राजदूत लक्की काण्ड के हो ?
काठमाडौं २४ पुस । अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बालुवाटार बोलाएर प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिन निर्देशन दिएका छन्।
सोमबार साँझ बसेको मन्त्रीपरिषद बैठकले विवादास्पद राजदुत शेर्पालाई बर्खास्त गर्ने निर्णय गरेको खबर मन्त्रीपरिषद स्रोतबाटै बाहिरिएको थियो। तर राती अबेर चाहिँ बर्खास्त गरिएको नभएर राजिनामा दिन सुझाव मात्र दिएको बताइयो।
प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले सोमबार शेर्पालाई सरकारी निवास बालुवाटारमा बोलाएर राजीनामा दिन सुझाव दिएको एक मन्त्रीले बताए। ‘यस्ता समाचारमा नाम उल्लेख नगर्न’ भन्दै ती मन्त्रीले भने, ‘दुबै नेताले शेर्पालाई राजीनामा नदिए बर्खास्त गर्ने निर्णयका लागि सरकार बाध्य हुने जानकारी गराएका छन्, संभवतः उनले चाँडै राजिनामा दिनेछिन्।’
प्रधानमन्त्रीले राजिनामा दिन निर्देशन दिएकाले शेर्पालाई बर्खास्त गर्नेबारे सोमबारको मन्त्रिपरिषद बैठकमा छलफल नभएको ती मन्त्रीले बताए। प्रधानमन्त्री ओलीले शेर्पासँग कुरा गरेको र चाँडै राजीनामा आउने जानकारी मन्त्रिपरिषद्लाई गराएका थिए।
‘सम्बन्धित नेतृत्वले कुरा गरेका छौं भनेपछि निर्णय भइसकेको छैन, आजभोली नै शेर्पाको राजीनामा नआए बर्खास्त गर्नुको बिकल्प रहँदैन’, ती मन्त्रीले मंगलबार बिहान भने।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शेर्पालाई पदबाट बर्खास्त गरेको भन्ने समाचार सरकारबाटै बाहिरिएको थियो। तर रातारात ‘शेर्पा बर्खास्त नभएको तर राजीनामा नदिए बर्खास्त गर्ने’ खबर आएको हो।
अष्ट्रेलियामा पूर्वचालक वाङ्छु शेर्पाले लक्कीलाई मानव बेचबिखनको आरोप लगाएपछि उनी विवादमा परेकी थिइन्। विवादमाथि छानबिन गर्दै परराष्ट्र मन्त्रालयले शेर्पालाई राजदूत कायमै राख्न उचित नहुने ठहर गरेको थियो। परराष्ट्रको ठहरपछि शेर्पालाई राजीनामा दिन निर्देशन दिएपनि उनले अटेरी गर्दै आएकी छन्। राजदूत विवादमा परेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तापक्षीय सांसदहरुले छानबिनको माग गरेका थिए।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












