नेकपाको संसदीय दलको कार्यालय अब एकै ठाँउमा
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ‘ने क पा’ गठन भएको आठ महिनापछि सो दलको संसदीय दलको कार्यालयको व्यवस्थापन एक ठाउँमा हुने भएको छ ।
नेकपा बनेपछि पनि सिंहदरबारभित्र संसदीय दलको कार्यालय हालसम्म छुट्टा छुट्टै रहेका छन् । पूर्व एमाले र पूर्व माओवादीका संसदीय दलमा ती दलसँग आवद्ध सांसदहरूको कार्यालय यथावत रहेका छन् । ती सांसदहरूको सबै काम ती कार्यालयहरुबाट हुने गरेको छ । एउटै दलको संसदीय दलको कार्यालय दुईतिर हुँदा कर्मचारी पनि त्यहीअनुसार व्यवस्थापन गरिएका थिए ।
नेकपाको बोर्ड लगाएर एउटै पार्टीका दुईतिर संसदीय दलको कार्यालय हुँदा काम गर्न समस्या हुने गरेको त्यहाँ कार्यरत एक कर्मचारीले बताए । एक महिनाभित्र पूर्व एमालेको संसदीय दलमा नेकपाको संसदीय दलको कार्यालय व्यवस्थान गर्ने तयारी भइरहेको छ । पूर्व एमालेको संसदीय दलको कार्यालयमा कार्यरत कर्मचारी नारायणप्रसाद खनालले एक महिनाभित्र नेकपाको संसदीय दलको कार्यालय एकै ठाउँमा हुने जानकारी दिए ।
नेकपाका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ्ग र सचेतक शान्ता चौधरीको कार्यकक्ष पूर्व एमालेको संसदीय दलको कार्यालयमा रहेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, प्रमुख सचेतक देव गुरुङ र राष्ट्रियसभाको दलका नेता दिनानाथ शर्माको कार्यकक्ष हालसम्म पूर्व माओवादीकै संसदीय दलको कार्यालयमा रहेको छ ।
अहिले प्रमुख सचेतक गुरुङ, राष्ट्रियसभाको दलका नेता शर्माको कार्यकक्ष पूर्व एमालेको संसदीय दलको कार्यालयमा निर्माण भइरहेको छ । त्यसबाहेक पूर्व माओवादीका संसद्का लागि पिजन हल र केही कर्मचारीका लागि पनि कार्यकक्ष तयार भइरहेको शाखा अधिकृत सिंहराज रुम्बाले जानकारी दिनुभयो । प्रचण्ड नेकपाका अध्यक्ष भएको हुनाले उनका लागि एउटा छुट्टै कार्यकक्ष हुनुपर्नेमा हालसम्म उनका लागि कार्यकक्ष बनाउने योजना बनाइएको छैन ।
हाल दुईटै संसदीय दलमा सात जना कर्मचारी कार्यरत छन् । पूर्व एमालेका प्रतिनिधिसभा र राष्ट्रियसभा गरी १४८ जना सांसद् छन् । त्यसका लागि एकजना कम्प्युटर अधिकृत, एकजना कार्यालय सहायकसहित चारजना कर्मचारी कार्यरत छन् भने पूर्व माओवादीका प्रतिनिधिसभा र राष्ट्रियसभा गरी ६५ जना सांसद् रहेका छन् । त्यसका लागि एकजना शाखा अधिकृतसहित तीनजना कर्मचारी त्यहाँ कार्यरत रहेका छन् ।
ने क पाका २१३ जना संसद रहने गरी संसदीय दलको कार्यालय एकै ठाउँमा आएपछि छजना कर्मचारीको व्यवस्थापन गरे पुग्ने बताइएको छ । एकजना शाखा अधिकृत, एकजना कम्प्युटर प्राविधिक, एकजना कार्यालय सहायक र तीनजना कार्यालय सहयोगी भए पुग्ने कार्यालय सहायक नारायणप्रसाद खनालले बताए ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












