नायिका मरिश्का पोखरेलले साथ दिएकी छिन् ।
कार्यक्रमा नयाँ तथा पुराना लोक तथा दोहोरी गायक, स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको थियो । नारायण रायमाझी, विमाकुमारी दुरा, खड्ग गर्वुजा, सर्मिला गुरुङ, लक्ष्मी न्यौपाने, बाबुराम बोहोरा, रामजी खाँड, शंकर विसी, एक नारायण भण्डारी, विमलराज क्षेत्री, शोभा त्रिपाठी, पुस्कल शर्मा, कस्तुप पन्त, राधिका हमाल लगायतका कलाकारहरू सहित युवा साहित्यकार मिनराज वसन्तको उपस्थिति रहेको थियो ।
कार्यक्रममा ‘सालको पात टपरी हुनी’ गीत उपस्थिति सबैसामु देखाइएको थियो । गीत बजेपछि गायक कुलेन्द्र विश्वकर्मा र नायिका मरिश्का पोखरेलले नृत्य समेत गरेका थिए । गीतको निर्माण पक्षले गीत निर्माण गर्न सहयोग पु¥याउनेहरूलाई सम्मान गरेको थियो । कीर्तीपुरस्थित भत्यापाटीमा रहेको ‘माया घर’ लाई गीतबाट प्राप्त भएको रकमको केही अंश हस्तान्तरण समेत गरेको थियो ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












