खानेपानी मन्त्रालयमा चार वर्षीय प्रणवको चकचक !
काठमाडौँ । बालकुमारीमा स्थापना हुने फोहर पानी प्रशोधन केन्द्रको शिलान्यासको तयारीको कुरा चलिरहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आज शिलान्यास हुने सो कार्यक्रमबारे बुधबार आफ्ना सचिवालयका कर्मचारीलाई निम्तोपत्र के कति पुग्यो भनेर खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले सोध्दै गर्दा छोरा प्रणव दाहाल मन्त्रीको कुर्सी नजिकको बिजुलीको ‘प्लग’ चलाउन पुगे ।
कार्यकक्षमा रहेका एक आगन्तुकले “मन्त्रीज्यू, बाबुलाई करेन्ट लाग्ला‘” भनेपछि मन्त्री मगर छोरा समात्न पुगिन् । “कति चकचक गरेको ? यता आउनुस्” भन्दै मगरले प्रणवलाई बोक्न खोजिन तर उनले टेरेनन् । बरु सचिवालयका एक सहयोगी महिलासँग फक्कियो । केही दिन विद्यालय बिदा भएका कारण मन्त्री मगरले सिंहदरबारस्थित मन्त्रालयमा कहिलेकाँहीसँगै लिएर जाने गर्छिन् ।
मन्त्री मगर कुर्सी छाडेर सोफामा बसेर आगन्तुकसँग कुरा गर्दा ती चार वर्षीय छोरा खेल्दैखेल्दै मन्त्रीको टेबलमाथि चढ्न पुगे । केहीबेरपछि कतै कार्यक्रममा बाहिर निस्कनुपर्ने जानकारी सचिवालयका कर्मचारीले दिइरहेका थिए । मन्त्री मगरले झोलाबाट छोराको स्वीटर निकालिन् । पाइट छाम्दा पिसाब गरेर भिजाइएको देखेपछि त्यो पनि फेरिदिइन् । “ल हेर त कतिखेर सुुसु गर्नुभएछ‘” भन्दै छोरालाई कपडा फेर्न लाग्दा उनको कार्यकक्षमा पुगेका पत्रकारसँग मन्त्री मगरले भनिन्, “आज बिदामा मन्त्रालय आएको भएर मैले एकछिन छोरा हेर्न पाएँ, घरमा हेर्न पनि भ्याइन्न । बहिनीहरूले सघाउँछन् ।”
आमाको भूमिका पूर्ण पालना गर्न नपाएको अनुभूतिसहित उनले भनिन्, “म प्रायः बिहान चाँडै निस्कन्छु, छोरा सुतिरहेको हुन्छ । बेलुकी अबेर घरमा पुग्छु, ऊ सुतिसकेको हुन्छ ।” छोराको अहिलेको हालखबर सुनाइहँदा मन्त्री मगरले एक वर्षअघि पति विगोग हुँदा र निर्वाचनमा होमिँदा आफूलाई पीडा र कठिनाइ भएको स्मरण गरिन् । “त्यसबेला मलाई कम्ता गाह्रो भएन, छोरा अझ सानो थियो‘” यति भनेर उनी रोकिइन् । एकछिनपछि प्रसङ्ग बदलेर मेलम्ची खानेपानी आयोजनाको कुरा गरियो । यही साता इटालियन कम्पनीसँग हुने औपचारिक वार्तापछि रोकिएको मेलम्चीको काम अघि बढ्ने उनले सुनाइन् ।
नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का बुहारीसमेत रहेकी मन्त्री मगर दाहाल निवास खुमलटारमा सगोलमा बस्दै आएकी छिन् । मगरका पति नेकपाका युवा नेता प्रकाश दाहालको गत २०७४ मङ्सिर ३ गते हृदयाघातका कारण असामयिक निधन भएको थियो । त्यसबेला बीना प्रतिनिधिसभाका लागि कञ्चनपुर–१ बाट निर्वाचनमा होमिएकी थिइन् । शोकलाई शक्तिमा बदल्दै मतदातामाझ पुगेका मगरले संसद्मा जितेपछि पहिलो पटक मन्त्री भएकी हुन् । वर्तमान मन्त्रिपरिषद्मा उनी सम्भवतः कम उमेरकी सदस्य हुन् ।
बीनाभन्दा अगाडिका प्रकाशका श्रीमती सिर्जना त्रिपाठीका छोरा प्रसिद्ध पनि खुमलटारमै बस्छन् । प्रसिद्ध अरुसँग भन्दा बीनासँग सुत्न मन पराउँछन् । दुवै छोरा खेल्ने र सँगै बस्ने गर्दा हजुरआमा सीता दाहाललाई मन बुझाउने मेसो मिल्ने गर्छ । समय मिलेको बेलामा हजुरबा पनि नातिहरुसँग रमाउने गरेको उनको सचिवालयले जनाएको छ ।
दिवगङ्त प्रकाश दाहालको प्रथम वार्षिक स्मृतिका अवसरमा प्रकाशित स्मारिकामा बिनाले भावुक हुँदै पीडा व्यक्त गरिन । , “अब त हाम्रो प्रेमको चिनो छोरा पनि ठूलो भयो, बुबा भन्न सक्छ । तिमीलाई थाहा छ, सिरानीको तस्वीर देखाउँदै ‘बाबुको बुबा’ भन्छ । अनि, तिम्रो तस्वीरलाई म्वाइँ खान्छ । तिम्रो प्यारो छोरा प्रणवले मलाई पटकपटक रुवाउँछ यसरी ।”
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











