जग्गाको कित्ताकाट फुकुवा : सरकारले आफ्नै निर्णय किन उल्टायो ?
काठमाडौँ । सरकारले डेढ वर्षअघि आफैले गरेको निर्णय उल्टाउँदै रोक लगाएको जग्गा कित्ताकाट फुकुवा गरेको छ ।
सम्बन्धित स्थानीय तहले खेतीयोग्य जग्गा होइन भनेर सिफारिस गरेपछि जग्गा कित्ताकाट गर्न पाइने भूमि ब्यवस्थामन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।
रोक्का गर्दा ब्यबहारिक कठिनाइ भएको र बिभिन्न विकृति भएका कारण जग्गा कित्ताकाट खुला गर्नुपरेको उनको प्रष्टीकरण छ ।
२०७४ साउन २६ मा जग्गा खण्डिकरण रोक्न गरेको निर्णय खारेज गरिएको मन्त्रालयले जनाएको छ ।
सरकारको यस्तो कदमले जग्गा दलालीहरुलाई सहज हुने भएको छ।
जग्गा कित्ताकात रोक्का हुँदा समस्यामा परेका जग्गा व्यापारीहरुलाई अहिले यो निर्णय संगै जग्गा किनबेचमा सहज हुने छ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले जग्गाको कित्ताकाटलाई तुलनात्मक रुपमा ‘सहज’ हुनेगरी थप व्यवस्थित बनाएको हो।
गत साउन २६ गतेको निर्णयमा खेतीयोग्य जग्गाको खण्डिकरण गर्नुपरे एक कित्ता जग्गा वर्षमा एकपटक मात्र कित्ताकाट गर्न पाउने उल्लेख भएकोमा अहिलेको निर्णयले वर्षमा दुईपटकसम्म कित्ताकाट गर्ने सुविधा दिएको छ।
खेतीयोग्य जग्गा भन्नाले फिल्डबुकमा अबल, दोयम, सिम वा चाहर भनेर तोकिएको भए पनि स्थानीय तहले ‘कृषियोग्य जग्गा हैन भनि सिफारिस गरेका’ बाहेकका जग्गाहरु बुझ्नुपर्ने छ। सबै स्थानीय तहले निर्धारित मापदण्ड र मौजुदा भू उपयोग अवस्थालाई मध्यनजर गरि जग्गालाई कृषि र गैर कृषि भनेर वर्गिकरण गर्न मन्त्रालयले निर्देशन दिएको छ।
कृषिको वर्गिकरण र भू उपयोग सम्बन्धि कानुन तर्जुमाको चरणमा रहेकोले कानुन नआउनजेल सम्मको लागि यस्तो निर्देशन जारि गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले बताइन्।
यो निर्देशन जारि भएपछि स्थानीय तहले कृषि, नापी, वन, जग्गा प्रशासन र शहरी विकास सम्बन्धी प्राविधिक रहेको जग्गा उपयोगिता विश्लेषण प्राविधिक समिति गठन गर्नुपर्ने छ।
उक्त समितिबाट खेतीयोग्य जग्गा नभएको र जग्गा विकास गर्न उपयुक्त रहेको भन्ने सिफारिस भएमा तोकिएको निकायबाट जग्गाको उपयोगिता विश्लेषण गरी वस्तुगत मापदण्ड स्विकृती लिएर, अनुमति प्राप्त कम्पनी वा संस्थाले बाटो, खुल्ला क्षेत्र लगायतका श्रेस्ता सरकारको नाममा कायम गरेपछि स्विकृत नक्सा बमोजिम मात्र कित्ताकाट गर्न पाइने भएको छ।
तर कृषियोग्य जग्गाको प्लटिङ गरि कुनै पनि व्यक्ति वा कम्पनीले अर्कोलाई हक हस्तान्तरण गर्न आएमा उक्त जग्गा पास नगर्ने निर्णय भएको छ।
अंशबण्डाको हकमा भने अंशबण्डा गर्दा अंशियारको संख्या बराबरको कित्ता र नेपाल सरकारको नाममा लगत कट्टा भइ आउने बाटो पनि रहेको खण्डमा बाटोका लागि थप एक कित्ता जग्गा कित्ताकाट गर्न पाइने भएको छ। अंश भरपाइ गरि लिनुपर्ने रहेछ भने प्रत्येक कित्ताकाट एक कित्ता र सरकारको नाममा बाटो आउने रहेछ भने बाटोको लागि थप एक कित्ता छुट्ट्याउन सकिने छ।
यसअघि अदालतको फैसला बमोजिम कित्ताकाट गर्न पाइने भएपनि अव भने खेतीयोग्य जग्गा रहेछ भने अदालतको आदेश भएपनि कित्ताकाट नहुने भएको छ। मालपोत कार्यालयले कित्ताकाट हुन नसकेको कारणसहित अदालतलाई जानकारी दिनुपर्ने छ।
संयुक्त नाममा पास भएका जग्गाहरु पनि दर्ता फारि गर्न कित्ताकाट गर्नुपर्ने भएमा वर्षमा दुईपटक मात्र कित्ताकाट गर्न सकिने छ। यसअघि संयुक्त नाममा पास भएका जग्गा व्यक्तिको नाममा छुट्ट्याउने कुनै मापदण्ड नभएकोले, अदालतमा दर्ता फारिको निवेदन दर्ता गराई एउटै कित्ता जग्गा १५ कित्ता सम्म खण्डिकरण भएको पाइएको थियो।
मन्त्रालयले सरकारी आयोजनाको लागि कित्ताकाटमा कुनै बाधा नपर्ने निर्णय गरेको छ। यस निर्णयबाट सरकारको शहरी विकासका आयोजनालाई भने कित्ताकाटमा कुनै रोक लगाएको छैन। बाहिरि चक्रपथ आयोजनामा जग्गा एकिकरण गरि कित्ताकाट गर्नुपर्ने भएकाले उक्त आयोजनालाई पनि सहज भएको छ। तर अनुमति नलिएका व्यक्ति फर्म वा संस्थालाई यो निर्णय लागु हुने छैन।
पुनः नापी भइ हालसाविक दर्ताको क्रममा कित्ताकाट गर्नुपर्ने भएमा एक कित्ताबाट थप एक कित्तामात्र काट्न पाइने छ। तर हालसाविक गर्दा बाटो कुलो वा नहरको कारणले एक भन्दा बढी कित्ताकाट गर्न परेमा भने यो निर्णय लागु हुने छैन।
भूकम्प पिडितको स्थान्तरण वा एकिकृत वस्ति विकास गर्नुपर्ने भएमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट लेखि आएमा सोही बमोजिम हुने उल्लेख छ।
भू उपयोग नीति संसदमा दर्ता गरिसकेकोले उक्त नीति नआउनजेल सम्म मात्रै यो निर्णय लागु हुने छ। यो संगै साउन २६ गते पछि जारि भएका सबै निर्देशन तथा परिपत्रहरु खारेज भएको मन्त्रालयको भनाई छ। यद्यपी, साउन २६ को उक्त निर्णयको बुदा नम्बर १ तथा २ को क र ग लाई व्यवस्थित मात्र गर्न खोजेको देखिन्छ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











