बमजनलाई कारबाही नगर्न प्रचण्डसँग हारगुहार, मिडियालाई यस्तो आरोप
काठमाडौँ । तपस्वीको भेषमा बसेका रामबहादुर बमजनले बलात्कार गरेको र मानिस बेपत्ता पारेको समाचार आएपछि उनीमाथि कारबाही नगर्न उनको संगठनले राजनीतिक नेतृत्वलाई हारगुहार गरेको छ।
बमजनको बोधी श्रवण धर्म संघले पुस १३ गते नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटी ज्ञापन पत्र बुझाएको छ। दाहाललाई भेट्नुअघि संघका मानिसहरूले गृहमन्त्री रामबहादुर थापालाई पनि भेटेका ज्ञापन पत्र दिएका थिए।
दाहाललाई बुझाइएको ज्ञापन पत्रमा बमजनबारे समाचार सामग्री प्रकाशन/ प्रसारण गर्ने सञ्चारमाध्यमलाई धार्मिक सहिष्णुतामा खलल पुर्याउन लागेको आरोप लगाइएको छ।
बिल्कुलै योजनावद्ध ढंगले धार्मिक सहिष्णुतालाई खलल गराउने कुत्सित मनसाय राखी देश र जनतालाई नै बर्बादीको दिशातर्फ घचेट्ने धृष्टतासहित सेतोपाटी अनलाइन न्युज, कान्तिपुर दैनिकको विशेष अगुवाइमा पछिल्लो समय केही अन्य सञ्चार माध्यम पनि तानिएर महासम्वोधी धर्म संघ गुरूज्यूलाई मानिस बेपत्ता पारेको संगीन आरोप लगाई योजनावद्ध ढंगले गतिविधि विकसित भइरहेका छन्,’ दाहाललाई बुझाइएको पत्रमा भनिएको छ, ‘अध्यक्षज्यूमार्फत् नेपाली दिदीबहिनी, दाजुभाइ र विश्व समुदायसँग यो अन्यायपूर्ण कायर गतिविधिको विरोध गर्दै साम्प्रदायक दंगा फसाद भड्काउनेतर्फ उन्मुख गतिविधिलाई रोक्नतर्फ कदम चाल्न नेपाल सरकारको ध्यानाकृष्ट गराइदिनुहुन यो मैत्रीय ज्ञापन पत्र प्रस्तुत गर्दछौं।’
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











