प्रतिनिधिसभा बैठकमा सरकारलाई प्रश्नै प्रश्न, कसले के भने ?
काठमाडौँ । प्रतिनिधिसभाको विशेष समयमा भाग लिने सांसदले राष्ट्रिय, अन्तर्राष्ट्रिय, क्षेत्रीय, जिल्ला र निर्वाचन क्षेत्रसँग समसामयिक विषयमा संसद्मामार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् ।
बैठकमा पहिलो वक्ताका रूपमा नेकपाका भीमबहादुर रावलले माथिल्लो कर्णाली विद्युत् आयोजना निर्माण गर्ने सन्दर्भमा भएको सम्झौता जिएमआर कम्पनीलाई कडाइका साथ पालना गराउँदै आयोजना अघि बढाउन सुझाव दिए ।
नेपालको राष्ट्रिय हित र सहमतिअनुसार उक्त परियोजनालाई अघि बढाउने सन्दर्भमा सरकारबाट ठोस निर्णय गरियोस् भन्दै उनले कानून विपरित कार्य गर्ने तथा आयोजना लम्ब्याउन खोज्ने कम्पनीलाई म्याद नथप्न पनि आग्रह गरे ।
नेपाली काङ्ग्रेसका डा डिला सङ्ग्रौलाले मुलुक अहिले जताततै समस्यै समयस्याबाट गुज्रिरहेको तथा निर्मला पन्तका हत्यारालाई पनि सरकारले नै संरक्षण गरिरहेको आरोप लगाइन् । उनले देशमा अहिले भ्रष्टाचार व्याप्त रहेको उल्लेख गर्दै शान्तिसुरक्षाको अवस्था अत्यन्त कमजोर भएको र यसमा सरकार असफल हुँदै गएको टिप्पणी गरिन् ।
राष्ट्रिय जनता पार्टी नेपालका अनिलकुमार झाले अघिल्लो वर्ष असिना र बागमती नदीमा आएको बाढीले रौतहटका किसानले लगाएको खेतीपाती नष्ट भए पनि हालसम्म क्षतिपूर्ति पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
सङ्घीय समाजवादी फोरम नेपालका सरिता गिरीले युरोप र अमेरिकासमेत सशङ्कित भएको चिनियाँ कम्पनी ‘हुवावे’लाई नेपालमा प्रधानमन्त्री कार्यालयको ‘वार रुम’को सूचना प्रविधिको व्यवस्थापन जिम्मेवारी किन दिइएको हो भनी प्रश्न गर्दै यसले मुलुकको सुरक्षा चिन्ता बढाउने पक्षलाई हेक्का गर्न आवश्यक रहेको बताए ।
राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलले प्यूठानका विभिन्न भागका चुनढुङ्गाको अव्यवस्थित उत्खननले बस्ती पहिरोको जोखिममा रहेको हुँदा त्यसमा सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले २०४१ सालसम्म मालपोत कार्यालय भक्तपुरमा नगरपालिकाको नाममा दर्तामा रहेको सल्लाघारीस्थित रानीपोखरीको जग्गा पञ्चायतकालमा सेनालाई हस्तान्तरण गरिएको जानकारी गराउँदै जनताको कला र सांस्कृतिक सम्पत्तिका रूपमा रहेको उक्त जग्गा पुनः सार्वजनिकरूपमै कायम हुनुपर्ने माग गरे ।
नेकपाका सत्या पहाडीले डोल्पामा सडक दुर्घटनामा मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराउन र जिल्ला अस्पताललाई व्यवस्थितरूपमा सञ्चालन गर्न माग गरे ।
नेपाली काङ्ग्रेसका दिव्यमणि राजभण्डारीले प्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिने क्रममा उपाधि लिन कोस्टारिकाको भ्रमण गरेको टिप्पणी गर्दै त्यहाँ भएको खर्चको विवरण सदनलाई जानकारी गराउन माग गरे ।
नेकपाका नारायण खतिवडाले गल्छी–त्रिशूली सडकअन्तर्गत नुवाकोटको विदुर नगरपालिकाअन्तर्गत पर्ने आठ किमी सडकमा पर्ने जनतालाई विभेद नगरी मुआब्जा दिन माग गरे ।
नेकपाका टेकबहादुर बस्नेतले दाङमा केही दिनअघि भएको बस दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई उचित क्षतिपूर्ति दिन र सो सडकको स्तरोन्नतिका लागि माग गरे ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












