विद्यालयमा दुई किलोवाटको सौर्य ऊर्जा जडान
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीमा रहेको श्रीकृष्ण माध्यमिक विद्यालयमा सौर्य ऊर्जा जडान गरिएको छ ।
विद्यालयको प्रशासनिक र शैक्षिक गतिविधिलाई प्रविधिको प्रयोग गरेर सहज, प्रभावकारी र व्यवस्थित बनाउन वातावरण मन्त्रालयअन्तर्गत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा सौर्य ऊर्जा जडान गरिएको हो ।
विद्यालयमा दुई किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरी विद्युत् आपूर्ति गराइएको विद्यालयका शिक्षक राजेन्द्रप्रसाद पाण्डेयले बताउनुभयो । शिक्षक पाण्डेयका अनुसार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले विद्यालयका लागि रु चार लाख ५७ हजार ८९० अनुदानस्वरुप उपलब्ध गराएको हो । सौर्य ऊर्जा जडान भएपछि विद्यालयमा कम्प्युटर कक्षा र १२ वटा पङ्खा, प्रिन्टर, प्रशासनिक काम र अन्य शैक्षिक गतिविधिमा सहज भएको छ ।
यसैगरी, विद्यालयको पठनपाठन गुणस्तरीय एवं शौक्षिक सुधार गर्नका लागि विद्यालयमा सिसी क्यामरासमेत जडान गरिएको छ । रु ४० हजारको लागतमा विद्यालयको आन्तरिक कोषबाट चार सिसीटिभी क्यामरा जडान गरिएको शिक्षक पाण्डेयको भनाइ छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












