वरिष्ठ चिकित्सक गोविन्द १६ औं सत्याग्रह बस्न इलाममा
काठमाडौँ । वरिष्ठ चिकित्सक गोविन्द १६ औं सत्याग्रह बस्न इलाम पुगेका छन्। आफूसँग भएको सम्झौता अनुसार माग पूरा गराउन सरकारलाई दिएको समयसीमा सकिएलगत्तै उनी सत्याग्रह बस्न इलाम पुगेका हुन्।
केसीले बुधबारबाट अनसन बस्ने तयारी थालेका छन्। केसी पन्ध्रौं अनसन बस्न जुम्ला पुगेका थिए।
केसीले आफ्नो माग पूरा गर्न सरकारलाई १७ गतेसम्मको समयसीमा दिएका थिए। सो समयसीमामा माग पूरा हुन नसकेपछि सत्याग्रह थाल्न केसी इलाम पुगेका हुन्।
केसी–सरकार वार्ता टोलीका संयोजक डा. अभिषेकराज सिंहका अनुसार यसपालि केसी सार्वजनिकस्थलमा सत्याग्रह बस्नेछन्। अस्पतालमा सत्याग्रह बस्दा सेवा प्रभावित भएको गुनासो आएकाले यसपालि सार्वजनिक ठाउँमा बस्ने केसीको इच्छा रहेको सिंहले बताए। तर, केसीले सत्याग्रह बस्ने ठाउँबारे केही बताएका छैनन्।
आफ्नो माग बमोजिम चिकित्सा शिक्षा विधेयक अघि बढाउन केसीले माग गरिरहेका छन्। चिकित्सा शिक्षा विधेयकबारे संसदको शिक्षा तथा स्वास्थ्य समितिमा छलफलको क्रममा छ। उनले आफ्नो माग बमोजिम राजधानीबाहिर नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने र सिटिइभिटी मातहतका शैक्षिक कार्यक्रम विधेयकमा समेट्न आग्रह गरेका थिए।
तर, राजधानीबाहिर नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने विषयमा समितिमा सहमति जुटेको छैन। सिटिइभिटीका शैक्षिक कार्यक्रम शिक्षा मन्त्रालय मातहत राख्ने शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अडान राखेका छन्।
यसैबीच, शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले केसीसँग थप केही समय मागेकी छिन्। उनले केसीको मागबमोजिम नै विधेयक अघि बढ्ने भन्दै समय मागेकी हुन्। ‘एक दुई दिनभित्रै विधेयक टुंगोमा पुग्छ, डा. केसीको मर्म र भावना जे छ त्यसैअनुसार विधेयक लैजान्छौं,’ घर्तीले सेतोपाटीसँग भनिन्। विधेयकबारे बुधबार पनि उपसमिति र समितिमा छलफल हुने उनले बताइन्।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











