चन्द्रागिरि केवलकारले १५ लाख कित्ता प्राथमिक शेयर जारी गर्दै
काठमाडौं। चन्दागिरि केवलकार सञ्चालन गरिरहेको चन्द्रागिरि हिल्लले १५ लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्ने भएको छ।
कम्पनीले प्राथमिक शेयर निष्काशनको प्रस्ताब सहित पुस ३० गते ९औं वार्षिक सधारणसभा डाकेको छ। कम्पनीले वार्षिक साधारणसभामा प्रवन्धपत्र र नियमावलि संसोधन गरि जारी पूँजी एक अर्ब ५० करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताब गरेको छ।
कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात १५ करोड रुपैयाँ बराबर अर्थात १५ लाख कित्ता प्राथमिक शेयर सर्वसाधारणको लागि सार्वजनिक बिक्री गर्ने विशेष प्रस्ताव अगाडि सारेको हो।
कम्पनीले यसअघि नै सार्वजिक शेयर निष्काशन गर्ने योजना बनाएको भए पनि धितोपत्र तथा सार्वजनिक शेयर निष्काशन सम्बन्धि नियम अनुसार कम्तिमा पनि दुई आर्थिक बर्षको लेखापरिक्षण गर्नु पर्ने नियमले गर्दा पछाडि धकेलिएको थियो।
चन्द्रागिरिले सार्वजनिक शेयर निष्काशन प्रकृया सुरु गरेसँगै वास्तविक क्षेत्रको प्रतिनिधित्व बढ्ने छ। साधारणसभाले संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने संचालकको निर्वाचन गर्ने प्रस्ताव अगाडि सारेको छ। १० प्रतिशत शेयर प्रभावित र आम सर्वसाधारण सबैका लागि हो।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












