प्रधानमन्त्री ओलीको मौनताले फोरम र राजपा असन्तुष्ट
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदमा सम्बोधन गर्दा प्रतिपक्षीलाई प्रश्न सोध्न नदिएको भन्दै काँग्रेस आक्रोशित बन्यो ।
प्रधानमन्त्रीले आफ्नो एक घण्टा बढी लामो सम्बोधनमा सरकारले गरेको कामको फेहरिस्तका साथै समसामयिक विषयमा केन्द्रित रहेर धारणा राखेका थिए ।
तर ओलीले संसदमा बोल्दै गर्दा अपेक्षा गरेका केही विषयमा भने मौन देखिए । अहिले चर्चामा रहेको वाइडबडी प्रकरण र मधेसका मुद्दामा उनी मौन देखिएका हुन् ।
लामो सम्बोधन गरे पनि ओली मधेसबारे मौन बनेको भन्दै मधेसवादी दल असन्तुष्ट बनेका छन् ।
पुस १० गते प्रधानमन्त्री ओली र राजपा नेपालका शीर्ष नेताहरूबीच छलफल हुँदा मधेसको मागलाई संसदमार्फत सम्बोधन गर्न आश्वासन दिएका थिए । तर त्यो आश्वासनअनुसार केही नभएपछि राजपा नेपाल र सङ्घीय समाजवादी फोरम नेपालका नेताहरू असन्तुष्ट बनेका हुन् ।
राजपा नेपालका अध्यक्षमण्डलका सदस्य महेन्द्र राय यादवले प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्दा मधेसबारे मौन बन्दा आश्चर्य लागेको बताए ।
प्रधानमन्त्री ओलीले बिहीबार नै संसदमा सम्बोधन गर्ने कार्यक्रम थियो तर त्यो दिन रेशम चौधरीको शपथग्रहण भएको कारणले उनले सम्बोधन गरेनन् । उनले आइतबार सम्बोधन गरे । आफूले गरेका कार्यको फेहरिस्त सुनाए । तर मधेसको मुद्दाबारे सम्बोधन गर्ने अपेक्षा गरिएको भए पनि त्यसो हुन नसकेको रायले धारणा राखे ।
राजपा नेपालका सहअध्यक्ष एवम् प्रमुख सचेतक लक्ष्मणलाल कर्णले प्रधानमन्त्री ओलीले दिएको सम्बोधनबाट आफूहरू सन्तुष्ट नरहेको प्रतिकृया दिएका छन् । उनको सम्बोधनबाट आफूहरूले धेरै आशा गरे पनि आशातित सम्बोधन नआएको बताउँदै उनले मुद्दा फिर्ता र संविधान संशोधनको लागि वर्तमान सरकारलाई समर्थन गरेको तर उनले यस विषयमा केही पनि नबोलेको भनी गुनासो गरे ।
संविधान संशोधन र मुद्दा फिर्ताबारे सात दिनभित्र काम अघि बढाउँछु भने पनि प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा मधेसको ‘म’, संविधानको ‘स’ र मुद्दा फिर्ताको ‘मु’ शब्द पनि उच्चारण नगरेको नेता कर्णको आरोप थियो ।
फोरम नेपालकी नेतृ सरिता गिरीले पनि प्रधानमन्त्री ओलीको सम्बोधनप्रति आक्रोश पोखेकी छिन् । प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा प्रतिपक्षी दल काँग्रेसलाई पटक पटक सम्बोधन गरे पनि आफ्नो सरकारको सहयोगी दलहरूलाई सम्बोधन नगरेको उनले गुनासो गरिन् ।
राजपा नेपाल र फोरम नेपालले विभिन्न मागमा सहमति भएको आधारमा सरकारलाई समर्थन गरेको गरेको भए पनि उनले ती दललाई पूर्ण रूपमा बेवास्ता गरेको गिरीले गुनासो गरिन् ।
प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्न लागेको भनी थाह पाएर एक दिनअघि फोरम नेपालले ज्ञापनपत्र बुझाएको थियो ।
विभिन्न ११ बुँदे माग राखी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा गएका एक टोलीले पुस २१ गते ज्ञापनपत्र बुझाएको थियो ।
तर राजपाको जस्तै फोरमको ज्ञापनपत्रमा ओलीले पनि कुनै सुनुवाइ नगरेको फोरमका एक नेताले गुनासो गरे ।
संविधान संशोधनलगायतका विषयमा प्रधानमन्त्री ओलीले कुरा अगाडि नबढाएपछि राजपा नेपालले संसदमा कडा रूपमा प्रस्तुत हुने निर्णय गरिसकेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभामा कसरी प्रस्तुत हुने भन्नेबारे रणनीति बनाउनका लागि राजपा नेपालले संसदीय दलबाट वृषेशचन्द्र लालको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति पनि गठन गरेको छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












