पर्यटकीय गन्तव्य बन्दै ‘राम्चेढुङ्गा’
बागलुङ । गलकोट नगरपालिका–७ मल्मस्थित राम्चेढुङ्गा पर्यटकीय गन्तव्यका रुपमा चर्चित भएको छ । मनोरम भूवनोट, प्राकृतिक वातावरण र हिमशृङ्खला अवलोकन यहाँको मुख्य आकर्षणक बन्न थालेको छ । गाउँको उत्पादन, कला र संस्कृतिले पनि पर्यटकलाई लोभ्याउने गरेको छ ।
समुद्री सतहदेखि एक हजार ९०० मिटर उचाइमा अवस्थित राम्चेढुङ्गा प्याराग्लाइडिङका लागि पनि उपयुक्त मानिएको छ । वडा कार्यालयको पहलमा गत असोजमा प्याराग्लाइडिङको सफल परीक्षण उडान गरिएको थियो । प्रचारप्रसारसँगै पूर्वाधार निर्माण गरिएकाले उक्त स्थान पर्यटकीय गन्तव्यका रुपमा चर्चामा आएको हो ।
गलकोट र आसपासका आन्तरिक पर्यटकको रोजाइँमा राम्चेढुङ्गा पर्न थालेको छ । छोटो अवधिको घुमघाम र वनभोजका लागि आउने पनि उत्तिकै छन् । पर्यटकको सुविधालाई लक्षित गरेर सडक, खानेपानी, शौचालय, वनभोजस्थलजस्ता संरचनाको निर्माण गरिएको छ ।
मञ्च, खेलमैदानजस्ता अन्य पूर्वाधार पनि बनेका छन् । राम्चेढुङ्गा पर्यटन विकास केन्द्रले निर्माण र प्रवद्र्धनको काम गर्दै आएको छ । “पर्यटकीय पूर्वाधार निर्माणमा केन्द्रित छौँ”, केन्द्रका अध्यक्ष विष्णु थापाले भन्नुभयो । गत आवमा नगरपालिकाबाट छुट्याइएको रु १० लाख पूर्वाधारमा खर्च भएको छ ।
गाउँलेले पनि आर्थिक सहयोग र श्रमदान गर्दै आएका छन् । केहीले जग्गासमेत निःशुल्क उपलब्ध गराएका छन् । पदमार्ग, दृश्यावलोकन स्तम्भ, बगैँचा, विश्रामस्थल, मन्दिर, सङ्ग्रहालयलगायत संरचना पनि बनाउने योजना समितिको छ ।
“राम्चेढुङ्गालाई अर्को पर्यटकीय गन्तव्य घुम्टेसँग पदमार्गले जोड्ने योजना छ”, अध्यक्ष थापाले भन्नुभयो । पर्यटकीय पूर्वाधार निर्माणमा चालू आवमा कतैबाट पनि बजेट उपलब्ध नभएको समितिको गुनासो छ । नगरपालिका र वडाबाट पनि बजेट छुट्याइएको छैन ।
प्रदेश र केन्द्र सरकारसँग पनि बजेट माग्न समितिले पर्यटन विकासको अवधारणा बनाएको छ । राम्चेढुङ्गा नजिकको गाउँमा घरबास (होमस्टे) सञ्चालनका लागि समेत पहल अघि बढाइएको छ ।
वडा कार्यालयले प्याराग्लाइडिङको व्यावसायिक उडानको सम्भाबना देखेर लगानी गर्ने सोच बनाइएको छ । राम्चेढुङ्गामा एकीकृत पर्यटन विकास योजना बनाइने वडाध्यक्ष टीकाबहादुर थापाले बताउनुभयो ।
मध्यपहाडी पुष्पलाल लोकमार्गबाट राम्चेढुङ्गा पुग्न पाँच किमी कच्ची सडक पार गर्नुपर्छ । पैदलयात्रा गर्न रुचाउनले एक घण्टामा गन्तव्यस्थल पुग्न सक्छन् । त्यहाँ पुग्दा देखिने अन्नपूर्ण, माछापुछ«ेलगायत हिमशृङ्खलाले पर्यटकलाई आकर्षित गर्छ । गलकोट उपत्यका पनि राम्चेढुङ्गाबाट प्रष्टै देखिन्छ ।
पर्यटन प्रवद्र्धनको उद्देश्यले गएको पुस १५ मा आयोजित पर्यटन मेलाले पनि राम्चेढुङ्गाको महत्व बढाएको छ । तीन दिनसम्म चलेको मेलामा स्थानीय उत्पादन, कला, संस्कृति र खेलकूदले आकर्षण थपेको थियो । अघिल्ला वर्षमा वनभोजसहित सामान्य कार्यक्रम गर्दै आएको केन्द्रले पहिलोपटक मेला आयोजना गरेको हो । वर्षौंसम्म ओझेलमा परेको पर्यटकीय गन्तव्य गाउँलेको पहल र मेहनतपछि चर्चामा आएको हो ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











